Sansar News- Nepal's Fast Khabar Online News Portal

बन्दाबन्दीमै तयार भयो वैकल्पिक फुटबल मैदान

संसार न्यूज़
१ महिना पहिले
बन्दाबन्दीमै तयार भयो वैकल्पिक फुटबल मैदान

१७ जेठ, पोखरा । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ ।

निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै जोडिएको पश्चिमपट्टी यो अभ्यास मैदान निर्माण गरिएको छ । जारी बन्दाबन्दीका बीचमा निरन्तर काम गरेर मैदान समथर बनाउने, नाला निर्माण र मैदानमा दुबो रोप्ने काम सम्पन्न गरिएको हो । सो मैदानका लागि चालू आर्थिक वर्षमा युवा तथा खेलकूद मन्त्रालयले रु ९० लाख बजेट विनियोजन गरेको थियो । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबल पोखरामा खेलाइने भएपछि मुख्य रङ्गशालाको आडमा अभ्यास मैदान तयार गर्ने योजना थियो । सोहीअनुसार सरकारले बजेट विनियोजन गरे पनि अभ्यास मैदान सागमा तयार भएन ।

मैदानको काम अलपत्र परेपछि राष्ट्रिय खेलूकद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले बन्दाबन्दीमै काम शुरु गर्नुभएकामा दुई महिनामा सबै काम सकिएको हो । मैदानमा हाल गोलपोष्ट राख्ने काम बाँकी छ । कोरोनाको महामारीमा समेत सुरक्षित तरिकाले सामाजिक दूरी कायम राख्दै ११५ मिटर लम्बाइ तथा ६५ मिटर चौडाइको फुटबल मैदान समथर बनाउने, लेबलिङ र दुबो रोप्ने काम सकिएको गुरुङले जानकारी दिए ।

मैदान दुई महिनाभित्रमा खेल्न योग्य हुने र स–साना प्रतियोगिता यही मैदानमा खेलाइने योजना छ । सो फुटबल रङ्गशालामा ३०० देखि ४०० जना अट्ने गरी प्यारापिट र चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), शौचालयलगायतका पूर्वाधार आगामी वर्षमा शुरु गरिने बताइएको छ । पोखरा रङ्गशालाभित्रको मुख्य फुटबल रङ्गशालाको काम भने जारी बन्दाबन्दीका कारणले रोकिएको छ । रु एक अर्ब २८ करोड लागतमा निर्माणाधीन रङ्गशालामा हाल १६ हजार ५०० दर्शक अट्ने प्यारापिट तयार गरिएको छ भने मैदानको सबै काम सकिएको छ ।

भिआइपी प्यारापिटमा छानो छाउने, चेञ्जिङ रुम, मिडिया सेन्टर, कन्फ्रेन्स हललगायतको काम बन्दाबन्दीले रोकिएको निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बरालले बताए । पछिल्लो समय प्यारापिटको क्षमता वृद्धि गरेर २० हजार दर्शक क्षमताको बनाउने राखेपले तयारी गरेको थियो ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…