Sansar News- Nepal's Fast Khabar Online News Portal

होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत

संसार न्यूज़
२ महिना पहिले
होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत

२४ जेठ, काठमाडौं । सरकारले बिदेशबाट आएर आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नेहरुका लागि होटलको विवरण सार्वजनिक गरेको छ ।
विदेशबाट आएर १४ दिन होटल क्वारेन्टिनमा बस्न चाहनेहरुका लागि सरकारले काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलको विवरण सार्वजनिक गरेको छ । सरकारद्धारा तोकिएको मापदण्ड अनुसार क्वारेन्टिनमा रहने गरी सो निर्णय गरिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको विवरणमा होटेलको बेड क्षमता र सम्पर्क व्यक्ति एवम् टेलिफोन नम्बरसहित खुलाइएको छ । कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिको स्विकृति र जिल्ला संकट व्यवस्थापन समितिको जेठ १९ को निर्णय बम्मोजिम जेठ २३ गते प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

होटल एशोसिएसनको शिफारीसका आधारमा सार्वजनिक सो विवरण अनुसार ग्रान्ड होटलमा ७० कोठा, एयरपोर्ट होटलमा ५०, होटल बैशालीमा ८५, सुमित रेसिडेन्सीमा ५० कोठा, होटल मस्याङ्दीमा ७०, प्लाटिनम होटलमा ४० कोठा, होटल मनाङमा ५० कोठा, होटल ल्यान्डमार्क पोखरामा ९० कोठा, होटल मुनलाइटमा ६९ कोठा, होटज सवरिनामा ३५, होटल ल्यान्डमार्क काठमाडौमा ४५ कोठा, होटल कमलमा १५, पार्क भिलेज रिसोर्टमा ५० कोठा उपलब्ध छन् ।

यस्तै नक्सालको होटल क्राउन प्लाजामा ३३, होटल प्रिन्स प्लाजामा २०, होटल शिवम् प्लाजामा ३५, होटल गणेश हिमालमा ३०, होटल थोरङपिकमा २२, लाफा होटलमा २०, होटल रिडर्समा ५०, होटल एभरेष्ट माउन्ट होलिडेमा १२, होटल मिराज लर्डसइनमा ४५ कोठा, होटल याम्बुमा ३५, होटल फेमेलीहोममा १९, शिवशंकर होटलमा १५, होटल रिभरमा १८, काठमाडौं सिटी होटलमा १२, लेन्डमार्क फरेष्टपार्क चितवनमा ६५, लोटस बुद्धइनले २०, होटल भ्यु भक्तपुरमा २५, आर्य तारामा ४१, होटल कैलासमा २५, ओसो होममा १८, उडल्यान्डमा ३०, होटल एक्सेस नेपालमा ३१, पिलग्रिम्स होममा ५५, आमदाबलम होटलमा ६३, व्युटिफुल काठमाडौं होटलमा २०, च्वाइस होटलमा १७, होटल नेपालयमा ३८, शिव तिरुपतिमा ३८, होटल भ्यु भृकुटीमा ९१, होटल क्यास स्क्याडमा १७ कोठा उपयोग हुनसक्ने जनाइएको छ ।

यसैगरी सीजी होटलमा ११० कोठा, ड्रिम ल्यान्डरिसोर्ट मणिग्राममा ५० तथा स्विस इन्टरनेशनल पोखरामा ५० कोठा उपयोग हुनसक्ने जनाइएको छ ।

होटल क्राउन प्लाजाका संचालक युवराज श्रेष्ठका अनुसार चार तारे होटेलमा दैनिक ८०००, ३ तारे होटलमा ६०००, दुई तारेमा ५०००, एकतारेमा ४००० र टुरीष्ट स्तरीय अन्य होटेलमा दैनिक ३००० दर तोकिएको छ भने मापदण्डअनुसारको शेयरिंगमा छ्ट समेत गरिएको छ । उनका अनुसार सो रकमभित्र ब्रेकफास्ट, लंच, खाजा र डिनरको प्याकेज समावेश छ भने थप कर लाग्ने छैन । पर्यटकीय स्तरको सामान्य होटेल क्वारेन्टिनमा १४ दिन बस्न पर्नेहरुले न्यूनतम ४२,००० रुपिया तिर्नुपर्ने देखिएको छ ।

हेर्नुहोस् होटलहरुको प्रारम्भिक सूचि, सम्पर्क र दर :

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…