Sansar News- Nepal's Fast Khabar Online News Portal

रहेनन् महानन्द

संसार न्यूज़
१ महिना पहिले
रहेनन् महानन्द

१७ जेठ, पर्वत । पर्वत जिल्लाको दक्षिण क्षेत्रका शैक्षिक अभियन्ता माधवप्रसाद भट्टराई(महानन्द) को आज बिहान निधन भएको छ ।

लामो समय देखि पायल्स लगायतका रोगव्याधिसँग जुध्दै आएका भट्टराईको बढी रक्तस्रावका कारण ७२ वर्षको उमेरमा निधन हुन पुगेको पारिवारिक स्रोतले बताएको छ । उनको आकस्मिक उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गर्दागर्दै निधन हुन पुगेको थियो ।

पर्वतको दक्षिणी क्षेत्र वहाकीमा प्रधानपन्च भै सामाजिक कामहरुको नेतृत्व समेत गरेका माधव भट्टराई दक्षिणी भेगका घरघरमा पुगेर ‘छोराछोरी पढाउ अभियान’ चलाएका थिए ।

२३ वर्षको कलिलो उमेरमै प्रधानपन्च चलाएका भट्टराई कार्यकाल सकिएलगत्तै अंग्रेजी विषय पढाउन शुरु गरेका थिए । दक्षिणी भेगका राजनैतिक र सामाजिक व्यक्तित्वहरुकासमेत गुरु भनेर चिनिएका माधव भट्टराईले  लामो समय पढाएपछि अध्यापनबाट अवकाश लिएका थिए ।

स्वः भट्टराईका ३ छोरा र ५ छोरी रहेका छन् । संसारन्यूज परिवार, अष्ट्रेलिया प्रतिनिधिसमेत रहेका लक्षमण भट्टराई लगायत छोराहरु कमल र नीलकण्ठ भट्टराई तथा छोरीहरु तुलसा, गीता, देवी, माया, पार्वती लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…