Sansar News- Nepal's Fast Khabar Online News Portal

एकैदिन १ लाख बढीमा कोरोना संक्रमण, भारतमा ४५ सय बढीले ज्यान गुमाए

संसार न्यूज़
१ महिना पहिले
एकैदिन १ लाख बढीमा कोरोना संक्रमण, भारतमा ४५ सय बढीले ज्यान गुमाए

१५ जेठ, काठमाडौँ । विश्वका २१३ देशमा माहामारीको रुपमा फैलिएको कोराना भाइरस(कोभिड १९) का कारण संक्रमित हुनेको संख्या ५७ लाख नाघेको छ ।

वोल्डोमिटरका अनुसार अहिलेसम्म ५७,८९,५६० जनामा कोरोना संक्रमण देखिएको छ भने ३,५२,२१० जनाले ज्यान गुमाएका छन् । एकैदिन १,०५,३५२ नयाँ संक्रमित थपिएका छन् । र  ५२२२ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २४,९७,६०५ निको भएका छन् भने ५२,९७५ जनाको अवस्था गम्भिर रहेको छ ।

तथ्यांक अनुसार संक्रमित हुने र ज्यान गुमाउनेमा अमेरिका नै अघि छ । अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १,०२,१०७ जनाले ज्यान गुमाएका छन् भने १७,४५,८०३ जना संक्रमित छन् । १७,१६६ जनाको अवस्था गम्भिर रहेको छ ।

संक्रमणका हिसाबले अमेरिकापछि ब्राजिल दोस्रो र तेस्रो देश रसिया बनेको छ । त्यसपछि स्पेन, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इण्डिया, इरान, पेरु, क्यानडा अनि कोरोना उत्पत्ति भएको देश चीन क्रमशः रहेका छन् ।

मृत्युका हिसाबले अमेरिकापछि बेलायत, इटाली, फ्रान्स, स्पेन, ब्राजिल, बेल्जियम, जर्मनी, मेक्सिको, इरान, क्यानडा, नेदरल्याड्स र चीन क्रमशः रहेका छन् । छिमेकी देश भारतमा लगातार बढ्दो क्रममा छ । आजको तथ्यांक हेर्दा मृत्युका हिसाबले पनि शुक्रबारसम्म भारतले चीनलाई उछिन्ने छ । संक्रमितका हिसाबले भारत १० औं देश हो भने ४५३४ जनाले ज्यान गुमाएका छन् ।

यस्तो छ विश्वको कोरोना अपडेट :

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…