Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथाः ढाट व्यापारी

अरुण नदी खत्री,सामाखुसी, काठमाडौ
२ महिना पहिले
लघुकथाः ढाट व्यापारी

कपुरधाराको तरकारी बजारमा एकजना व्यापारीले खर्पनमा बन्दा बेच्न राखेको थियो । बन्दा बेच्ने व्यापारीले मलाई देख्ने बित्तिकै दुईटा बन्दा झिकेर एउटा प्लाष्टिकको थैलीमा राखेर ‘बन्दा लैजाने होइन ?’ भन्यो । ‘कति रुपैँया लिनुहुन्छ नि यी दुईटा बन्दाको ?’ मैले भने । ‘अरुलाई भए एकसय तिस रुपैँया तपाई सधैँ मकहाँ किन्न आइरहनेलाई एक सय दश रुपैँया मात्रै’ व्यापारीले भने । ‘यी दुईटा बन्दा कति केजीको छ नि ?’ मैले सोधे । ‘तीन केजी घटीको छैन’ व्यापारीले भने । व्यापारीले तीन केजी घटीको छैन भनेपछि मैले दुईटा बन्दाको एक सय दश रुपैँया व्यापारीलाई दिएर घरतर्फ लागे । घरतर्फ लाग्दै गर्दा एउटा फलफूल बेच्ने पसलमा दुईटा बन्दा कति केजीको रहेछ भन्दै जोख्न पुगे । दुईटा बन्दा जम्मा दुई केजीको मात्र रहेछ । बन्दा बेच्ने व्यापारीले मलाई तीन केजी भन्दा घटीको छैन भनेर ढाट्यो मैले मनमनै भने ।

अर्को दिन त्यो व्यापारीले काउली र गाजर बेच्न बसेको थियो । मलाई देख्नेबित्तिकै ‘आज काउली लैजाने होइन ?’ भन्यो । ‘तपाईसँग मैले अस्तीको दिन दुईटा बन्दा किनेर लैजादा तपाईले यी दुईटा बन्दा तीन केजी घटीको छैन भनेर ढाट्नु भयो नि तपाईसँंग लगेको बन्दा जम्मा दुई केजी असी ग्रामको मात्र रहेछ नि अबदेखि तरकारी किन्न मलाई मनै लागेन तपाईले मलाई जस्तै अरुलाई नि त्यसरी ढाटेर तरकारी बेच्ने गर्नु भयो भने तपाईसंग कसैले पनि तरकारी किन्दैनन् नि’ मैले भने । मान्छेले भनेको सुनेको थिएँ मैले लोभले लाभ लाभले विलाप हुन्छ भनेर । तर आज मैले बिस रुपैँयाको लोभले गर्दा उल्टो तीस रुपैँयाको नोक्शान व्यहोर्नु प¥यो ।

मोबाइल नम्बर ९८४१७९७६६४

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…