back

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

वि.सं.२०७७ असार २ मंगलवार

171 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी एक दुलहीले दुलाहाको घर नपुग्दै बाटोमै आत्महत्या गरेकी छन् ।

यो घटना हो भारतको । आइतबार बाबुआमाको घरबाट हाँसीखुसी विदा भएर दुलाहाको घर हिँडेकी एक दुलहीले नदीमा हाम फालेर आफ्नो इहलिला समाप्त पारेकी छन् ।

आइतबार गाडीमा चढेर दुलाहाको घर हिँडेकी अन्जु नामकी एक युवतीले नदीमा हाम फालेकी थिइन् । उनको शब सोमबार मात्र ५० फिट गहिराईमा फेला परेको थियो । युवतीका माइती तथा घरतिरका मान्छेहरुका अनुसार उनी माइतबाट बिदा हुँदा अत्यन्तै खुसी थिइन् । तर, उनले किन आत्महत्या गरिन् भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।

प्रहरीका अनुसार अल्लापुर गाउँ निवासी रामप्रसाद सैनिकी छोरीको शनिबार विवाह भएको थियो । मध्यप्रदेशको श्योपुर जिल्लाबाट जन्ति आएका थिए । आइतबार बिहान माइतबाट बिदा भएर हिँडेकी उनले बाटोमा आफूलाइ वमिट आएकोले गाडि रोक्न ड्राइभरसँग अनुरोध गरेकी थिइन् । ड्राइभरले गाडीकै झ्यालबाट बमिट गर्न भनेपनि उनले गाडी रोक्न भनेपछि राजस्थान र मध्यप्रदेशको सीमामा रहेको एक पुलमा उनीहरु चढेको बोलेरो गाडि रोकिएको थियो ।

दुलाहा र गाडीमा बसेकाहरुले केही बुझ्नु भन्दा पहिले उनले गाडीबाट झरेर रेलिङबाट नदीमा हाम फालेकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार नदीमा हाम फालेपछि केही समय उनी छटपटाएकी थिइन् । तर गाडीमा रहेकाहरु कसैलाई पनि पौडि खेल्न नआएकोले उनलाई बचाउने कोशिष कसैले गरेन ।

रेस्कु टिम एसडीआरएफको टिमले ती युवतीलाई आइतबार मृत अवस्थामा फेला पारेको थियो । उनको शब दुलहीको पहिरनमै रहेको अवस्थामा निकालिएको थियो । ऐजेन्सी

वि.सं.२०७७ असार २ मंगलवार २०:४७ मा प्रकाशित

NABIL bank AD
व्यावसायिक खेती गर्न कृषि मजदुरको अभाव

व्यावसायिक खेती गर्न कृषि मजदुरको अभाव

चितवन । युवा जनशक्ति विदेश पलायन हुँदा यहाँ कृषि मजदुर...

तिहारको लागि उत्पादन गरेको फुलले बजार नपाएपछि धुप बनाउने सीप सिक्दै महिला

तिहारको लागि उत्पादन गरेको फुलले बजार नपाएपछि धुप बनाउने सीप सिक्दै महिला

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट...

बाँदर धपाउन कर्मचारी नियुक्त गर्दै पालिका

बाँदर धपाउन कर्मचारी नियुक्त गर्दै पालिका

पर्वत । जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको...

सात सयले बढ्यो सुनको मूल्य, बजारमा कतिमा हुँदै छ कारोबार ?

सात सयले बढ्यो सुनको मूल्य, बजारमा कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज साताको तेस्रो दिन सुनको मूल्य बढेको छ...

बागलुङ बस दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह

बागलुङ बस दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा...