Sansar News- Nepal's Fast Khabar Online News Portal

कविताः भुइँमान्छेको प्रवेश सिहदरबारमा

मिलन समीर, करादीखोला, स्याङ्जा
१ महिना पहिले
कविताः भुइँमान्छेको प्रवेश सिहदरबारमा

सिहदरबारभित्र प्रवेश गर्नका लागि
लाग्नेछ हामी भुइँमान्छेहरुलाई-
एक पैसा मात्रै !

अढाइ सय वर्षको अनन्त पर्खाइ
अढाइ सय हजार दीर्घ रोगको असैह्य पीडा
अढाइ सय लाख भोकको दर्दनाक वेदना
र अढाइ सय करोड औंशीको
अन्धकार कालरात्रीलाई चिरेर
सुनौलो बिहानीको
रक्तिम किरणहरुसङ्गै
हामी सम्पूर्ण नेपाली भुइँमान्छेहरु
प्रवेश गर्नेछौं–
सिहदरबारको मुलद्वारभित्र ।

अढाइ सय अरब कर्फ्युसङ्गै
अढाइ सय खरब अत्याधुनिक
स्वचालित राइफल र मेसिनगनहरुको अबरोधले पनि
हाम्रो दृढ संकल्पित
अविश्रान्त यात्रालाई
रोक्न कदापि सक्ने छैनन्
विच बाटोमा केही गरेर पनि ।

सिहदरबारको मुलद्वारछेउमा
निन्याउरो त्रसित अनुहार लिएर
थर्थरी काप्दै
लछरप्पै भिजेको सुरुवाल लगाएर
उभिइरहेको पहरेदारले
जब माग्नेछ हामीसङ्ग–एक पैसा
तब हामीले भन्नेछौँ–एकै स्वरमा
गगनभेदी गर्जनसहित
सिहदरबारकै कानको जाली फुट्ने गरि-
‘हामीसङ्ग त अरु केही पनि बाँकी छैन
जे थियोे हाम्रो सर्वस्व भन्नू !
तिम्रै मालिकले खोसेको थियोे–
अढाइ सय वर्ष अगाडिदेखि ।
अहिले हाम्रो साथमा
बाकी छ एउटा अभेद्व साहस
अनि एउटै अपराजित मानसिकता ।’

हामीले अवस्य प्रवेश गर्नेछौँ
सिहदरबारको मुलद्वारभित्र-
‘सर्वसाधारणका लागि–प्रवेश निषेध’
लेखिएको विशाल होडिङ बोर्डलाई
उक्काएर फेदैदेखि
थिचेर असंख्य उत्साही पाइलामुनि
कच्याककुचुक पारेर सधैंकालागि ।

लुकेर सिहदरबारभित्रै
ओढेर बूढो बाघको पुरानो छाला
अहिलेसम्म रजाइँ गर्दै आएको
धुर्त स्याललाई लखेट्नु छ सधैंकालागि
र स्थापित गर्नुछ भुइँमान्छेको स्थायी राज्यसत्ता
एकै अक्षौहिणी प्रयत्नको साथमा ।

विजय र विजेता नाम गरेका प्रिय साथी
हाम्रै स्वागत गर्नैका लागि
आतुर भइ बसिरहेका छन् त्यहाँ …!

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…