back

मनशुन थप सक्रिय हुँदा बिहीबारदेखि बाढीपहिराको जोखिम, शर्तकता अपनाउन अनुरोध

वि.सं.२०७७ असार २३ मंगलवार

183 

shares
NTC AD
Global IME AD

२३ असार, काठमाण्डौं । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने बताइएको छ ।

तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा जुट्न सबैमा आग्रह गरिएको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस छ ।

वि.सं.२०७७ असार २३ मंगलवार १५:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीमा संसद बहिष्कार गर्ने कांग्रेसको निर्णय

गण्डकीमा संसद बहिष्कार गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको...

वैदेशिक रोजगारीका लागि साढे पाँच लाखले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब...

यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ

यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ

काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब...

रुखबाट खसेर युवकको मृत्यु

रुखबाट खसेर युवकको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको...

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी...

अफ्रिकी किशोरीहरु भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरीहरु भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँँ

काठमाडौँ । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा...