Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथा – शान्तिको खोजी

शशी श्रेष्ठ
१ महिना पहिले
लघुकथा – शान्तिको खोजी

रातको ११ बजेको थियो। अचानक मेरो छोराको फोन आयो। सधैँझैँ आज पनि मलाई फकाएर भोक लाग्यो भन्दै किचन लगेर खानेकुरा पकाउन लगाउला भनेर मैले फोन काटिदिएँ र चुपचाप सुतेँ। एकछिनमा सिन्धिया आई ढोका बेस्सरी नक् गर्दै। मेरो श्रीमानले के भयो भनेर सोधे। उसले एकै सासमा भनी,’ड्याडी, ढोका खोल्नु न प्लीज, कोठामा उड्ने कक्रोच आएछ, त्यसलाई मार्दिनु न प्लीज।’ ‘एउटा साङ्लोसँग डराउनेले जीवनमा के गरि खान्छस्…?’, उनले कराउँदै गएर कक्रोच मारिदिए।

वातावरण शान्त भएपछि हामी सुत्नै मात्र लागेका थियौँ, हाम्रो घर पछाडिको घरबाट प्रेसर कुकर सुसेल्न थाल्यो। रातको १२ बजे खाना बनाउने, खाने उनीहरुको दैनिकी जस्तै भइसकेको थियो। हामी सुत्न सकेनौँ अनि म किताब पढ्न थालेँ र मेरा श्रीमान् फिल्म हेर्न थाले।

२ बजेतिर भएपछि अगाडिको घरको दिदीले आफ्नो कोठाको बत्ती बाल्नुभयो र झ्यालबाट एक तमासले टोलाउन थाल्नुभयो । के भयो दिदी ? यति राती किन उठ्नु भएको ?  मैले सोधेँ। ‘रातभरि मुसा झगडा गरेर सुत्नै सकिनँ शशी, कुदेको कुदेइ गर्छन्, आफूलाई खाटै उचालेर कुदाए जस्तो भयो, निदाउनै सकिनँ अनि बत्ती बालेर बसेकी’, उहाँले दिक्क मान्दै सुनाउनुभयो। भोलि अब मलाई दिनभरि अफिसमा हाइ आएर निन्द्रा लाग्ने भयो भन्दै गनगन गरेर निदाउन खोज्दै थिए मेरा श्रीमान् । त्यत्तिकैमा म पनि भुसुक्क निदाएँछु।

बिहानै, फोहोर लिन आउने भाइको तिखो सिट्टिको आवाजले म ब्यूँझिएँ। घरको सबै काम सक्काएर म रातीको निन्द्रा पूरा गर्न दिउँसो १ बजेतिर सुतेकी मात्र के थिएँ, एकजना मित्रको फोन आयो।

के गर्दै छौ शशी ?
सुतिराछु, मैले भनेँ।
‘धेरै सुतेर मोटी भको तिमी, कति सुत्न सक्या…’?  यति भनि नसक्दै उसले फोन काट्यो। म तकियामुनि फोन राखेर फेरि निदाउन लाग्या थिएँ। छोरी टेबलमा बसेर आफ्नो पढिराकी थिइ। उसको कोठा अगाडिको झ्यालबाट खड्का दाजु फोनमा चिच्याउन थाले। पोहोर साल मात्र झापा, गौरादहबाट बसाईं सरेर आएका दाजु घर जग्गा दलाली गरेर जिविकोपार्जन गर्ने रैछन्। उनी फोनमा कसैलाई बेस्सरी हप्काउँदै थिए , ‘आठ लाख दिएर जग्गा बैना गरे भइहाल्यो नि, ऐले नै धेरै बाठो किन हुनुपर्यो…’?

‘ममी, म पनि अब त सानोतिनो घर जग्गाको कारोबार गर्न सक्ने भइसकेँ जस्तो लाग्छ। छोरीलाई सि.ए. भएको देख्न चाहनु हुन्छ भने मलाई एउटा शान्त कोठा चाहियो,’ ऊ गन्गनाउँदै थिइ।

म पनि शान्तिकै खोजीमा त थिएँ नि, उसले यो बुझिन, सायद बुझी पनि कि !

क्रमश….

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ४ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…