Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालमा झण्डै ७२ हजार पिसीआर परीक्षण, १,७९८ जना कोरोना संक्रमित र आइसोलेशनमा १,५६९

संसार न्यूज़
१ महिना पहिले
नेपालमा  झण्डै ७२ हजार पिसीआर परीक्षण, १,७९८ जना कोरोना संक्रमित र आइसोलेशनमा १,५६९

१९ जेठ, काठमाण्डौं । नेपालमा सोमबार (१९ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ८५ हजार ६६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ४,९६८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ७१ हजार ९०३ र आरडिटी प्रविधिबाट १ लाख १३ हजार ७५७ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा २,३१० पिसीआर र २,६४८ वटा र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा १२ हजार ३४६, प्रदेश नं २ मा ६ हजार ९५४, बाग्मती प्रदेशमा २५ हजार ५४३, गण्डकी प्रदेशमा ८ हजार ८८७, प्रदेश नं ५ मा २३ हजार ८६३ कर्णाली प्रदेशमा १३ हजार ८५८, र सुदूरपश्चिम प्रदेशमा २२,३०६ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १ लाख ३३ हजार ९७५ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ३ हजार ९७७, प्रदेश नं २ मा २१ हजार ९३२ बाग्मती प्रदेशमा २ हजार ६५४ गण्डकी प्रदेशमा ३ हजार ९३७, प्रदेश नं ५ मा ३८ हजार २३०, कर्णाली प्रदेशमा २२ हजार ४७४ र सुदूरपश्चिम प्रदेशमा ४० हजार ७७१ जना रहेको स्वास्थ्य मन्त्रालयले सोमबार (जेठ १९ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
हालसम्म ७ प्रदेशका ५९ जिल्लाका विभिन्न अस्पतालमा १,५६९ जना आइसोलेसनमा रहेका छन् । जसमा प्रदेश १ मा १३८, प्रदेश २ मा ५८९, बाग्मती प्रदेशमा १५, गण्डकी प्रदेशमा २३, प्रदेश नं ५ मा ५७०, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

त्यसैगरी हालसम्म रेडजोन (संभावित संक्रमित) मा रहनेको संख्या ४७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना रेडजोनमा थपिएका छन् । उनीहरु, पर्सा, काठमाण्डौं र सिराहाका रहेका छन् ।

आज २२६ जनामा कोरोना संक्रमण
नेपालमा आज सबैभन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जना ३२ र ४६ वर्षे पुरुष, पोखरा अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्व कावासोतीका २२ र ३६ वर्षीय पुरुष, विना त्रिवेणीका १४ वर्षे बालक रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण भेटिएको छ । जसमा दैलेख नारायण नगरपालिकाका १७ र ३४ वर्षे पुरुष, सिमडाका २९ र ३४ वर्षे पुरुष, देवकाँडाका १८ देखि ३८ वर्षका ३ पुरुष, सोत र साधुका ३५ र २२ वर्षे पुरुष, जुकेपानीका ६० वर्षे पुरुष, दुल्लु नगरपालिकाका ७ जना जसमा २३ र ३० वर्षीया महिला, २ वर्षीय बालक र ३९ वर्षसम्मका पुरुष, जुम्ला हिमाका ८ जना २३ र ६३ वर्षीय पुरुष, सिंजाका १२ देखि ४५ वर्षका ९ जना पुरुष, जुम्लामै कार्यरत २७ र ३४ वर्षीय पुरुष रहेका छन् ।

आज २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,७९८ पुग्यो

त्यस्तै सुर्खेत प्रादेशिक अस्पताल र पशुपंक्षी अन्वेषण प्रयोगशालामा गरिएको परीषणमा ३२ जनामा संक्रमण भेर्टिको छ । जसमा दैलेख नारायणका १० वर्षीय बालदेखि ३६ वर्र्ष उमेर समुहका १६ जना पुरुष, महावुका २५ वर्षीय पुरुष, सल्यान बनगार्ड कुपिण्डेका २० देखि ४० वर्षीय १० जना पुरुष, सुर्खेत बराहतालका २० देखि २६ वर्षीय ५ जना पुरुष रहेका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जनामा संक्रमण भेटिएको छ । जसमा कपिलवस्तु वाणगंगाका ३१ र ३८ वर्षीया महिला, रौतहट पर्रोहाका १९ देखि ४५ वर्षका १४ जना पुरुष, रौतहटकै यमुनामाई गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमा २० वर्षीया महिला र २२ देखि ३५ वर्षका ३ पुरुष रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा बाँके डुडुवाका १७ देखि ३५ वर्षीय पुरुष रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण भेटिएको छ । जसमा दाङ तुलसीपुर उपमहानगरपालिकाका १८ देखि ३२ वर्षीय ५ जना पुरुष, गढवा गाउँपालिकाका २४ र ३६ वर्षे २ जना पुरुष, लमहीका ४० वर्षीय पुरुष, राप्ती गाउँपालिकाका ३६ वर्षे पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण देखिएको छ । जसमा धनुषा धनौजीका १८ देखि ४८ वर्षका ४ पुरुष, हंसपुरका १९ र २० वर्षीय पुरुष, जनकपुर प्रादेशिक अस्पतालका २१ वर्षीय पुरुष, कपिलवस्तु शिवराजको क्वारेन्टाइनमा रहेका १९ देखि ५५ वर्षका १२ जना पुरुष, हरिहरपुरका १९ देखि ३८ वर्षीय ८ जना पुरुष, कपिलवस्तु महाराजगन्जका ३० र ३३ वर्षीय पुरुष, कपिलवस्तुकै रंगिलाल माविको क्वारेन्टाइनमा रहेका १७ देखि ३५ वर्षीय ११ जना पुरुष रहेका छन् ।

त्यस्तै चन्द्रौटाको राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ४२ देखि ४८ वर्षीय ३ पुरुष, रघु सामुदायिक अस्पतालका २७ र ४६ वर्षीय पुरुष, महोत्तरी लाहोरपट्टीको क्वारेन्टाइनमा रहेका १८ वर्षीय २ जना पुरुष, मकवानपुरका ६१ वर्षे पुरुष, सर्लाहीको जनतामावि क्वारेन्टाइनमा रहेका ९ वर्षीया बालिका र २७ वर्ष उमेर समुहका ४ महिला, सर्लाही जनतामावि क्वारेन्टाइनमा रहेका ११ वर्षीय वालकदेखि ७५ वर्ष उमेर समुहका ३३ जना पुरुष, सिराहाको मौरवैताको सुर्यनारायण, सत्यनारायण क्वारेन्टाइनमा रहेका १८ देखि ६० वर्षीय ५ पुरुष र उदयपुर घर भई जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत ३१ वर्षीय पुरुष रहेका छन् ।

सेती अस्पताल धनगढीमा १८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा अछामका १ वर्षे बालक र कैलालीका १४ जना रहेका छन् । जसमा २ वर्षीया बालिका र २८ वर्ष उमेर समुहका ३ महिला, ५ वर्षका बालक र २७ वर्ष उमेर समुहका पुरुष रहेका छन् । साथै बैतडीका ३४ वर्षे पुरुष, डोटीका २५ वर्षे पुरुष, कन्चनपुरका ११ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएका २२६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १,७९८ पुगेको छ । जसमा १,६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।

आज २६ जना कोरोना संक्रमणबाट मुक्त
कोरोना संक्रमणबाट मुक्त भएर आज २५ जना घर फर्किएका छन् । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा उपचाररत २५ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेमा ४ र १० बर्षिया २ बालिका, १ महिला र २२ जना पुरुष रहेको भीम अस्पतालका सूचना अधिकृत गोपाल उपाध्यायले संसारन्युजलाई जानकारी दिएका छन् ।

उपाध्यायका अनुसार बैसाख २० गते देखि अस्पतालमा उपचाररत उनीहरु आज डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा कविलवस्तु विजयनगर गाउँपालिकाका १ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, नवलपरासी सुस्ता गाउँपालिकाका २ जना, प्रतापपुरका १ जना, भारत गोन्डा १ जना, गैडहवा गाउँपालिकाका १० जना, लुम्बिनी सास्कृतिक नगरपालिकाका ५ जना र सिद्धार्थनगर नगरपालिकाका १ जना रहेका छन् ।

आज २५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या २४५ पुग्यो

उपचारका क्रममा उनीहरुमा कुनै समस्या नदेखिएको पनि उपाध्यायले बताएका छन् । उनीहरुको निरन्तर दुईपटकसम्म गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।
अस्पतालमा उपचाररत २५ जना कोरोना संक्रमित निको भएपछि अहिले भीम अस्पताल कोरोना संक्रमित विरामी मुक्त भएको छ ।

त्यसैगरी आजै डडेल्धुराका २८ वर्षीय पुरुष पनि कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ का ९ जिल्लाका १६८ जना, प्रदेश २ का सबै जिल्ला (८ जिल्ला) का ६९४ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लाका २६ जना, प्रदेश नं ५ का ९ जिल्लाका ६२१, कर्णाली प्रदेशका ५ जिल्लाका १९८ जना र सुदूरपश्चिम प्रदेशका ९ जिल्ला (आज थपिएको डोटी) का ४५ जना रहेका छन् । हालसम्म ५९ जिल्लामा संक्रमित भेटिएका छन् ।

कोरोना संक्रमणबाट हालसम्म ८ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ८ पुगेको छ । आइतबार बाजुराकी २ वर्षीया बालिकाको संक्रमणबाट मृत्यु भएको थियो । बालिकाको. आइतबार बिहान २ः३० बजे बाजुरा जिल्ला स्वास्थ्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आमाबुवासहित ८ दिन पहिले भारतबाट आएकी ती बालिकालाई क्वारेन्टाइनमै रहेका अवस्थामा श्वास– प्रस्वास, ज्वरो र झाडा पखाला लागेपछि जेठ १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको जेठ १६ गते नै श्वास संकलन गरेर सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

त्यसैगरी शनिबार बेलुका पनि दैलेखको दुल्लु नगरपालिका पटांगिनीको क्वारेन्टाइनमा रहेका ३५ वर्षीय युवाको पनि कोरोनाकै कारण मृत्यु भएको हो । शनिबार र आइतबार मृत्यु भएका दुईजनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यसअघि अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवाको भारतमा मजदूरी गरेर नेपाल फर्कने क्रममा जेठ १० गते मृत्यु भएको थियो । उनको जेठ ११ गते श्वाव संकलन गरेर भैरहवाको प्रयोगशालामा परीक्षण गरिएको थियो । विहिबार आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । उनको शबको दाहसंस्कार भइसकेको छ ।

उनीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा बुधबार (जेठ १४) गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको कलेजोमा समस्या भएका कारण जेठ ११ गते ललितपुरको ग्वार्कोमा रहेको किस्ट अस्पतालको आइसीमा भर्ना भएका थिए ।

उनको जेठ १२ गते कोरोना परीक्षण गरिएको थियो । जसमा रिर्पोट पोजेटिभ आएको थियो । उनको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

त्यस्तै जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।

यसअघि जेठ ४ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका ७० वर्षीइ पुरुषको मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएर आइसीयुमा उपचार गराएका उनको उनको मृत्यु पश्चात गरिएको श्वाव परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

नेपालमा हालसम्म १,५६७ जना कोरोना संक्रमित, ८ को मृत्यु, हेर्नुहोस् यस्तो छ अन्य अपडेट

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…