Sansar News- Nepal's Fast Khabar Online News Portal

कविताः शिकारीहरु

नरेश कटुवाल,सोनादा, दार्जिलिङ्ग भारत
१ महिना पहिले
कविताः शिकारीहरु

उहिले उहिले
राजाहरु शिकार खेल्थे
अट्ब्बे जगंलहरुमा
रहर बिसाउन,
समय बिताउन
नभए शिकार गर्थे ब्याधाहरु, शिकारीहरु
घना जंगलहरुमा
भोक मेटाउन,
जीवन बिताउन ।

तर अहिले अहिले
जंगलकै साँध सिमानाहरु साघुरिएर
जंगलकै प्रजातिहरु शंकटापन्न भएर
संरक्षित भएकोले होला
शिकारहरु त्यति खेलिन्दैन जंगलहरुमा,
शिकारीहरु त्यति हुदैँनन् जंगलहरुमा,
त्यसैले हिजाज
सरकारी कार्यलयहरुतिर
झिनो आशा लिएर पसेकाहरुलाई समाउन
टाईसुटमा सुकिला हाकिमहरु,
अत्याधुनिक अस्पतालहरुतिर
रोगी ज्यानलिएर छिरेकाहरुलाई फसाउन
बल्छि बोकेर उभिरहेका सेता डाक्टरहरु,
आश्वासनको ढडिया थापेर संसद पसेका महोदयहरु,
भोकलाई चारोको फन्दा बनाउन अभ्यस्त धर्मका व्यवसायीहरु,
यी थुप्रै-थुप्रैहरुको भेषमा
लछेप्रै पाउछौ मान्छेको बस्तिहरुतिर
शिकारीहरुको नयाँ संस्करण ।

 

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…