back

नयांवर्ष सांगीतिक धमाका–२०१७ अविस्मरणीय बन्ने

वि.सं.२०७३ पुस ११ सोमवार

294 

shares
NTC AD
Global IME AD

photo-japan

सिमली छायांमा बसी भरिया लामो सास फेरेको

उमेर भैसक्यो असि झन ठूला दुःखले घेरेको

–भरिया दाइले बिसाउने भारी सुनमाया डांडैको चौतारी……..

–डाडै पिपल भांच्यो हुरीले छैन सितल……

लाखौं लाख नेपालीहरुको मनस्तिस्कमा अमिट छाप छोड्न सफल चर्चित यिनै गीतहरु गुञ्जने छन् जापानको प्रवासी भूमिमा अबको केही दिनमा– सर्जग तथा गायकहरुको प्रत्यक्ष आवाजमा ।

देशभित्र रोजगारीको अवसर नपाएर काम खोज्दै जापानी भूमिमा आइपुगेका प्रवासी नेपालीहरुका बीचमा जनगायक जीवन शर्मा, राष्ट्रिय लोक गायक विष्णु खत्री र राष्ट्रिय लोक गायिका मुना थापामगरले तिनै गीतहरु लगायतका आफ्ना चर्चित गीतहरु पस्कने छन् ३१ डिसेम्बर २०१६ का दिन सिनओसाका र १ जनवरी २०१७ का दिन टोकियोमा । उनीहरुको प्रस्तुति संगै दर्शकहरु कति बेला स“गै नांच्नेछन् त कतिबेला देश, जनता र गाउंघरको अवस्था सम्झिएर भावुक र गम्भीर बन्ने छन् ।

अनि कतिबेला निकै रोमाञ्चित हुन पुग्नेछन् उनीहरु । दर्शकहरुलाई भरपुर सचेतना र मनोरञ्जन दुबै दिने छन् नेपालबाट आउने राष्ट्रिय कलाकारहरुले । मनको धोको पूरा गरेर उनीहरुसंगै नांच्न पाउनेछन् दर्शकहरु ।

हो, नयां वर्ष २०१७ को पूर्व सन्ध्यामा ३१ डिसेम्बरका दिन होटल वासिंटन प्लाजा सिन ओसाकामा आयोजित हुने “नयां वर्ष सांगीतिक धमकाका –२०१७ सांच्चै एउटा विर्षन नसकिने दिन बन्नेछ । अनि जापानमा रहेका प्रवासी नेपालीहरुका निम्ति त्यस्तै अविश्मणरीय हुनेछ–१ जनवरी, २०१७ को दिन पनि । त्यस दिन सिन्जुकु टोकियोस्थित होटल सनरुट प्लाजामा नयांवर्ष सांगीतिक धमाका हुनेछ ।

जापान नेपाली एकता समाजले नयां वर्ष २०१७ का अवसरमा आयोजना गरेको “नयां वर्ष सांगीतिक धमाका–२०१७” मा सांगीतिक प्रस्तुति दिन जनगायक शर्मा लगायतका राष्ट्रिय कलाकारहरु नेपालबाट जापान आउने छन्् । उनीहरु २९ डिसेम्बरमा नेपालबाट जापान लागि हिंड्नेछन् । उनीहरुको साथमा प्रगतिशील सांस्कृतिक अभियानमा चर्चित उद्घोष एवं प्रगतिशील पत्रकार नारायण शर्मा समेत हुनेछन् । उनको कुशल उद्घोषण कला र मार्मिक अभिनयले समेत दर्शकहरुलाई मन्त्रमुग्ध पार्ने छ ।

जापानमै रोजगाररत रहेका प्रवासी नेपाली कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गर्नेछन्– ती कार्यक्रमहरुमा । नौमती बाजाको तालमा छमछमी नांच्न पाउने छन् दर्शकहरु । यसरी जापान नेपाली एकता समाजको आयोजनामा हुने “नयां वर्ष सांगीतिक धमाका–२०१७” एउटा अविश्मरणीय कार्यक्रम बन्ने निश्चित जस्तै देखिएको छ ।

मजदुर, किसान र दुःखी गरिबहरुका मुक्तिका गीतहरु गाउंदै हिंड्ने रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जविन शर्मालाई प्रत्यक्ष देख्न र सुन्न पाउने भएपछि निकै हर्षित छन् जापानमा रोजगाररत प्रवासी नेपालीहरु । “हामी निकै आतुर छौं जनगायक जीवन शर्मा सहित नेपालबाट आउने राष्ट्रिय कलाकारहरुको प्रस्तुति देख्न र सुन्नका लागि ।” नेपालमा चितवन भरतपुर घर भई हाल जापानमा ओसाका नजिक कोबेमा रोजगाररत रहनु भएका तेजेन्द्र क्षेत्री भन्नुहुन्छ–“जनगायक जीवन शर्मा सहितका राष्ट्रिय कलाकारहरु सांगीतिक प्रस्तुतिका लागि जापान आउन लागेको खबरले निकै हर्षित छौं–जापानमा रोजगाररत हामी प्रवासी नेपालीहरु ।” यस्तै नेपालमा स्याङ्जा दिमिक घर भई हाल जापानको टोकियोमा कार्यरत रहेका धु्रव ज्ञवाली र दाङ घर भई हाल जापानमै अध्ययनरत रहेकी ममता खनाल पनि प्रफुल्लित छन्–नेपालबाट जनगायक शर्मा सहितका राष्ट्रिय कलाकारहरु जापान आउने खबरले । क्षेत्री, ज्ञवाली र खनाल त प्रतिनिधि पात्र मात्र हुन, नयां वर्ष सांगीतिक धमाका –२०१७ को खबरले जापानमा रोजगाररत रहेका हरेक प्रवासी नेपालीहरुलाई यसरी नै हर्षित तुल्याएको हुनुपर्छ ।

यता जापान नेपाली एकता समाजले “नयां वर्ष सांगीतिक धमाका–२०१७” को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

“कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।” जापान नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष भिम के.सी.ले भन्नुभयो–“बाढी पहिरो र डुवानबाट पीडित तथा विपन्न वर्गका बालबालिकाहरुको ‘शैक्षिक अभियानको सहयोगार्थ हामी यो कार्यक्रम गर्दैछौं । हामी बैठक बसेर कार्यक्रमका व्यवस्थापकीय पाटोको सबै जिम्मेवारी बांडफांड गरिसकेका छौं । हल बुकदेखि व्यानर व्याच र कार्डहरु पनि बनाइसकिएको छ ।”

कार्यक्रम ऐतिहासिक र भव्य हुनेमा ढुक्क देखिनुहुन्छ जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटा । “कार्यक्रमको खबरले जापानमा रहेका प्रवासी नेपालीहरुमा निकै उत्साह छाएको हामीले पाएका छौं ।” उहा“ भन्नुहुन्छ–“कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न हुनेमा हामी निकै आशावादी छौं ।” जापान जस्तो ठाउंमा नेपालबाट कलाबार झिकाएर कार्यक्रम गर्नु निकै महंगो हुने भए पनि जापानमा रोजगाररत रहेका प्रवासी नेपालीहरुलाई खुशी दिनका लागि आफूहरुले यो कार्यक्रम आयोजना गरेको बताउनुहुन्छ जापान नेपाली एकता समाज टोकियो क्षेत्रीय समितिका अध्यक्ष विष्णु के.सी. । उहां भन्नुहुन्छ–“यसरी कार्यक्रम गर्न त्यति सजिलो त छैन, निकै महंगो पर्छ । अहिलेसम्म हामीलाई राम्रै सहयोग प्राप्त भैरहेको छ यसरी नै सबैको साथ र सहयोगबाट कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेमा हामी आशावादी छौं ।

नेपालबाट आउने राष्ट्रिय कलाकारहरुको स्वागतका लागि आफूहरु व्यग्र प्रतिक्षारत रहेको बताउनु हुन्छ जापान नेपाली एकता समाजका सचिव तुफान के.सी. । “हामीले मात्र रमाइलोका लागि यो कार्यक्रमको आयोजना गरेका होइनौं ।” सचिव के.सी. भन्नुहुन्छ–“नयां वर्षको अवसरमा स्वच्छ मनोरञ्जनका साथै जापानमा रोजगाररत रहेका प्रवासी नेपालीहरुलाई नेपालको कहालीलाग्दो अवस्थाको यथार्थता जानकारी गराउंदै उनहिरुमा सचेतना बढाउनका लागि हामीले यो कार्यक्रमको आयोजना गरेका हौं ।

अरु सबै तयारी पूरा भएको छ अब हामी मात्र प्रतिक्षारत छौं– नेपालबाट आउने जनगायक जीवन शर्मा सहितका राष्ट्रिय कलाकारहरुको स्वागतका लागि ।” नेपालबाट आउन लागेका कलाकारहरुले पनि कार्यक्रम अविस्मरणीय बन्नेमा आफू आशावादी रहेको बताएका छन् । “प्रगतिशील सांस्कृतिक आन्दोलनका शीर्ष हस्ती जनगायक जीवन शर्मा, राष्ट्रिय लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त कलाकारहरु विष्णु खत्री र मुना थापामगर, उहांहरुको प्रस्तुति रहने कार्यक्रम निश्चय नै एउटा अविश्मरणीय कार्यक्रम बन्ने छ ।”

नेपालबाट कार्यक्रमका लागि जापान आउन लाग्नु भएका रक्तिमका सल्लाहकार तथा प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा भन्नुहुन्छ “कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न हामीबाट गर्नुपर्ने सबै तयारी हामीले पूरा गरेका छौं । नयां वर्ष सांगीतिक धमाका–२०१७ को उक्त कार्यक्रम एउटा ऐतिहासिक र अविस्मरणीय कार्यक्रम हुनेमा हामी विस्वत छौं ।”

वि.सं.२०७३ पुस ११ सोमवार १२:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...