Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रधानमन्त्रीको अभिव्यक्तिलाई नेकपाले प्रष्ट्याउनु पर्छ : नेपाली कांग्रेस

संसार न्यूज़
२ हप्ता पहिले
प्रधानमन्त्रीको अभिव्यक्तिलाई नेकपाले प्रष्ट्याउनु पर्छ : नेपाली कांग्रेस

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको विवादास्पद अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रष्टता माग गरेको छ । कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिअनुसार सत्तारुढ नेकपासँग संसदमा बहुमत भए नभएको स्पष्ट पार्न माग गरेको हो ।

सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिबारे बोल्दै नेकपाको धारणा माग गरेका हुन् । उनले प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग बहुमत रहे नरहेको स्पष्ट पार्न माग गरेका छन् ।

भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छ । प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ? छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन ?

सामाजिक सञ्जालमार्फत कांग्रेसको धारणा राख्दै उनले भनेका छन्, ‘भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छ । प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ? छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन ?’

नक्सा सत्ता रक्षाको कवच बनाउन खोजियो

प्रवक्ता शर्माले सर्वसम्मतबाट पारित नक्सालाई प्रधानमन्त्री केपि शर्मा ओलीले सत्ता रक्षाको कवज बनाउन खोजेको आरोप लगाएका छन् । उनले पार्टीभित्रको आन्तरिक विवादका बीच नक्सालाई ल्याएर आफुँ जागोन ओलीले गलत अभ्यास गर्न खोजेको बताए ।

सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको ‘च्याप्टर क्लोज’ गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक !

शर्माले ओलीको पछिल्लो शैली राजनीतिक पनि नरहेको र कुटनीतिक पनि नरहेको टिप्पणी गरे । ‘पारित नक्सा न प्रमले दिएको ब्यक्तिगत अटोग्राफ हो,न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी !’ उनले भने, ‘सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको ‘च्याप्टर क्लोज’ गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक !’

आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टी नेकपाका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…