Sansar News- Nepal's Fast Khabar Online News Portal

अष्ट्रेलियन खेलाडीहरुले सुरु गरे प्रशिक्षण, ९ अगस्तबाट अन्तराष्ट्रिय क्रिकेट सुरु हुने

संसार न्यूज़
१ महिना पहिले
अष्ट्रेलियन खेलाडीहरुले सुरु गरे प्रशिक्षण, ९ अगस्तबाट अन्तराष्ट्रिय क्रिकेट सुरु हुने

२० जेठ, काठमाडौँ । अष्ट्रेलियन क्रिकेट टिमका खेलाडीहरुले हिजो सोमबारबाट आफ्नो प्रशिक्षण सुरु गरेका छन । सिडनीमा रहेका ओलम्पिक पार्कमा अष्ट्रेलियन क्रिकेट टिमका पुर्वकप्तान स्टिवन स्मिथ, डेविड वार्नर र मिचल स्टार्कले आफ्नो प्रशिक्षण सुरु गरेका हुन ।

ट्रेनिङ्गका क्रममा पनि समर्थकहरुलाई मैदानमा आउन दिएको छैन । अष्ट्रेलियका क्रिकेट टिमका पुर्वकप्तान स्टिवन स्मिथले लकडाउनका क्रममा आफुलाई शारीरिक र मानसिक रुपमा बलियो राखेको पनि बताएका छन । ।

यस अघि इंल्याण्ड क्रिकेट टिम र श्रींलका क्रिकेट टिमका खेलाडीहरुले पनि आफ्नो प्रशिक्षण सुरु गरिसकेका छन ।

अष्ट्रेलियामा ९ अगस्त देखी अन्तराष्ट्रिय क्रिकेट पनि सुरु हुने भनिएको छ । ९ अगस्तबाट अष्ट्रेलिया र जिम्बावे बिचको टि-२० श्रृखला सुरु हुने छ । जिम्बावे पछि अष्ट्रेलियन क्रिकेट टिमले अफगानिस्तानसँग टि २० श्रृखला खेल्ने छ । २०२० को टि २० वल्ड कप पनि अष्ट्रेलियामा नै हुने छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…