Sansar News- Nepal's Fast Khabar Online News Portal

तरकारी जफत गरेर फ्याकिएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग

संसार न्यूज़
१ महिना पहिले
तरकारी जफत गरेर फ्याकिएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग

२० जेठ, काठमाण्डौं । गत आइतबार अर्घाखाँचीको सन्धिखर्कमा विक्रि गर्न लगिएको तरकारी स्थानीय प्रशासनकै रोहबरमा फ्याकिएपछि देश तथा विदेशबाट त्यसका विरुद्धमा आवाज उठेको छ ।

भारत लगायतका देशबाट अरबौंको तरकारी देशमा आयात भइरहेको अवस्था र नेपाली किसानका उत्पादनले आफ्नै देशमा अनि आफ्नै क्षेत्रमा बजार नपाउनु र बेच्नका लागि बजार लैजादा पनि तरकारी लगायतका वस्तुहरु स्थानीय प्रशासनकै रोहबरमा फ्याकिनु अत्यन्तै दुःखद रहेको भन्दै बेल्जियमबाट सामाजिक अभियन्ता दामोदर आचार्यले दुःख व्यक्त गरेका छन् ।

लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा अभियानको बेल्जियम च्याप्टरका सभापति समेत रहेका आचार्यले आफ्नो देशका कृषकहरुले कठोर परिश्रम र मेहनत गरेर उत्पादन गरेको तरकारी बिक्रि वितरणका लागि राष्ट्रले पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आर्चायले स्वदेशमा उत्पादन गरेको तरकारीले आत्मनिर्भर हुन नसकेको अवस्थामा मात्र आवश्यक तरकारी विदेशबाट आयात गरिनुपर्ने अवस्थामा देशमै किसानले उत्पादन गरेका सामग्री जफत गरेर फ्याकिएको दृश्यले अत्यन्तै दुःखी बनाएको बताएका छन् ।

‘यो समाचारले म अत्यन्त दुःखी छु । मन नै थाम्न नसकिने यस्तो पीडादायी र अकल्पनीय परिस्थितिलाई सरकारले यथासिघ्र रोक लगाउदै कृषकहरूलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन ढिला नगरोस् ।’ आचार्यले भनेका छन् ।

स्मरण रहोस् गत आइतबार कपिलवस्तुको बुद्धभूमिबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा लगिएको तरकारी लकडाउनका बेला संक्रमित क्षेत्रबाट ल्याइएको भन्दै जिल्लामा प्रवेश गर्न रोक लगाउनुको साथै तरकारी बोकेको गाडीलाई बाटोमै रोकेर फ्याकिएको थियो ।

यद्यपी कृषि तथा पशुपंक्षि मन्त्रालयले सोमबार यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै किसानका उत्पादनलाई बजारमा सहज पहुँच दिन आग्रह गर्दै अब आइन्दा यसरी किसानको मनोबल घट्ने गरी  कसैले पनि यस्तो कार्य गर्न नहुने भन्दै सचेत गराएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…