back

नयाँ आधारमा एकता सुदृढ गरौँ, नयाँ पार्टीको कुरै नगरौँ

वि.सं.२०७७ असार १९ शुक्रवार

234 

shares
NTC AD
Global IME AD

लौह पुरुष गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईले व्यहोरेको अपमान तथा काँग्रेसले व्यहोरेको फुट, तत्कालिन नेकपा एमालेमा आएको विभाजन र तत्कालीन नेकपा माओवादीले व्यहोरेको फुट हामी सबैका लागि पाठ बनेकै हुन् ।

कोभिड–१९ ले संसारलाई थलाएझैँ र मानव जातीलाई गलाए झैँ नेपाली राजनीतिमा धेरै पहिले देखि हुर्के बढेको ‘दम्भकारी भाइरस’ यतिबेला जटिल संक्रमणमा देखिएको छ । त्यो भारइसको बीउ परम्परावादी नै छ । ‘मानव स्वभाव नै यस्तो हो’, भनेर त्यस प्रकारका भाइरसको सलबलाहटलाई नजर अन्दाज गरेकै कारण मुलुकले थप क्षति व्यहोर्दै आएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा आएको पछिल्लो संकटले सारा मुलुक पिरोलिएको छ । नेकपा भित्रको यो खिचलोले प्रतिपक्षी नेपाली काँग्रेस समर्थक थोरै उत्साहित भएको जस्तो देखिएपनि सिंगो नेपाली काँग्रेस, त्यसको भावि यात्रा र मुलुकलाई पनि त्यसले गम्भिर प्रभाव पु¥याउने नै छ । नेकपा भित्र जे जस्ता समस्याहरु अहिले देखापरेका छन् त्यो भन्दा कयौँ गुणा सहेर काँग्रेस गुज्रेको हो । लौह पुरुष गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईले व्यहोरेको अपमान तथा काँग्रेसले व्यहोरेको फुट, तत्कालिन नेकपा एमालेमा आएको विभाजन र तत्कालीन नेकपा माओवादीले व्यहोरेको फुट हामी सबैका लागि पाठ बनेकै हुन् ।

व्यक्तिगत शत्रु साँध्न शसस्त्र संघर्षमा पस्ने, व्यक्तिगत स्वार्थकै लागि पंचायतमा प्रवेश गर्न चाँजोपाँजो मिलाउने देखि ठेला गाढा घचेटेर अमेरिका नपुगिने जस्ता उखान अभिव्यक्त हुने घटनाक्रम यस्तै भाइरसका बिम्बहरु थिए भन्ने कुरो क्रमशः छर्लङ्ग हुँदै गैरहेको छ ।

पृष्ठभुमि
कोभिड–१९ ले संसारलाई थलाएझैँ र मानव जातीलाई गलाए झैँ नेपाली राजनीतिमा धेरै पहिले देखि हुर्के बढेको ‘दम्भकारी भाइरस’ यतिबेला जटिल संक्रमणमा देखिएको छ । त्यो भारइसको बीउ परम्परावादी नै छ । ‘मानव स्वभाव नै यस्तो हो’, भनेर त्यस प्रकारका भाइरसको सलबलाहटलाई नजर अन्दाज गरेकै कारण मुलुकले थप क्षति व्यहोर्दै आएको छ । राणा फालेर बहुदलीय व्यवस्था, बहुदल ‘कु’ गरेर पंचायत, विद्रोह मत्थर पार्न संविधान संसोधन, आन्दोलन घनिभूत पार्न झापा विद्रोह, प्रजातन्त्रको मुकुण्डो देखाउन जनमत संग्रह, प्रजातन्त्र ल्याउन गरिएको सत्याग्रह र २०४६ को ऐतिहासिक जनआन्दोलन, २०४८ मा नेपाली काँग्रेसभित्र ३६ से र ७४ को विग्रह, २०५२ पछिको जनयुद्ध, तत्कालीन नेकपा एमाले र नेपाली काँग्रेस भित्रका टुटफुट र एकताका घटनाहरु, राजा विरेन्द्रको वंशनाश, संकटकाल र शाही शासन, २०६२÷६३ को दोस्रो जनआन्दोलन र गणतन्त्र सम्मको यात्रामा आइपुग्दा ‘दम्भकारी भाइरस’ सयौँको संख्यामा सल्कदै आएको देखिन्छ ।


सकरात्मक नियतका साथ उठाइएका अन्य शान्तिपूर्ण र शसस्त्र आन्दोलनहरुमा यस्तो भाइरसले दुःख, पीडा, ठक्कर, गोता, हैरानी र परेशानी दिएकै देखिन्छ । व्यक्तिगत शत्रु साँध्न शसस्त्र संघर्षमा पस्ने, व्यक्तिगत स्वार्थकै लागि पंचायतमा प्रवेश गर्न चाँजोपाँजो मिलाउने देखि ठेला गाढा घचेटेर अमेरिका नपुगिने जस्ता उखान अभिव्यक्त हुने घटनाक्रम यस्तै भाइरसका बिम्बहरु थिए भन्ने कुरो क्रमशः छर्लङ्ग हुँदै गैरहेको छ । ऐतिहासिक शान्ति प्रक्रिया व्यवस्थापन र गणतन्त्रको घोषणासम्म आउँदा नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बोल्ड निर्णय, एमालेका तत्कालिन महासचिव माधव नेपालको सन्तुलनकारी विशिष्ट भूमिका तथा नेकपा एकता केन्द्रका महासचिव नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को भित्रि संयोजन एवम् वामदेव गौतम लगायतका नेताको पहलको कुल योगमा पछिल्लो परिवर्तन हुनसकेको हो । धरातलीय यथार्थ के हो भने यो परिवर्तन सम्भव बनाउनका लागी लाखौको सहभागीता, हजारौको बलिदानी र त्याग, बेपत्ता तथा घाइते योद्धारुको योगदान समेटिएको छ । तर त्यसलाई ध्वस्त बनाउन बाहिर धमिरा र भित्र भाइरस निकै सलबलाए पनि आन्दोलनमा रहेको रोग प्रतिरोधात्मक क्षमताको कारण नै यति परिवर्तनसम्म हुनसकेको हो ।

ब्यक्तिगत अहंकार र दंभले पार्टी बिग्रहमा नै पु¥याउन खोजेको हो भने ‘समाजवाद भन्ने, व्यक्तिवादी बन्ने र देश जनता ठग्ने’ आरोप अरु बढ्दै जानेछ र जनपक्षीय गणतन्त्रको माग गर्दै अर्को आँधिबेहरी सृजना हुन सक्नेछ । महाकालीको पुरानो घाउ र एमसीसीभित्रको अहिलेको दाउ देशव्यापी सम्प्रेषण हुनेछ । तर अहिले त्यस्तो कल्पना नगरीहालौ ।

नेपालमा हामीले धेरै प्रकारका लडाई र संघर्षबाट परिवर्तन ग¥यौँ भन्दै आएपनि मानसिकता परिवर्तन गर्न सकेनौँ । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र र गणतन्त्रसम्म आउँदा पनि ‘व्यक्तितन्त्र’ बाट मुक्त हुन सकेनौँ । व्यक्तितन्त्र वा व्यक्तिवादको नशाबाटै पसेको भाइरसले संकट र बिग्रहको सम्मुखमा छट्पटाउने स्थिति पैदा गराएको छ । चाहे काँग्रेसभित्र होस, चाहे तत्कालिन एमालेमा होस् चाहे तत्कालिन माओवादीमा होस वा अन्य पार्टीहरुमा नै किन नहोस् त्यो भाइरसले देशभरी अहंकार संक्रमित गराउँदै आएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अहिले अलिकबढी थिलथिल्याउन खोजिरहेको छ ।

नेपालमा हामीले धेरै प्रकारका लडाई र संघर्षबाट परिवर्तन ग¥यौँ भन्दै आएपनि मानसिकता परिवर्तन गर्न सकेनौँ । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र र गणतन्त्रसम्म आउँदा पनि ‘व्यक्तितन्त्र’ बाट मुक्त हुन सकेनौँ । व्यक्तितन्त्र वा व्यक्तिवादको नशाबाटै पसेको भाइरसले संकट र बिग्रहको सम्मुखमा छट्पटाउने स्थिति पैदा गराएको छ ।

पार्टी एकताको बाध्यात्मक अबस्था
२०७४ को निर्वाचनको नजिक आइपुग्दा मुलुकमा ठूला वामपन्थी दलहरुले एकताको बाटो किन रोजे ? यो परिस्थिति जगजाहेर थियो । टुक्रिँदै गएको माओवादी एक प्रकारको रक्षात्मक अवस्थामा थियो भने आकारमा तँग्रिएको देखिएपनि आन्तरिक द्वन्द्वका कारण तत्कालिन एमालेको हालत पनि खस्कदै गएको थियो । यो स्थितिमा यी दुई दलले पार्टी एकता मार्फत समाजवादी क्रान्ति पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यी दुई पार्टी एक भएर चुनाव लड्दाको निर्वाचन घोषणापत्रले मुलुकको कायापलट नजिक्याउने अपेक्षा गरिएको थियो । नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल वा माधव नेपाललाई प्रधानमन्त्री भनेर भोट मागिएको पनि थिएन र आएको पनि होइन । तर यो सत्य हो की भूकम्पपछिको नाकाबन्दीका बेलाको ओली अडान र राष्ट्रवादीे भाव सम्प्रेषणले केपी ओली माथि राष्ट्रियताको रक्षक र पहरेदारका रुपमा आशा र भरोसा पलाएको थियो । एकता हुँदाको आशा र केपी प्रतिको भरोशाका कारण नेकपाका अध्यक्ष प्रचण्डले आधा–आधा समय मध्ये पहिलो आधा समय केपीले नै सरकारको नेतृत्व गर्ने भन्दै प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।दुई अध्यक्ष बीचको आन्तरिक भनिएको सहमति लागुहने वाताबरण नदेखिएको भन्दै गोप्य सहमति बजारमा आइसकेपछि र घोषित तथा कार्यविभाजनको निर्णय कार्यान्वयनमा समेत समस्या आएपछि नेकपा भित्र विवाद बढ्दै आएको हो । माधव पेलिने, झलनाथ ठेलिने र वामदेवलाई नचाएरै राख्ने स्थितिसँगै बढेको अध्यक्षहरु बिचको मनमुटावले नेकपालाई असहज बनाएको प्रष्टै हो । यतिबेला बाहिर आएका दृश्यले मात्रै पनि भाइरसको प्रभाव र संक्रमण सजिलै बुझ्न सकिन्छ ।

माधव पेलिने, झलनाथ ठेलिने र वामदेवलाई नचाएरै राख्ने स्थितिसँगै बढेको अध्यक्षहरु बिचको मनमुटावले नेकपालाई असहज बनाएको प्रष्टै हो । यतिबेला बाहिर आएका दृश्यले मात्रै पनि भाइरसको प्रभाव र संक्रमण सजिलै बुझ्न सकिन्छ ।

‘समाजवाद भन्दै व्यक्तिवादी बन्दै’
पार्टी एकता किन जरुरी थियो ? पार्टी एकता हुँदाका प्रतिबद्धता कसरी कार्यान्वयन भएका छन् ? जनमतका लागि बाँडिएको निर्वाचन घोषणापत्र भन्दा उल्टो बाटोमा किन हिड्न खोज्दैछौं ? भ्रष्टाचारको मुल जड स्विकारिएको वर्तमान महंगो निर्वाचन प्रणाली सुधार गर्ने गरी संविधान संसोधन गर्न हामीलाई कसले छेकेको छ ? कथनी र करणीमा किन यस्तो अन्तर देख्नु परीरहेको छ ? ‘समाजवाद भन्दै व्यक्तिवादी बन्दै’ गरेका परिदृश्यले कसलाई सहयोग पु¥याउने वाला छ ? खोपी भित्र र कोटरी भित्रका आफन्त भनिएकाहरुबाटै फैलिएको भ्रष्टाचारको गन्ध नियन्त्रण गर्न किन खोजिएन ? महामारीको बीच पनि भ्रष्टाचारमा लिप्त भनेर उठिरहेको आक्रोशलाई पारदर्शी प्रक्रियाद्वारा हल गर्न किन खोजिएन ? ‘पार्टीले बनाएको सरकार’ हो भन्ने कुरामा किन हेक्का राख्न खोजिएन ? जस्ता प्रश्नहरु ज्वलन्त बनेका छन । साथै सरकार–पार्टी सम्बन्ध चुस्त बनाउन कसले रोक्यो ? राजकीय जिम्मेवारीमा छनौट गर्दा मनमौजी गर्ने दम्भ कहाँबाट आयो ? विधि, नीति र पद्धतिको प्रयास र अभ्यासमा किन नजरअन्दाज गरियो ? सहमति गर्ने र तोड्ने, अटेरी गर्ने, खुसुक्क र गोप्य डिलमा ध्यान दिने, ढाँट छल गरिहाल्ने, १ घण्टा पनि अडानमा नबस्ने र कोटरीमा मात्र रमाइलो ठान्ने स्थिति किन सुध्रिएन ? यस्ता प्रश्न नेकपाको आन्तरिक जीवनमा नराम्रोसंग छचल्किएका छन् ।
नेकपाका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीले क्षणक्षणमा ढाँट्ने र अटेरी गर्ने गरेको उदाहरण अध्यादेश देखि संसद बैठक अन्त्य गर्दासम्म प्रष्टै भएका छन् । म होइन, हामी भनेर सिकाउने कामरेड ओलीले प्रचण्ड लगायत सबै वरिष्ठ नेतालाई समन्वयात्मक उदाहरण सम्प्रेषण गर्नुपर्ने हो तर त्यो देखिएन । अध्यादेशको प्रयास, संसदको अन्त्य र नयाँ एमालेको जन्मबाट एकता प्रक्रिया कहाँ पुग्छ ? भनेर संगीन प्रश्नहरु कमरेड ओलिमाथि ठडिएका छन् । आवेग र उत्तेजनामा नबगेर, विगतका फुटको नमिठो परिणाम स्मरण गरेर तथा समाजवादी क्रान्तिको अनिवार्य अभिभारालाई आत्मसाथ गरेर एकता, संघर्ष र रुपान्तरणको प्रक्रियामा जान अन्तरआत्माबाटै आत्मालोचना सहित व्यवहार परिवर्तन नगर्ने हो भने अहिलेको भाइरसले नउठ्ने गरी सुताउन पनि सक्छ । यो कुरा अध्यक्ष कमरेड ओलीले महशुस गर्ने हो भने कामरेड प्रचण्ड मार्फत पाटीपंक्तिलाई बुझाउने, झलनाथ, माधव, बामदेव र नारायणकाजी लगायतका सबै वरिष्ठ नेताहरुको सम्मान गर्ने, कार्यकर्तालाई उत्साहित पार्ने, मतदाताको विश्वास बढाउने र आम जनताको समर्थन बटुल्ने काम अझै पनि गर्न सकिन्छ । एमाले पार्टी खोलेर चलाउने अहिलेको रहरले सम्बन्धित सबैलाई पश्चातापमा पुयाउने बाहेक अरु उपलब्धि हांसील हुनेछैन । ब्यक्तिगत अहंकार र दंभले पार्टी बिग्रहमा नै पु¥याउन खोजेको हो भने ‘समाजवाद भन्ने, व्यक्तिवादी बन्ने र देश जनता ठग्ने’ आरोप अरु बढ्दै जानेछ र जनपक्षीय गणतन्त्रको माग गर्दै अर्को आँधिबेहरी सृजना हुन सक्नेछ । महाकालीको पुरानो घाउ र एमसीसीभित्रको अहिलेको दाउ देशव्यापी सम्प्रेषण हुनेछ । तर अहिले त्यस्तो कल्पना नगरीहालौ ।

नेकपाका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीले क्षणक्षणमा ढाँट्ने र अटेरी गर्ने गरेको उदाहरण अध्यादेश देखि संसद बैठक अन्त्य गर्दासम्म प्रष्टै भएका छन् ।
अध्यादेशको प्रयास, संसदको अन्त्य र नयाँ एमालेको जन्मबाट एकता प्रक्रिया कहाँ पुग्छ ? भनेर संगीन प्रश्नहरु कमरेड ओलिमाथि ठडिएका छन् ।

त्यसो भए निकास के त ?
नेकपामा यतिबेला झण्डै ८ लाख सदस्यहरु छन् । अहिलेको सन्दर्भमा भन्नुपर्दा उनिहरु सबै माक्र्सवादी–लेनिनवादी मान्यतामा प्रतिबद्ध छन भन्नै पर्ने हुन्छ । द्वन्द्धात्मक भौतिकवादका हिमायती पनि ठान्नै पर्छ । पदार्थबाट चेतना पैदा हुन्छ भन्नेहरुले द्वन्द्वबाट समाधान खोज्ने कलाको बिकाश गरेकै हुन्छन् । यतिबेला ठूलो संख्याका कार्यकर्ताले प्रधानमन्त्री ओलीबाट आत्मालोचना आउने, अरु नेताहरुले पनि कमजोरीका हदहरु स्विकार्दै आत्मालोचित हुने, पार्टीको निर्णय सबैले मान्न बाध्य हुने, एकताको विशिष्ट परिस्थितिमा सहमतिबाटै चल्न गम्भिर हुने, उत्तेजना र आवेग नियन्त्रण गर्दै निषेधको बासी हतियार व्यवस्थापन गर्ने, सामूहिक जिम्मेवारीको फराकिलो मार्ग तयार गर्ने, एक व्यक्ति एक पद सबैका हकमा लागू गर्ने, पार्टी प्रणाली चुस्त बनाउने र पार्टीको निर्णयलाई सरकार तथा अन्य जनसंगठनहरुबाट लागू गराउने आशा अझै गरेका छन् । यसबारे अध्यक्ष ओलीबाटै प्रष्ट प्रतिबद्धता आउन सक्यो भने अन्य नेताहरुले पनि दुबै पदबाट राजीनामा भन्ने अडानमा पुन विचार गर्नैपर्दछ । कसैको उक्साहट र आडभरोसामा उदण्डता मच्याउन खोजिएको हो भने जो भएपनि त्यसलाई आम कार्यकर्ता र जनताले अस्विकार गर्नेछन् । ‘दम्भकारी भाइरसको अहंकारी अभिव्यक्ति’ माथि देखि तलैसम्म नियन्त्रण गराउन सबैले जोड बढाएका छन । कसैको पतनको कामना गरेर बजाइएका उत्थानका धुन नसुन्नमा कार्यकर्ताहरु एकमत हुदैछन । व्यक्तिवादी भाइरसको पूर्ण नियन्त्रण नगरेसम्म गणतन्त्रको जनपक्षीय कोर्स अगाडि बढदै बढदैन । त्यसकारण पनि नेतृत्वको रुपान्तरण खोज्न वा गराउन सबै एैक्यबद्ध हुदैछन । मेरो पनि आग्रह छ कामरेडहरु, अहिले नयाँ पार्टीको रहर गर्दै नगरौँ । एक व्यक्ति एक पद कडाइका साथ लागू गरौँ ।। नयाँ आधारमा नयाँ एकताको विकास गरौँ ।।।

वि.सं.२०७७ असार १९ शुक्रवार १८:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

काठमाडौँ । समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै...

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

दण्ड अपराधको परिणाम हो।यसको सोझो सम्बन्ध समाजसँग हुन्छ।अपराधविहिन समाजको कल्पना...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...