Sansar News- Nepal's Fast Khabar Online News Portal

आफुँलाई भारत र नेकपाकै नेताहरु मिलेर हटाउन खोजियो भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति युक्तिसंगत ?

संसार न्यूज़
२ हप्ता पहिले
आफुँलाई भारत र नेकपाकै नेताहरु मिलेर हटाउन खोजियो भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति युक्तिसंगत ?

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नक्सा विवादबारे आइतबार दिएको अभिव्यक्ति ले निकै ठूलो तरंग ल्याएको छ । उनको अभिव्यक्तिले नेपाल–भारतसम्बन्धमा थप संवेदनशीलतासमेत थपिदिएको देखिन्छ । ओलीको सम्बोधनसँगै नेपाल–भारत सीमा विवाद थप गिजोलिने देखिएको धेरैको विश्लेषण छ ।

आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा उनले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टी नेकपाका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।

नेपालमै पनि पहिले केपी ओलीलाई नहटाई हुँदैन भन्ने बहस चलेको छ । संविधान संशोधन र नक्सा जारी गरेर अपराध गर्ने केपी ओलीलाई नहटाई हुँदैन भनिरहेका छन् । बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई, दिल्लीका सञ्चार माध्यम सुन्नुस्, त्यसैले संकेत गर्छ कि कहाँकहाँ के–के भइरहेको छ । यहाँका होटलहरुमा भएका गतिविधिहरुले पनि देखाइरहेको छ । एम्बेसीको सक्रियताले पनि देखाइरहेको छ।

नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भू–भागलाई नेपालको नक्सामा गाभ्दा छिमेकी देश भारत आफुँलाई हटाउन लागेका ओलीको आरोप छ । दुतावासमा आफुँलाई हटाउन निकै सक्रियता बढेको पनि उनले बताएका छन् ।

‘नेपालमै पनि पहिले केपी ओलीलाई नहटाई हुँदैन भन्ने बहस चलेको छ । संविधान संशोधन र नक्सा जारी गरेर अपराध गर्ने केपी ओलीलाई नहटाई हुँदैन भनिरहेका छन्’, ओलीले भनेका छन्, ‘बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई, दिल्लीका सञ्चार माध्यम सुन्नुस्, त्यसैले संकेत गर्छ कि कहाँकहाँ के–के भइरहेको छ । यहाँका होटलहरुमा भएका गतिविधिहरुले पनि देखाइरहेको छ । एम्बेसीको सक्रियताले पनि देखाइरहेको छ।’

ओलीले यसअघि चीनसँग पारवाहन सम्झौता गरेर फर्कदाँ आफ्नो सरकार ढलेको पनि बताएका थिए । उनले भनेका छन्, ‘अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ। यहाँहरुलाई सम्झना होला चीनसँग यातायात तथा पारवहन सन्धि गरेर फर्केपछि सरकार ढलेको थियो, किनभने हामीसँग बहुमत थिएन ।’

एमसीसीबाट ध्यान मोड्न नक्साको कुरा : परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ

प्रधानमन्त्री केपि शर्मा ओलीले नक्सा परिवर्तन गर्दा आफुँलाई नै हटाउन खोजियो भनि दिएको अभिव्यक्ति युक्तिसंगत नभएको परराष्ट्रविद् तथा सीमाविद् हिरण्यलाल श्रेष्ठले बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसार न्यूजसँग कुराकानी गर्दै श्रेष्ठले एमसीसीबाट ध्यान मोड्न गरिएको प्रपञ्च भनि टिप्पणी गरे । श्रेष्ठले प्रधानमन्त्री फेरेर भारतको योजना सफल हुने कुनै ठाउँ नभएको स्पष्ट पारेका छन् ।

नक्साको विषयमा सत्तारुढ नेकपा मात्रै नभई विपक्षी दलहरुबीच पनि सहमती छ, प्रधानमन्त्रीमाथि उठेको प्रश्न नक्साको कारण नभई एमसीसीको एजेण्डाबाट आएको हो, एमसीसीबाट ध्यान अन्यत्र मोड्नलाई र सबै दलको समर्थन भएको नक्सालाई प्रयाेग गरि आफुँ टिक्ने उपाय खोज्न प्रधानमन्त्रीले यस्तो प्रपञ्च रचेका हुन् । 

‘नक्साको विषयमा सत्तारुढ नेकपा मात्रै नभई विपक्षी दलहरुबीच पनि सहमती छ, प्रधानमन्त्रीमाथि उठेको प्रश्न नक्साको कारण नभई एमसीसीको एजेण्डाबाट आएको हो, एमसीसीबाट ध्यान अन्यत्र मोड्नलाई र सबै दलको समर्थन भएको नक्सालाई प्रयाेग गरि आफुँ टिक्ने उपाय खोज्न प्रधानमन्त्रीले यस्तो प्रपञ्च रचेका हुन्’ परराष्ट्र विद् श्रेष्ठले भने, ‘जुनसुकै प्रधानमन्त्री फेरिएपनि संसदले पास गरेको नक्सा भएको हुनाले समस्या हुँदैन्, यो प्रधानमन्त्री फेरिनेभन्दा माथिको कुरा हो ।’

उनले प्रधानमन्त्री फेरिँदा भारतलाई फाईदा हुने तर्क गर्नु अर्थहिन भएको टिप्पणी गरे । उनले भने, ‘नक्सा एकमतले पास गरेको विषय हुनाले कसैले परिवर्तन गर्न खोजेर अर्थ छैन् । यस्तो अवस्थामा प्रधानमन्त्री फेर्दा पनि भारतको उद्देश्य पुरा हुँदैन् । प्रधानमन्त्रीको पदसँग नक्सा सम्बन्धीत छैन् । जुनसुकै प्रधानमन्त्री आएपनि नक्सालाई लागु गर्नुपर्ने दायित्व अनिवार्य रहन्छ ।’

भारतसँग मिलेर असहयोग गरे भन्नु आपत्तिजनक छ : लिलामणी पोखरेल

प्रधानमन्त्रीको अभिव्यक्ति बारे नेकपा स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले आपत्ति जनाएका छन् । उनले नेकपाकै नेता भारतसँग मिलेर प्रधानमन्त्रीलाई हटाउन खोजे भनेर भन्नु अत्यन्तै गलत भएको बताए ।

संसार न्यूजसँग कुरा गर्दै उनले भने, ‘भारतले के गरेको छ, हामीलाई थाहा भएन । भारतले हटाउन खोजेको छ छैन् त्यो बेग्लै विषय हो । नेकपाका नेताहरु भारतसँग मिले भन्ने कुरा सर्वथा नै गलत हो । नेकपाका कोही नेता भारतसँग मिलेर आफ्नै नेतालाई सरकारबाट हटाउने खेलोमा कुरा गर्छन् भन्नु आपत्तिजनक छ । पार्टीभित्र विवाद हुने, मतभेद हुने, छलफल हुने, बहस हुने कुरा सामान्य हो । अर्को कुरा, पार्टीभित्र अहिले सरकार परिवर्तन गर्नेबारे प्रश्न उठेकै छैन् ।’

भारतले के गरेको छ, हामीलाई थाहा भएन । भारतले हटाउन खोजेको छ छैन् त्यो बेग्लै विषय हो । नेकपाका नेताहरु भारतसँग मिले भन्ने कुरा सर्वथा नै गलत हो । नेकपाका कोही नेता भारतसँग मिलेर आफ्नै नेतालाई सरकारबाट हटाउने खेलोमा कुरा गर्छन् भन्नु आपत्तिजनक छ ।

पोखरेले स्थायी समितिको बैठकमा पनि नक्साको विषयमा सरकारको निकै प्रशंसा भएको बताए । ‘स्थायी समितिको बैठकमा पनि सरकारले गरेको नक्सासम्बन्धी कामको निकै प्रशंसा भएको छ’, पोखरेलले भने, ‘नक्सा परिवर्तनमा सिंगो पार्टी, सबै दल अनि जनता लागेका थिए । कोही पनि नक्सा परिवर्तन नगर्ने पक्षमा उभिएनन् । नक्सा परिवर्तन सर्वसम्मत भएको विषय हो । यसलाई गौरव गर्ने कुराकाे रुपमा नेकपाले लिएकाे छ ।’

उनले नक्साकै कारण प्रधानमन्त्रीलाई दण्ड दिनुपर्छ भनेर कसैले भनेको भन्नु पनि गलत हुने तर्क गरे । पार्टीभित्रको बहस पनि जिम्मेवारी पाउने र एकता प्रक्रिया टुंग्याउनेमा रहेको उनले प्रष्ट पारे ।

कसैले पनि प्रधानमन्त्री ज्यूलाई नक्साकै कारण अपराध गर्यो भनेर दण्ड दिने कुरा गरेको छैन् । पार्टीभित्र उठेको बहस सरकार फेर्नेभन्दा जिम्मेवारी नपाएकाले जिम्मेवारी पाउनु पर्यो भन्नेमा छ । संगठनात्मक कामहरुको समुचित बाँडफाँडको माग छ । एकता प्रक्रिया छिटो टुंग्याउनु पर्यो भन्नेमा छ ।

उनले भने, ‘कसैले पनि प्रधानमन्त्री ज्यूलाई नक्साकै कारण अपराध गर्यो भनेर दण्ड दिने कुरा गरेको छैन् । पार्टीभित्र उठेको बहस सरकार फेर्नेभन्दा जिम्मेवारी नपाएकाले जिम्मेवारी पाउनु पर्यो भन्नेमा छ । संगठनात्मक कामहरुको समुचित बाँडफाँडको माग छ । एकता प्रक्रिया छिटो टुंग्याउनु पर्यो भन्नेमा छ ।’

सम्बन्धित समाचारहरु

एमसीसीबाट ध्यान मोड्न प्रधानमन्त्रीले नक्साको कुरा गरे : परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ

नेकपाका नेता भारतसँग मिलेर असहयोग गरे भन्नु आपत्तिजनक छ : लिलामणी पोखरेल

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…