Sansar News- Nepal's Fast Khabar Online News Portal

कविताः वर्षा

पौडेल विमुन्स, पोखरा
२ हप्ता पहिले
कविताः वर्षा

वर्षा आयो विगत दिनको याद ताजा गरायो
सारा वर्षा तन र मनमा प्यास जागा गरायो
वर्षौ बाँचे अनुभव हरू मात्र प्यारो छ साथी
मान्छे भन्ने परपर गए मात्र वर्षात बाँकी !१!

वर्षाले नै मिलन मधुरो आज सम्मन् रचायो
वर्षा छाड्यो नयन बिचमा मेघ आफै हरायो
टाढाटाढा क्षितिज विचमा मन्द पानी परेर
मेरो यात्रा विचविच टुट्यो भेलमा नेत्र हेर !२ !

वर्षा प्यारो अनुभव थियो नेत्रमा स्वप्न जस्तै
भाग्यो टाढा अबत भयमा प्रेम पासो छ फस्दै
बाचेको हो झरझर झरी भित्र माया डुबेर
बाढी पैरो अब नयनमा मात्र बाँकी छ हेर !३ !

वर्षा को त्यो क्षण पनि सबै मेट्न चाहन्छु आज
पानाको झैँ धर धर गरी च्यात्न चाहन्छु आज
नीलो नीलो नभ जल कुनै याद ताजा नगर्नु
बिर्सेको त्यो अनुपम घडी नेत्र मा छैन भर्नु !४!

यो आँखामा अविरल झरी बग्दछन् नित्य हेर
रुन्चे सारै गगन किन हो याद ताजा गरेर
वर्षा आए पनि अब त्यहाँ भिज्न चाहन्न साथी
आँखामा नै अविरल झरी सक्छ को थुन्न साथी !५!

त्यो बालामा लहलह गरी प्राण भर्ने छ वर्षा
कान्ला बारी दह्दह बनी पोष भर्ने छ वर्षा
वर्षाको नै मधुर पनमा प्रेम को पाठ जानें
वर्षाले नै नयन रसमा दुस्खको भार धानें !६!

छन्दः मन्दाक्रान्ता

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…