back

ओली सरकारको निर्णयप्रति गगन थापाको आक्रामक टिप्पणी : विनासकाले विपरित बुद्धि !

वि.सं.२०७७ असार १८ बिहीवार

183 

shares
NTC AD
Global IME AD

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने गरेको निर्णयप्रति कांग्रेस नेता गगन थापाले आक्रामक टिप्पणी गरेका छन् । उनले संसद अधिवेशनको अन्त्य सरकारको विनाश हुने बेलाको बुद्धि भएको बताएका छन् ।

सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले पार्टीभित्रको किचलोमा संसदलाई अचानोमा पारिएको उल्लेख गरेका छन् ।

‘संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य, विनासकाले विपरित वुद्धि !’, सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले भनेका छन्, ‘संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन् । पार्टीभित्रको किचलोको अचानोमा संसद !’

ओली नेतृत्वको सरकारको यो निर्णय संसदलाई छलेर अध्यादेशहरु ल्याउने दुस्प्रयास पनि हुनसक्ने थापाको भनाई छ । ‘संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्’, उनले भनेका छन् ।

सरकारले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त निर्णय कार्यान्वयनमा ल्याएकी छिन् । विभिन्न महत्वपूर्णं विधेयकहरुमाथि छलफल चलिरहेको बेला अप्रत्यासित संसद अधिवेशन अन्त्य गरिएसँगै राजनीतिक वृत्तमा सरगर्मी तातेको छ ।

वि.सं.२०७७ असार १८ बिहीवार १५:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...