Sansar News- Nepal's Fast Khabar Online News Portal

नेकपाको प्रभावकारीताका लागि खनालका ७ उपाय

संसार न्यूज़
२ हप्ता पहिले
नेकपाको प्रभावकारीताका लागि खनालका ७ उपाय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रभावकारीताका लागि भन्दै नेकपा केन्द्रिय सदस्य प्रेमलकुमार खनालले ७ उपाय सार्वजनिक गरेका छन् ।

चालू स्थायी समिति बैठकमा छलफल हुन सकोस् भन्ने आशयका साथ उनले भनेका छन् :
१) राष्ट्रिय हित, सुरक्षा, असंलग्नता, अन्तर्राष्ट्रिय भाइचारा प्रति दृढतापूर्वक उभिदै साम्राज्यवादी एवम् पुंजीवादीहरुको नेपाललगायत तेस्रो विश्वका मुलुकहरु माथि गर्ने सबै खाले हस्तक्षेप र नवउपनिबेश बनाउने गतिविधिको विरोध र भण्डाफोर, ःऋऋ जस्तो राष्ट्रियहित र सुरक्षामा आँचपुग्ने खालको शर्त सहितका ऋण अनुदानको अस्वीकारोक्ती र बिदेशी सहयोग अनुदान लिने राष्ट्रिय नीतिको तर्जुमा र तदनुरुप सरकारलाई निर्देश गर्ने नीति बनाउने निर्णय गनुपर्दछ ।

२) राष्ट्रियतालाई आँच पुग्ने नागरिकता सम्बन्धि संबैधानिक एवम् कानुनी व्यवस्थाको पुनरावलोकन गरि कठोर खालको नागरिकता वितरण नीतिको पुनरावलोकन, संबिधानको धारा ५१ (ड) बमोजिम असमान खालका गोरखा भर्ती केन्द्र, जलश्रोत, सुरक्षा र व्यापार पारबहन सम्बन्धि अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पुनरावलोकनसहित पारस्परिक लाभ र समानताका आधारमा सन्धि सम्झौता गर्न सरकारलाई नीतिगत निर्देश, सीमा लगायत नेपाल भारत बिचको सम्बन्धलाई व्यवस्थित गर्न शीघ्र वार्ता आरम्भका लागि पहल गर्न सरकारलाई निर्देश गर्दै ‘ट्रयाक टु’ को वार्ताका लागि पार्टीबाट पहलकदमी हुनुपर्दछ ।

३) सरकारले गरेका हरेक कामको पार्टीले अपनत्व लिने र जबाफदेही बन्नु पर्दछ । तसर्थ सरकारले गर्ने नीतिगत निर्णय, सबैखाले नियुक्तिहरुको पार्टीको संस्थागत निर्णयबाट मात्रै हुने परिपाटीको बिकास, नियुक्ति र जिम्मेवारीमा अवसरहरुको बैज्ञानिक बितरण पद्धति, राजकीय निकायमा नियुक्त सबैले पार्टीको सम्बन्धित निकायमा नियमित रिपोर्टिङ गर्ने र पार्टीप्रति जबाफदेही हुनेछ । परिपाटीको थालनी, सरकारका कामको अनुगमन, मुल्यांकन गर्न तीनवटै तहमा उच्चस्तरीय संयन्त्र निर्माण, संयन्त्रमा नियमित रिपोर्टिङ, नियमित पार्टीको कमिटीहरुको बैठक, बैठकमा सरकारका कामको रिपोर्टिङ, समीक्षा र सुधारात्मक कामका लागि निर्देश गर्ने परिपाटी बारे ठोस निर्णय लिइनु पर्दछ ।

४) पार्टी भित्र बैज्ञानिक मुल्यांकन पद्धति स्थापित गर्न, सम्पादन गर्नु पर्ने काम सहित ब्यक्तिहरुलाई जिम्मेवारी दिने, उत्कृष्ट काम गर्नेको मुल्यांकन गरि जिम्मेवारी प्रदान गर्ने परिपाटीको थालनी गर्ने निर्णय गरीनु पर्दछ ।

५) पार्टी भित्र समूहबन्दी तथा गुटगत गतिविधि नियन्त्रण गर्न पार्टी भित्र संस्थागत ढंगले निर्णय गर्ने प्रणालीको दृढतापुर्वक अवलम्बन, सबै तहमा नियमित बैठकको आयोजना गरि आलोचना आत्मआलोचना गर्ने र सुधारात्मक पद्धतिको विकाश गर्ने कुरा मुर्त रुपमा आउनु पर्दछ ।

६) कोभिड १९ मा सुरक्षाका मापदण्डको कडाइका साथ पालना गर्दै पार्टी एकता र एकिकरणको कामलाई युद्धस्तरमा टुंगोमा पुर्याई सदस्यता नवीकरण, सदस्यता बितरण, टोल वस्ती सम्म पार्टी संगठन निर्माण, पार्टीको कार्यनीतिक कार्यदिशाका बारेमा तथा सरकारका कामको बारेमा सघन ढंगले प्रशिक्षण प्रदान गरि जनस्तरसम्म व्यापक प्रचार गर्ने कार्यक्रम आउनु पर्दछ ।

७) देशभरका कार्यकर्ता स्वयंसेवकको रुपमा परिचालन गरेर कोरोना भाईरसको संक्रमण फैलन नदिन व्यापक मात्रामा सचेतनता अभियान संचालन, राहत, उद्दार, उत्पादन, रोजगारीमा सहयोग पुर्याउन पार्टीपंक्ति परिचालन गर्न ठोस निर्णय जरुरी छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…