Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालमा हालसम्म १,५६७ जना कोरोना संक्रमित, ८ को मृत्यु, हेर्नुहोस् यस्तो छ अन्य अपडेट

संसार न्यूज़
२ महिना पहिले
नेपालमा हालसम्म १,५६७ जना कोरोना संक्रमित, ८ को मृत्यु, हेर्नुहोस् यस्तो छ अन्य अपडेट

१८ जेठ, काठमाण्डौं । नेपालमा आइतबार (१८ जेठसम्म) र्यापड र पिसीआर प्रविधि दुवैबाट १ लाख ८० हजार ६९१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ६,९०७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो शनिबारको तुलनामा झण्डै २ हजारले बढी हो ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ६९ हजार ५८२ र आरडिटी प्रविधिबाट १ लाख ११ हजार १०९ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा २,८५३ पिसीआर र ४,०५४ वटा र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ११ हजार ९३३ प्रदेश नं २ मा ६ हजार ९३३, बाग्मती प्रदेशमा २५ हजार ८८२, गण्डकी प्रदेशमा ८ हजार ७३५, प्रदेश नं ५ मा २३ हजार ३ कर्णाली प्रदेशमा १३ हजार २०३, र सुदूरपश्चिम प्रदेशमा २१,८२० वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १ लाख १९ हजार १९२ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ३ हजार ५६६, प्रदेश नं २ मा १९ हजार ९८३ बाग्मती प्रदेशमा २ हजार ४२३ गण्डकी प्रदेशमा ३ हजार ५१४, प्रदेश नं ५ मा ३५ हजार, कर्णाली प्रदेशमा १९ हजार ५८९ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार १४७ जना रहेको स्वास्थ्य मन्त्रालयले आइतबार (जेठ १८ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
हालसम्म ७ प्रदेशका ५७ जिल्लाका विभिन्न अस्पतालमा १,,३४९ जना आइसोलेसनमा रहेका छन् । जसमा प्रदेश १ मा १३५, प्रदेश २ मा ५१९, बाग्मती प्रदेशमा २०, गण्डकी प्रदेशमा २०, प्रदेश नं ५ मा ५०९, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा २० जना रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

त्यसैगरी हालसम्म रेडजोन (संभावित संक्रमित) मा रहनेको संख्या ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना रेडजोनमा थपिएका छन् । उनीहरु विराटनगर, झापा, पर्सा, काठमाण्डौं र तेह्रथुमका रहेका छन् ।

आज १६६ जना नयाँ थपिए, कोरोना संक्रमितको संख्या १५६७ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप १६६ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज पुष्टि भएकामा प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँ रिसिङका २८ वर्षीय पुरुष र स्याङजा गल्याङका २७ र ४० वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु पर्सा पटरेवा सुगौलीको स्थानीय क्वारेन्टाइनमा रहेका हुन. । उनीहरुको उमेर समुह २२ देखि ३६ वर्ष रहेको छ ।

आज १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कालिकोट शुभकालिकाका १९ देखि ५२ वर्षीय १३ पुरुष, महोइ गाउँपालिकाका २० देखि ४२ वर्षे ५ पुरुष, दैलेख दुल्लुका ३५ वर्षे पुरुष, दैलेख नारायण नगरपालिकाका १६ देखि ४८ वर्षीय ९ जना पुरुष, दैलेखकै सिम्दाका २६ वर्षीय पुरुष, देवलकानका १८ देखि २२ वर्षे ५ जना पुरुष, रातापानीका २८ वर्षे पुरुष, सादुका २२ वर्षे र बाजुरा जुजुनाथका ४० वर्षे पुरुषमा पनि संक्रमण भएको पुष्टि भएको छ ।

पशुंपंक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सल्यान कुपिण्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष र सुर्खेत बराहका ४ महिने बालिका रहेकी छन् ।

धुलिखेल अस्पतालमा गरिएको परक्षिणमा कविलवस्तु शिवराजका ३२ वर्षे पुरुष र भेरी अस्पताल दाङमा गरिएको परीक्षणमा बाँके नरैनापुर गाउँपालिकाका २१ देखि २५ वर्षीय ८ जना पुरुष, खजुराका ३० वर्षीय पुरुष, नेपालगन्जका १६ देखि ४२ वर्षीय ४ पुरुष र बैजनाथका ३५ वर्षे पुरुषमा पनि संक्रमण भेटिएको छ ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका छन् । उनीहरु सप्तरी राजगढका १७ देखि ४५ वर्षीय पुरुष रहेका छन् ।

सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली भजनीका २५ वर्षीय पुरुष, जानकी गाउँपालिकाका ३४ वर्षे पुरुष, जितनगर क्वारेन्टाइनमा रहेका ४७ वर्षे पुरुष र बाजुरा अस्पतालका २ वर्षीय बालिका र २३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । (बालिकाको आज बिहान २ः३० बजे मृत्यु भइसकेको छ)।

त्यस्तै कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा झापा गौरीगन्जका २३ देखि ३९ वर्षीय ४ जना पुरुष र मोरङ विराटनगरकी ४५ वर्षीया महिला रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा धनुषा मुखियापट्टीका ३९ देखि ४६ वर्षका २१ जना पुरुष रहेका छन् । कपिलवस्तु महाराजगन्जका ३३ देखि ४१ वर्षीय ४ जना पुरुष, रौतहट क्वारेन्टाइनमा रहेका ४, ९ र १२ वर्षीय बालक सहित २१ जना पुरुष रहेका छन् उनीहरु ५२ वर्ष सम्मका व्यक्ति रहेका छन् ।

सर्लाहीका १ बालक सहित १० जना रहेका छन् । उनीहरुको उमेर समुह १५ देखि ५० वर्ष रहेको छ ।  आज संक्रमण पुष्टि भएका १६६ जनासहित नेपालमा संक्रमित हुनेको संख्या १,५६७ पुगेको छ । जसमा १,४५० पुरुष र ११७ जना महिला रहेका छन् ।  उनीहरुमा २२० जना निको भएर घर फर्किइसकेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ का ९ जिल्लाका १६५ जना, प्रदेश २ का सबै जिल्ला (८ जिल्ला) का ६२४ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ४५ जना, गण्डकी प्रदेशका ६ जिल्लाका २३ जना, (आज थपिएको जिल्ला तनहुँ) प्रदेश नं ५ का ९ जिल्लाका ५६०, कर्णाली प्रदेशका ५ जिल्ला (आज थपिएका कालिकोट र सल्यान) का १२३ जना र सुदूरपश्चिम प्रदेशका ८ जिल्ला (आज थपिएको बाजुरा) का २७ जना रहेका छन् । जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ । हालसम्म ५७ जिल्लामा संक्रमित भेटिएका छन् ।

आज एकजना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या २२० पुग्यो
स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार १ जना डिस्चार्ज भएकी । उनी भरतपुरमा उपचारत मकवानपुरकी २५ वर्षीया महिला हुन् । आज डिस्र्चाज भएकी १ जना सहित नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २२० पुगेको छ ।
जसमा प्रदेश नम्बर १ का ३०, प्रदेश २ का १०४, बाग्मती प्रदेशका २९ जना, गण्डकी प्रदेशका ३ जना, प्रदेश ५ का ४८ र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी जम्मा २२० जना हालसम्म डिस्चार्ज भएका छन् । जसमा १७२ पुरुष र ४८ जना महिला हालसम्म कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

बाजुराकी बालिकाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ८ पुग्यो

कोरोना संक्रमणबाट हालसम्म ८ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ८ पुगेको छ । आज (आइतबार) बाजुराकी २ वर्षीया बालिकाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज बिहान २ः३० बजे बाजुरा जिल्ला स्वास्थ्य अस्पतालमा उपचारका क्रममा ती बालिकाको मृत्यु भएको हो ।

आमाबुवासहित ८ दिन पहिले भारतबाट आएकी ती बालिकालाई क्वारेन्टाइनमै रहेका अवस्थामा श्वास– प्रस्वास, ज्वरो र झाडा पखाला लागेपछि जेठ १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको जेठ १६ गते नै श्वास संकलन गरेर सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

त्यसैगरी शनिबार बेलुका पनि दैलेखको दुल्लु नगरपालिका पटांगिनीको क्वारेन्टाइनमा रहेका ३५ वर्षीय युवाको पनि कोरोनाकै कारण मृत्यु भएको हो । शनिबार र आइतबार मृत्यु भएका दुईजनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यसअघि अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवाको भारतमा मजदूरी गरेर नेपाल फर्कने क्रममा जेठ १० गते मृत्यु भएको थियो । उनको जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । विहिबार आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । उनको शबको दाहसंस्कार भइसकेको छ ।

उनीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा बुधबार (जेठ १४) गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको कलेजोमा समस्या भएका कारण जेठ ११ गते ललितपुरको ग्वार्कोमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए ।

उनको जेठ १२ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पोट पोजेटिभ आएको थियो । उनको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

त्यस्तै जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।

यसअघि जेठ ४ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका ७० वर्षीइ पुरुषको मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा उपचार गराएका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

स्वास्थ्य मन्त्रालयद्धारा गम्भीर ध्यानाकर्षण तथा भत्र्सना

स्वास्थ्य मन्त्रालयद्धारा गम्भीर ध्यानाकर्षण तथा भत्र्सना
स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक फेरि पनि विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएको भन्दै भत्र्सना गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकमा यस विषयमा छलफल भएको तथा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा.विकाश देवकोटाले बताएका छन् । डा. देवकोटाले यस्ता क्रियाकलापको मन्त्रालयले भत्र्सना गरेको समेत बताएका छन् ।

‘हामी दुःख व्यक्त गर्दछौं, यस्तो घटना नदोहोरिउन भन्दै सम्बन्धीत सबैलाई अपिल गर्दछौं, यो हाम्रो आव्हान पनि हो,’ डा. देवकोटाले भने, ‘घटनामा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याएर सजायको परिधिमा राख्ने मन्त्रालय प्रतिवद्धता गर्दछ । साथै सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उच्च मनोवल राख्न कुनैपनि कसर बाँकी नराख्ने मन्त्रालयले निर्णय गरेको छ ।’

नेपालमा हालसम्म ६६,७२९ पिसीआर परीक्षण, संक्रमित १४०१, र निको हुनेको संख्या २१९, यस्तो छ अन्य अपडेट

 

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ५ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…