back

कर्णाली प्रदेशमा ४८९ जनामा कोरोना संक्रमण, दैलेखमा मात्रै ३०१ जना संक्रमित

वि.सं.२०७७ जेठ २३ शुक्रवार

300 

shares
RBB AD
NTC AD

२३ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोभिड-१९ बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ ।  सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटीपिसिआरबाट ९७ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको आरटीपिसिआर परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोरोना पुष्टि भएकामा दैलेखका दुल्लु नगरपालिकाका २७ र महाबु गाउँपालिकाका ६४ जना भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार महाबु– २ मा मात्र दुई महिलासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी जुम्ला, चन्दननाथ नगरपालिकाका तीन, हुम्ला चंखेली गाउँपालिकाको एक, सुर्खेत पञ्चपुरी नगरपालिकाको एक, जाजरकोट भेरीनगरपालिकाको एक, दोलखा तामाकोशी गाउँपालिकाको एक, रामेछाप दोरोम्बा गाउँपालिकाको एक र गोरखा, आरुघाट गाउँपालिकाको एक गरी १०० जनामा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले जनाए । हुम्ला र जाजरकोटमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीका डोल्पा र रुकुम –पश्चिम) बाहेक आठ जिल्लामा यसको संक्रमण फैलिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । आज ९१ जना थपिएसँगै दैलेख जिल्लामा मात्र कोरोना संक्रमित हुने ३०१ पुगेकोे बताइएको छ । रासस

वि.सं.२०७७ जेठ २३ शुक्रवार २०:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप,धादिङ । साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने...

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

साउन १ देखि पशुपति आर्यघाटको विद्युत् गृह निःशुल्क गरिने

साउन १ देखि पशुपति आर्यघाटको विद्युत् गृह निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि...

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

जापानमा ९० लाख घर खाली

जापानमा ९० लाख घर खाली

टोकियो । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९०...