Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथाः दाल गल्दैन

धनराज गिरी, चितवन
२ महिना पहिले
लघुकथाः दाल गल्दैन

‘तिम्रो उमेर कति ?’

‘चौबीस बर्ष’

‘पढाइ ?’

‘एम ए अन्तिम बर्ष’

‘घर ?’

‘पहाड,पर्वत’

फेसबुकमा साथी बनेकै दिन रघुवीर वस्तीसित यी बालिका खुलेर कुरा गरिन् । वस्ती पनि ‘टाइम पास’ को मूडमा एकछिन आफूलाई बिर्सिन पुग्यो । मेसेज बक्स ‘कोक्शास्त्र’ जस्तो भयो । ‘नानी’ पानी पानी । पग्लिएर वास्तीकी दीवानी । यसरी छिट्टै तात्नेहरू कस्ता हुन्छन्…वस्तीलाई कण्ठ ।

‘नानी, हुन त यो तिम्रो उमेर नै त्यस्तै हो । तिर्खा लाग्छ, मन चंचल हुन्छ, भन्न मिल्दैन । बिहे गर्न पनि जोखिम, यस्तै–यस्तै पाको पुरुषलाई जालमा पार्ने कोशिश गर्यो…आए आँप गए झटारो, तिम्रो यो तरिका अल्पकालको लागि ठीक छ । मोज हुन्छ, मालवाला भए गर्जो टर्छ । आखिर दुनियाँ एउटा बजार हो । सबैले गर्ने ‘विनिमय’ हो । गला हुनेले गला बेच्छ, कला हुनेले कला बेच्छ, ज्ञान हुनेले ज्ञान बेच्छ र ‘ज्यान’ हुनेले ज्यान बेच्छ । यो, व्यक्तिको नितान्त निजी मामिला हो । पुरुष पनि ‘दिब्याश्त्र’ बलियो भएमा यो ‘रङ्गीन’ खेलमा लागेका हुन्छन्…कसैले कसैलाई रोक्न सक्दैन । तर…तर …नानी, जिन्दगी धेरै लामो छ, भोलि कहाँ पुग्ने ? जवानी र रुप प्रतिपक्ष भएपछि कुन बैशाखीको सहारा लिने ? म त ‘गफानन्द’ सरस्वती हुँ । मेरो पुरुष मनमा पनि आगो लाग्छ । तर, म आफ्नै आँगनको पोखरीमा नुहाएर आगो शान्त पार्छु । अर्को कुरा, म बाहेक अरू पनि होलान् तिम्रा पुरुष मित्र ?’

‘छन् सर, मोज गर्ने बानी पर्यो । यसरी सम्झाउने कोही भएन । गर्जो पनि टर्र्यो । राजधानीको बास, गरिब अभिभावक, यो बजार भाउ, बाँच्ने आधार अरू पाइएन सर, हामी कहिले भेट्ने ?’
‘नो भेट, सम्भाल आफूलाई…थाहा छ मलाई नानी जस्ती युवतीहरूको ‘गन्तब्य’ हामी जस्तै ‘पाको’ पुरुष हो…सुरक्षा, लाभ अनेक कारण…तर नानु …’ च्याट अफ नानी ।
…भोलिपल्ट हेर्यो मेसेज बक्स…त्यो आइ डी खुलेन । ‘दाल गल्दैन’ भनेर नानीले त्यही गरिन् जे गर्नुपथ्र्यो । यही प्रकृतिका एक ‘कोरी’ गोरीहरू आए वस्तीको जीवनमा…तर दाल साँच्ची नै गलेन ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ४ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…