back

‘एक हातमा कुटो र अर्को हातमा बिरुवा’ भन्दै फलेवासले बाड्यो ६ं० हजार विरुवा

वि.सं.२०७७ असार १२ शुक्रवार

138 

shares
NTC AD
Global IME AD

१२ असार, पर्वत । पर्वतको फलेवास नगरपालिकाले कृषकलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्नका लागि खाडल अनुदानसहित बिरुवा वितरण गर्न थालेको छ ।

बिरुवा मात्र अनुदानमा दिँदा कृषकको ‘एक हातमा कुटो र अर्को हातमा बिरुवा’ हुने तर तरिकाले बिरुवा नरोप्ने समस्या बढेपछि खाडल खन्नका लागिसमेत आर्थिक सहयोग गर्ने भएको हो । चालु आर्थिक वर्षमा खाडल अनुदानसहित फलफूल बिरुवा अनुदानमा उपलब्ध गराएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए ।

नगरपालिकाले गत मङ्सिरमा कृषकलाई सूचना जारी गरी आवश्यक बिरुवाको माग सङ्कलन गरी वैशाखसम्ममा खाडल खनिसक्नुपर्ने सूचना जारी गरेको थियो । उक्त खाडलको अनुगमन सामाजिक अभियान्ता, जनप्रतिनिधि र प्राविधिकसहितको टोलीले वैशाख २१ गतेबाट ३० गतेसम्म गरेको थियो । उक्त खाडलको अनुगमनको आधारमा नगरपालिकाले आँप, लिची, सुन्तला र कागतीका बिरुवा अनुदानमा कृषकलाई उपलब्ध गराएको छ ।

नगरपालिकाले दुई हजार आँप, दुई हजार लिची, १५ हजार कागती र ४० हजार सुन्तला वितरण गरेको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए । त्यसैगरी नगरका पाखो बारीमा फलफूल रोपी नगरलाई फलफूलमा आत्मनिर्भर बनाई कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले समग्र नगरपालिकालाई समृद्धितर्फ अगाडि बढाउने नीति लिएको नगरप्रमुख शर्माले बताए ।

करिब रु २० लाखको लागतमा सञ्चालन गरिएको यस कार्यक्रममा खाडल अनुदान सुन्तला कागतीको रु १५ लिची को रु २५ र आँपको रु ३० रहेको छ । त्यसैगरी कृषकले कागती ४-५ मिटर, सुन्तला ५-६ मिटर र आँप लिची ८–१० मिटरको दूरीको फरकमा सुन्तला कागतीको लागि २ दशमलव ८२ फिटको खाडल र आँप लिचीको लागि ३ दशमलव ८३ फिटको खाडल खनेपछि मात्र खाडल अनुदान पाउने छन् । आँप अम्रपाली, लिची सिडलेस, कागती सुनकागती–१ र सुन्तला स्थानप्य जातका बिरुवा वितरण गरिएको नगरपालिका कृषि अधिकृत सुवेदीले जानकारी दिए ।

कृषिमार्फत समृद्धि हासिल गर्नका लागि नगरले प्रत्यक्षरुपमा कृषकलाई लाभ पुग्ने खालका कार्यक्रम अघि सारेको छ । नगरले आगामी आर्थिक वर्षका लागि पनि ‘एक घर, एक बगैँचा’ र ‘क्लिन फलेवास ग्रिन फलेवास’लगायत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिए । रासस

वि.सं.२०७७ असार १२ शुक्रवार ०८:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...