Sansar News- Online for Global Nepali

गजल

कान्छा प्रसाद तिवारी
१ वर्ष पहिले

मात्तिन थाल्छ पूरै शहर दिन ढलेपछि
पठाउँछ जूनले खबर दिन ढलेपछि ।

पागल मनलाई पिउने चाह बढ्न सक्छ
नचलाउनु लाली अधर दिन ढलेपछि ।

सबै साथी रमझम तिरै रमाएको देख्दा
किन आउँछ त्यस्तै रहर दिन ढलेपछि ।

युगौ देखि देखिरहेको छु एउटै सपना
सुनाउँला त्यसको असर दिन ढलेपछि ।

जसलाई भूल्ने प्रयासमा दिन बित्ने गर्छ
भिजाउँछ उसले नजर दिन ढलेपछि ।।

 शंखरापूर नगरपालिका ४ ,फेदी–काठमाडौ

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती २ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? २ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…