Sansar News- Nepal's Fast Khabar Online News Portal

सिपिएलको ड्राफ्ट आज, सन्दिप लामिछानेको मुल्य १ करोड भन्दा बढि

संसार न्यूज़
३ हप्ता पहिले
सिपिएलको ड्राफ्ट आज, सन्दिप लामिछानेको मुल्य १ करोड भन्दा बढि

१० असार, काठमाडौँ । इएसपिएनक्रिकइन्फो क्यारेबियन प्रिमियर लिग (सिपिएल) को ड्राफ्ट आज हुने छ । कोरोना भाइरसको महामारीको कारणले गर्दा यस वर्षको ड्राफ्ट भर्चुअल ड्राफ्ट हुनेछ । यस भर्चुअल ड्राफ्टमा विभिन्न देशका ५ सय ३७ खेलाडीहरुले भाग लिने छन ।

केही खेलाडीहरुलाई भने विभिन्न टिमले ड्राफ्ट हुनुभन्दा अगाडीनैँ आफ्नो टिममा समावेश गरिसकेका छन । जस्तै अष्ट्रेलियाका खेलाडी क्रिस लिनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्स, अफगानिस्तानका राशिद खानलाई बार्बाडोस ट्राइडेन्ट्स, अफगानिस्तानका अर्का खेलाडी काइस अहमदलाई गुयाना एमेजन वारियर्स र दक्षिण अफ्रिकाका राइली रुसोलाई सेन्ट लुसिया जुक्सले अनुबन्ध गरिसकेको छ ।

भारतबाट प्रविन ताम्बे र असद पठानले आफ्नो नाम यस ड्राफ्टका लागि पठाएका छन ।

यस ड्राफ्ट सबै भन्दा बढि मुल्य पाकिस्तानका पुर्व क्रिकेटर शाहिद अफ्रिदीको रहेको छ । उनेको मुल्य १ लाख ६० हजार अमेरिकी डलर ( करिब १ करोड ९३ लाख १ हजार ९ सय २०) तोकिएको छ ।

नेपाली लेग स्पिनर सन्दिप लामिछानेको मुल्य ९० हजार अमेरिकी डलर (करिब १ करोड ८ लाख ५७ हजार ३ सय ३०) तोकिएको छ ।

सन्दिप लामिछानेले २०१९ को सिपिएलमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले २०१९ को सिजनमा बार्बाडोस ट्राइडेन्ट्सबाट ६ खेल खैल्दैँ ८ विकेट लिएका थिए ।

यस वर्षको सिपिएल भने अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने भनिएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…