Sansar News- Nepal's Fast Khabar Online News Portal

कविताः शालिग्राम

वसन्त खनाल, वालिङ नगरपालिका, १४–गाएडाँडा
१ महिना पहिले
कविताः शालिग्राम

शालिग्राम तिमी
गण्डकीको माझमा उभिएर ।
संसारकामाझ अग्लिएका छौ
एउटा,
वहुमूल्य शीला
भक्तजनहरू दूध पिलाउँछन्
तिमी भक्तहरूका साक्षत् भगवान् ।
अन्वेषका लागि रहस्य,
अर्थशास्त्रीकालागि
बहुमूल्य–खानी
धोवीका नजरमा एउटा सिलौट
फोटोग्राफीको आखाँमा,
सुन्दर पृष्ठभूमि ।
तर,
मेरा नजरमा
यादहरूको एउटा शिलालेख
मेरै मनभित्रको,
जहाँ लेखिएका यादहरू
जिन्दगीका आलेख बनेर ।
एउटा,
अत्याधुनिक छापा
आविष्कार भएको छ ।
हो तिमी,
त्यही शालिग्राम ।

बगरका ब्रेगल्ती गोटा
भएको भए
पनि,
यादहरू यसरी
छचल्किने,
रूझ्ने
थाक्ने
लड्ने
अत्तालिने
भौँतारिने
मुर्मुरिने
ओइलाउने
बहुलाउने
मात्तिने थिएनन्
तर तिमी
दूधले धोइने बन्यौ ।
कमाइको खानी बन्यौ ।
बुज्रुकको नाइके बन्यौ ।
खासमा तिमी
एउटा ब्राण्ड बन्यौ
ट्रेड मार्क बन्यौ ।

मलाई लाग्थेन,
तिमी,
मेरा लागि,
केवल
यादहरू मात्रै लेखिने
कठोर
चट्टान बन्नेछौ भनेर

यसरी लेखिएका यादहरूले
मेरो ईतिहास एकदिन,
तथ्य बनेर आउनेछ ।
त्यतिबेला,
तिमी पनि ।
मसँगै आउनेछौ
तर
त्यसबेला
तिम्लाई दूधले धोइदिने
कोही हुनेछैन ।
खानी–खुनमा परिणत हुनेछ ।
ट्रेडमार्कको ब्राण्ड खुइलिनेछ

फेरि
मेरै आलेख लेखिनेछ ।
तिमी
फोडिएर धुरा धुरा हुनेछौ ।
अनि,
बल्ल
विद्यार्थीले मेरा
यादहरू पढ्नेछन्

तिम्रा यादहरू हराउनेछन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…