back

सुशान्त सिंह मृत्यु प्रकरण, फ्यान्सको निशानामा देखिए सलमान खान

वि.सं.२०७७ असार १४ आइतवार

135 

shares
NTC AD
Global IME AD

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा सलमान खान फ्यानको निशानामा परेका छन् । घटनालाई जोडेर सामाजिक सञ्जालमा अभिनेता सलमान खानको निकै विरोध हुन थालेको छ । पछिल्ला केहि दिन सलमान खानविरुद्व सामाजिक सञ्जालमा निकै आक्रामक टिप्पणीहरु आउन थालेका छन् ।

हालै सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत जिम गरेको एउटा फोटो शेयर गरेका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यहि फोटोलाई शेयर गर्दै निकै गाली गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त फोटो शेयर गर्दै ‘अरुको जिन्दगी लिनेलाई कसरी चैन्यको निद आउन सक्छ ?’समेत भनि टिप्पणी गरेका छन् ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहको मृत्युमा सलमानको हात रहेकोसमेत आरोप लगाएका छन् । खानमाथि बलिउडमा एकाधिकार गरेको र नयाँ फिल्मकर्मीलाई मर्नसमेत बाध्य पारेको आरोप छ ।

सुशान्त सिंह मृत्युपश्चात सिंहका फ्यान सलमान खानप्रति आक्रोशित छन् । खानसहित करण जोहर, एकता कपुरजस्ता कलाकारमाथि फ्यानले आक्रोश पोखिरहेका छन् ।

मृत्यु घटनापश्चात बिहारमा खानसहित केहि कलाकारविरुद्व मुद्दा पनि दायर भएको छ ।

कोरोना महामारीको कारण खान आफ्नो फार्म हाउसमा छन् । उनले घटनाप्रति आफुँलाई निकै दुःख लागेको तर आफ्नो कुनै जिम्मेवारी नरहेको बताउने गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रयोगकर्तालाई सम्हालिन अपिल गरिरहेका छन् ।

वि.सं.२०७७ असार १४ आइतवार १५:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...