Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआइसी एसिया लघुवित्तको आइपीओ बाँडफाँड, कसलाई कति ?

संसार न्यूज़
१ महिना पहिले
एनआइसी एसिया लघुवित्तको आइपीओ बाँडफाँड, कसलाई कति ?

२० असार, काठमाडौँ । एनआइसी एसिया लघुवित्तको आइपीओ बाँडफाँड भएको छ । रितपूर्वक आवेदन गर्ने सबैले न्यूनतम १० कित्ताका दरले सेयर हात पारेका छन् ।

सानिमा क्यापिटलका अनुसार ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो भने  ३ लाख ९७ हजार ७ सय ४१ आवेदन वैध भएको छ । वैध  ३ लाख ९७ हजार ७ सय ४१ योग्य आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफांड गरिएको हो ।

उक्त आईपीओ बाँडफाँडमा  ४६ हजार ५ सय ७९ जना सर्बसाधारण लगानीकर्ताले गोलाप्रथाका माध्यमबाट थप १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको थियो ।

कुल निष्कासित आइपिओ मध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यो लघुवित्त क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…