back

आगामी आ.ब.को लागि तनहुँमा स्थानीय तहको बजेट करीब सात अर्ब

वि.सं.२०७७ असार १२ शुक्रवार

147 

shares
NTC AD
Global IME AD

१२ असार, काठमाडौं । तनहुँ जिल्लामा रहेका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब रु सात अर्बको बजेट सार्वजनिक गरेका छन् । उनीहरुले रु छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० को अनुमानित बजेट सार्वजनिक गरेका हुन् । तनहुमा हाल चार नगरपालिका र छ गाउँपालिका रहेका छन ।

तिनिहरु मध्ये व्यास नगरपालिकाले रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब सात करोड सात लाख ३७ हजार, भानु नगरपालिकाले रु ७८ करोड ९१ लाख १२ हजार, भिमाद नगरपालिकाले रु ५६ करोड ५३ लाख सात हजार, ऋषिङ गाउँपालिकाले रु ५९ करोड ९७ लाख २० हजार दुई सय ४०, बन्दीपुर गाउँपालिकाले रु ५८ करोड ३२ लाख ७१ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ५७ करोड ३९ लाख सात हजार, म्याग्दे गाउँपालिकाले रु ४७ करोड ४२ लाख २४ हजार, देवघाट गाउँपालिकाले रु ४० करोड ७५ लाख ५८ हजार र घिरिङ गाउँपालिकाले रु ३३ करोड १७ लाखको बजेट सार्वजनिक गरेको हो ।

शुक्लागण्डकी नगरपालिकाले बाँझो जमीनलाई उत्पादनमूलक बनाउने नीति लिएको छ । नगर क्षेत्रभित्र बाँझो रहेका जमीनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिइन्।

नगरपालिकाको आफ्नै भूउपयोग नीति बनाइने र कृषिको व्यावसायिकीकरण र विविधीकरणमा जोड दिने योजना बनाइएको जानकारी दिईन्। “वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार युवालाई उनीहरुको सीप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ”, उनले भनिन्।

विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र एक वडाः एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रभित्र बाँझो रहेका जग्गाको पहिचान गरी कृषकलाई त्यस्ता जग्गामा खेती गर्न प्रोत्साहित गरिने र पर्याप्त बजेटको व्यवस्था गरिने उनले जानकारी दिईन ।

जिल्लाका स्थानीय तहले कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।

वि.सं.२०७७ असार १२ शुक्रवार १२:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...