back

रुकुम घटनाबारे पूर्व प्रधानमन्त्री माधव नेपालले मुख खोले

वि.सं.२०७७ जेठ १८ आइतवार

117 

shares
NTC AD
Global IME AD

१८ जेठ, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा २०७७ जेठ १० गते भएको घटना बारे मुख खेलेका छन् ।

जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको भन्दै यसलाई उनले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको बताएका छन् ।

नेता नेपालले‘एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु हामी सबैका लागि लज्जाको विषय बनेको’ पनि प्रेस विज्ञप्तीमार्फत बताएका छन् ।

उनले विज्ञप्तिमार्फत भनेका छन् :

प्रेस विज्ञप्ति

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा २०७७ जेठ १० गते भएको घटनामा परी जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही वेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ । उक्त घटनामा परी ज्यान गुमाउनुहुने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु । साथै, वेपत्ताको छिटो खोजी गर्न पनि अनुरोध गर्दछु ।

एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु हामी सबैका लागि लज्जाको विषय बनेको छ । यसलाई मैले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको छु । छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा स्पष्ट ठहर गरिसकेको छ । अशिक्षा, पछौटेपन र जातीय अहंकारका कारण हुने छुवाछूतले हाम्रो समाजलाई पछाडी मात्र धकेल्दैन, विश्वकै सामु राष्ट्रकै बेइज्जत गर्दछ । स्थानीय तहसम्म जननिर्वाचित संस्थाहरुको व्यवस्था भइसकेपछि कानुन कार्यान्वयन र जनचेतनाका लागि ठूलो अभियान चलाउनुपर्ने आवश्यकता यस्ता घटनाहरुले टठ्कारो रुपमा दर्शाएका छन् ।

मावनताविरुद्धै अपराधका रुपमा भएको उक्त घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न म विशेष जोड दिन चाहन्छु । साथै, छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्य गर्नका लागि आ–आफ्नो ठाउँबाट सक्रियतापूर्वक जुट्न, यस्ता क्रियाकलाप भएमा त्यसका विरुद्धमा दृढतापूर्वक उभिन र सामाजिक न्यायको पार्टीको घोषित उद्देश्यलाई सामाजिक जीवनमा परिणत गर्नका लागि उदाहरणीय बन्न म हाम्रो पार्टी नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गर्दछु ।

माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री तथा
वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
१८ जेठ, २०७७

वि.सं.२०७७ जेठ १८ आइतवार १९:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन...

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन...

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक...