back

बिहे रोकिएपछि यी बेहुलीले गुहारिन् प्रधानमन्त्री

वि.सं.२०७७ असार १० बुधवार

180 

shares
NTC AD
Global IME AD

१० असार, काठमान्डौं । कोरोना महामारीका कारण संसारले आर्थिक, सामाजिक लगायतका विभिन्न क्षेत्रमा ठूलो समस्या भोग्नु परेको छ । कोरोना महामारी रोक्ने अचुकऔषधि अहिलेसम्म कसैले पनि पत्ता लगाउन नसकेको अवस्थामा संसारका प्राय सबै देशले लकडाउनलाई नै अति उत्तम औषधिको रुपमा प्रयोग गरे\गरेका छन् ।

यहि लकडाउनका कारण धेरैले आफ्ना आफन्तको मृत्यु संस्कार तथा विवाह संस्कारमा भाग लिन नपाएका मात्र होइनन् विहेको कुरा छिनेर समय तोकिएको अवस्थामा धेरैको विवाह समेत रोकिएको छ । कोरोना महामारीले आक्रान्त बनेर भर्खर बौरिन थालेको इटालीका युवायुवतीले यो वर्ष बिहे नगर्ने निर्णय समेत गरेको समाचार आइरहेका छन् ।

त्यस्तै लकडाउनकै कारण रोकिएको एक विवाहले भने यतिबेला चर्चा पाइरहेको छ ।  विवाहको कुरा छिनीसकिएको र टिकाटालो समेत भइसकेको अवस्थामा लकडाउनका कारण यहि मार्चमा हुने भनिएको आफ्नो विवाह रोकिएको भन्दै पाकिस्तानकी एक युवतीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुहारेकी छन् ।

पाकिस्तानकी ३५ वर्षीया सुमायला नामकी ती युवतीको २०१८ मा भारत जालन्धरका कमल कल्याणसँग उनको टिकाटालो भएको थियो । तर, कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउन र सोहि कारणले उनको विवाह रोकिएपछि संचारमाध्यममार्फत् उनले भारतीय प्रधानमन्त्री मोदीलाई गुहारेकी हुन् । उनले आफ्नो विवाह रोकिएको बताउँदै छिट्टै भिसाको व्यवस्था गरिदिन आग्रह समेत गरेकी छन् ।

पाकिस्तानको युहानावाद लाहौरकी ती युवतीले प्रधानमन्त्रीलाई फोन गरेर भिसा स्पोन्सरसिपको लागि कमलले सबै डकुमेन्ट तयार गरेर राखेको तर लकडाउनका कारण उक्त डकुमेन्ट पाकिस्तान पठाउन नपाएको दुखेसो गरेकी छन् ।

‘मेरो भारत सरकारसँग विन्ती छ कि, दुवै देशले विवाहका सम्बन्धमा छिट्टै भिसा जारी गर्न र सीमामा आवत जावतका लागि खुला गर्न जरुरी छ ।’ सुमायलले आफू जालन्धर आउन पाएमा बिबाह हुने र उनको विवाह बैद्यानिक रुपमा दर्ता गर्न पाउने समेत बताएकी छन् ।

अहिलेसम्म नभेटेका कमल र सुमायलले फोनबाट मात्रै कुरा गरेका छन् । दुवैतर्फका परिवारको सहमतिपछि २६ जनवरी २०१८ मा भिडियो कलमार्फत उनीहरुको टिकाटालो भएको थियो । एजेन्सी

वि.सं.२०७७ असार १० बुधवार १४:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...