back

अनशनकारीसँग १२ बुँदे सहमति, आरडीटी प्रयोग स्थगित गर्ने

वि.सं.२०७७ असार २३ मंगलवार

141 

shares
NTC AD
Global IME AD

Pic Source : Routine of Nepal banda

२३ असार, काठमाडौँ । सरकारले कोरोना भाइरस कोभिड १९ को द्रुत पहिचानका लागि गरीने आरडीटी प्रयोग स्थगित गर्ने भएको छ ।

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका युवा सँग सरकारले गरेको १२ बुँदे सहमतिमा उक्त कुरा उल्लेख छ ।

विदेशबाट आएका व्यक्तिहरुलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर घर पठाउने र होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार पार्ने सहमति भएको छ ।

स्वास्थ्य मन्त्रालय आरडीटी प्रयोग स्थगित गर्ने सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि सहमति पत्रमा उल्लेख छ ।

बढ्दो गम्भिर प्रकृतिका बिरामीहरुको संख्यालाई ध्यानमा राखी गहन चिकित्सा कक्ष(आई.सी.यू) लगायत अस्पताल तथा स्वास्थ्योपचार क्षमतालाई आवश्यकता अनुसार नियमित पुनरावलोकन गर्दै दुरुस्त तयार अवस्थामा राख्ने जनाइएको छ ।
सहमति पत्रमा अनसनकारीको तर्फबाट ई.पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा रोशन पोखरेल र डा. समिर कुमार अधिकारीको हस्ताक्षर छ ।

क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, आरडीटी परीक्षण बन्द गर्ने लगायतका माग राख्दै दुई युवाहरु शुक्रबारदेखि पाटनको डबलीमा अनसन बसेका थिए । उनीहरुको स्वास्थ्य बिग्रिँदै गएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए ।

वि.सं.२०७७ असार २३ मंगलवार १२:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...