back

सन्राइज बैंकद्वारा श्वेता श्री फाउंडेशनलाई सहयोग

वि.सं.२०७७ असार १९ शुक्रवार

225 

shares
NTC AD
Global IME AD

१९ असार, काठमाडौं । सन्राइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउण्डेशनलाई सहयोग गरेको छ । बैकद्वारा जारी विज्ञप्तिमा जनाए अनुसार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५ लाख रुपैंयाँ सो परोपकारी संस्थालाई सहयोग स्वरुप प्रदान गरेको हो ।

शुक्रबार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले फाउंडेशनलाई चेक हस्तान्तरण गर्दै उसले गरेको कामको प्रशंसा गरे । सो अवसरमा पौडेलले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको तथा कोभिड १९ को विश्वब्यापी माहामारी जस्तो कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए ।

उनले आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने बताए । यस्तै नायिका श्वेता खड्काले फाउण्डेशनलाई विश्वास गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता जनाईन ।

सो फाउंडेशनले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

वि.सं.२०७७ असार १९ शुक्रवार १७:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

मङ्लगबारे (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी...