back

रिर्पोट नआउँदै घर पठाइएका ५८ जनामा कोरोना संक्रमण देखिएपछि पालिकाभरी नै सन्त्रास

वि.सं.२०७७ असार ५ शुक्रवार

312 

shares
NTC AD
Global IME AD

५ असार, डडेल्धुरा । कोरोना परीक्षणको रिर्पोट नआउँदै घर पठाईएका ५८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
डडेल्धुरा गन्यपधुरा गाउँपालिकाले क्वारेन्टिनबाट घर पठाएकामध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

गाउँपालिकाले कोरोना परीक्षणका लागि क्वारेन्टिनमा रहेका व्यक्तिको स्वाव संकलन गरी एक साता अघि घर पठाएको थियो । कोरोना परीक्षणको रिर्पोट नआउँदै घर पठाइएका सोहि गाउँपालिकाका ५८ जनाको रिर्पोट विहिबार पोजेटिभ आएपछि गाउँपालिकाभरी नै सन्त्रास फैलिएको शुक्रबारको राजधानी दैनिकमा समाचार छ ।

क्वारेन्टिनमा राखिएको १४ दिनसम्म कसैमा पनि कोरोनाको लक्षण नदेखिएको र स्वाब परीक्षणको रिर्पोट ढिला भएकाले क्वारेन्टिनबाट घर पठाइएको गन्यापधुरा स्वास्थ्य शाखा प्रमुख वाशुदेव न्यौपानेले बताएका छन् । उनले भने, ‘रिर्पोट आउन ढिला भयो कुनै व्यक्तिमा पनि लक्षण देखिएको थिएन त्यसैले हामीले घर पठाएका हौ ।’
डडेल्धुरामा बिहिबार मात्रै ८३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

 

वि.सं.२०७७ असार ५ शुक्रवार ०९:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

गोदावरी (कैलाली) । बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

पर्यटकको रोजाइमा कोटदरबार

पर्यटकको रोजाइमा कोटदरबार

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको...