१
प्रत्येक बिहानिले
आशा लिएर आउँछ
अनुभव दिएर जान्छ ।
२
प्रदेशी भयो छोरा
पीडा सम्झी प्रसबको
सम्झेर रुदै होलिन् आमा ।
३
कोपिलामै तोडियो
कस्तो थियो स्वाद उस्को ?
चाख्न नपाई सकिएछ ।
४
अथाह सम्भावना
आफ्नै देशको माटोमा
बिदेशी भुमिको साटोमा ।
५
जन्म लियौं धर्तीमा
सपना ठूलो के देख्नु
बिलिन हुने यै माटोमा ।
कालिगन्डकी ५, स्याङ्जा
वि.सं.२०७७ असार १३ शनिवार ०९:०२ मा प्रकाशित