back

यस्तो छ तपाईको आज (शुक्रबार)को राशिफल, आज कुन राशिकालाई छ त लाभ ?

वि.सं.२०७७ जेठ १६ शुक्रवार

135 

shares
NTC AD
Global IME AD

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नयाँ काममा हात हाल्ने समय छ । केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ । उद्योग र व्यापारमा पनि फाइदा हुनेछ । साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ । ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ, दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ । महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ । खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ । व्यवसाय थाल्न सरसापट लिनुपर्ने हुन सक्छ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । साइनो गाँस्नेहरूले भने दुस्ख दिन सक्छन्, सजग रहनुहोला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परोपकारी भावना जागृत हुनाले तारिफयोग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन् । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । परिवेश उल्लासमय रहनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले प्रफुल्लित भइनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ । प्रयत्न गर्दा भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ । बलजफ्ती गर्ने बानीले दुःख पाइनेछ र फजुल खर्च पनि हुनेछ । परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । गरी आएका काममा सामान्य फाइदा हुनेछ । प्रतिस्पर्धीहरू बढ्नाले केही समस्या थपिएला । तापनि, लगनशीलताले नयाँ अवसर दिलाउन सक्छ । ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला ।

वि.सं. २०७७ जेठ १६ शुक्रवार( इ.स. २०२० मे २९)

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज बिहीबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

वि.सं.२०७७ जेठ १६ शुक्रवार ०७:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD