काठमाडौं । सहकारीहरुलाई सहकारी प्रवद्र्धन कोषले कोषमा जम्मा गर्नु पर्ने रकम एक महिना भित्रमा जम्मा गरिसक्न सूचित गरेको छ । सहकारी ऐन, २०७४ को दफा ७० को उपदफा (२) मा भएको व्यवस्था बमोजिम सम्पूर्ण सहकारी संघसंस्थाहरुले सहकारी प्रवद्र्धन कोषमा कोषले तोकेको रकम अनिवार्य जम्मा गर्नेु पर्ने व्यवस्था छ ।
सोमबार कोषद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘ यो सूचना जारी भएको मितिले एक महिना भित्र तपशिलमा उल्लेख भए बमोजिमको बैंक खातामा जम्मा गरी जम्मा गरेको बैंक भौचर र सोको विवरण सहकारी प्रवद्र्धन कोषको सचिवालय, भूमि व्यवस्था, सहारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरवार काठमार्डाैंमा पठाउनु हुन सहकारी प्रवद्र्धन कोष सन्चालन समितिको निर्णय अनुसार अनुरोध गरिन्छ ।’