Sansar News- Nepal's Fast Khabar Online News Portal

बुटवलमा खुकुलो बन्दै लकडाउन,अब यी व्यवसाय खोल्न पाइने

संसार न्यूज़
२ महिना पहिले
बुटवलमा खुकुलो बन्दै लकडाउन,अब यी व्यवसाय खोल्न पाइने

२२ जेठ, काठमाण्डौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी रहेको ७१ दिन देखिको लकडाउनको मोडालिटी परिवर्तन गरिने सरकारले बताएसँगै स्थानीय निकायले पनि कोभिड-१९ को नियम पालना गरी विभिन्न व्यवसाय संचालन गर्न पाउने सूचना जारी गरेका छन् ।

बुटवल उपमहानगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सुरक्षाका सबै मापदण्ड पालना गरी÷गराई सामाजिक दुरी कायम गरेर विभिन्न पेशा, व्यवसाय संचालन गर्न सकिने सूचना जारी गरेको छ ।

पालिकाका अनुसार खाद्यान्न, तरकारी तथा फलफूल पसल प्रत्येक दिन, बिहान ७ बजेदेखि २ बजेसम्म खोल्न सकिनेछ ।
बिक्रेता र उपभोक्तावीच प्रत्यक्ष सम्पर्क नहुने खाद्यान्न थोक र अन्य व्यवसायहरु (नेपाल सरकारले खोल्न रोक लगाएको बाहेक) प्रत्येक दिन बिहान १० देखि दिउसो ३ बजेसम्म खोल्न पाइनेछ ।

त्यस्तै कृषि कार्यसँग सम्बन्धीत आवस्यक मल, वीउ, र औषधि पसल प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइनेछ ।
दूध, दुग्धजन्य पर्दाथ उत्पादन गर्ने डेरी पसलहरु, प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ । दूध विक्रेताले उत्पादन, संकलन गरेको स्थान खुलेको सम्बन्धीत पालिका वा वडाबाट सिफारीस साथमा ल्याउनु पर्नेछ ।

हेर्नेहोस् विस्तृत रुपमा कुन व्यवसाय खोल्न पाइने र कुन नपाइने ?

 

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ७ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…