जनता र इमान्दार कार्यकर्ता जसले पार्टीलाई यसअवस्थासम्म ल्याएका छन्, तिनलाई सम्मान गर्दै पार्टीमा विधि प्रक्रिया अनुसार हाम्रालाई होइन राम्रालाई, इतिहास बोकेका कार्यकर्तालाई जिम्मेबारी बोकाउन सकेमा सकुसल निश्चित गन्तव्यमा पु¥याउन सक्ला अन्यथा नातावाद, गुटगत रुपमा हेर्न थालेमा मन्त्रीहरु भ्रष्टाचारले गन्हाउने र इमान्दार कार्यकर्ताले नेकपा बनाउन मेरो पनि योगदान छ भन्न लाज लाग्ने अवस्था आएमा हाम्रा सहिदहरु प्रति अपमान हुनेछ । पार्टी लाखौँ कार्यकर्ताको हो दुई अध्यक्षको झगडाले पार्टीलाई दुर्घटनामा र्लैजान पाइँदैन । पार्टी मेरो होइन हाम्रो हो भन्ने सामूहिक भावनाको विकास होस् । गरिब सर्वहारावर्गको हितमा काम होस् ।
गरिब नेपाली जनताहरुको उत्थान गर्ने उद्देश्यले नेपाली राष्ट्रिय काङ्ग्रेबाट राजिनामा दिइ पुष्पलाल माक्र्सवादी अध्ययनमा जुट्न थाले । यस दिशाको थालनी कम्युनिष्ट घोषणपत्रको नेपाली अनुवादबाट भयो। पुष्पलालले भारत र नेपालका विभिन्न विद्वान्हरुसँग छलफल र विचार विमर्श हुदै गयो । लामो विचार र विमर्शपछि इ. १९९४ को अप्रिलमा गुप्त रुपमा नेपाल कम्युनिस्ट पार्टीे स्थापनार्थ एक बैठक बस्यो । यस बैठकमा पुष्पलाल, मोतीदेबी श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी थिए । उनीहरुले वि.सं. २००६ वैशाख १० (अप्रिल २२, १९४९) का दिन गुप्त रुपमा नेकपाको स्थापना गरे । यसरी गुप्त रुपमा खोलिएको पार्टीलाई वि.सं. २००६ भाद्र ३० (सेप्टेम्बर १५, १९४९) मा औपचारिक रुपमा नेकपाको स्थापना भयो । पार्टीको केन्द्रिय समितिमा पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डी. पी अधिकारी र भाइसाहेब अयोध्या सिंह भा.क.पा को प्रतिनिधि सदस्यको रुपमा रहे भने संस्थापक महासचिवमा पुष्पलाल श्रेष्ठ रहनुभयो । विभिन्न कालखण्डमा फुट्ने जुट्ने क्रम रहिरह्यो । यसरी २०४६ सालको जनआन्दोलनसम्म पुग्दा १२ वटा वाम समूहहरु क्रियाशील रहेको पाइन्छ ।
तिनीहरु निम्न छन् :
१) नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
२) नेपाल कम्युनिष्ट पार्टी (माले)
३) नेपाल कम्युनिष्ट पार्टी (चौम)
४) नेपाल कम्युनिष्ट पार्टी (वर्मा)
५) नेपाल कम्युनिष्ट पार्टी (मानन्धर)
६) नेपाल कम्युनिष्ट पार्टी (अमात्य)
७) नेपाल कम्युनिष्ट पार्टी (मसाल)
८) नेपाल कम्युनिष्ट पार्टी (मशाल)
९) नेपाल मजदुर किसान पार्टी (रोहित)
१०) सर्वहारावादी श्रमिक संगठन, नेपाल (रुपलाल)
११) नेपाल माक्र्सवादी लेनिनवादी पार्टी (कृष्णदास)
१२) नेपाल कम्युनिष्ट पार्टी (शम्भुराम)
अहिलेको नेकपा बन्नका लागि धेरै कम्युनिष्ट कार्यकर्ताहरु जनताको उन्मुत्तिका लागि आफ्नो ज्यानको बाजी लगाएका छन्। सुखानीमा इमान्दार नेतृत्वतहका कार्यकर्तालाई गोली हानेर मार्ने काम तत्कालीन पञ्चायती शासकले गरे । अहिले नेकपाका जिम्मेवार नेताहरुले पन्यु र छाताका डन्डीको सहायताले खनी खनी सुरुङ बनाएर नख्खु जेल तोड्ने काम गरे । यो पनि कम्युनिष्ट पार्टीको स्थापनाको लागि गरिएको महत्वपूर्ण प्रयास हो । २०४६ साल पछि माक्र्सवादी र माले मिलेर नेकपा एमालेको गठन भयो । त्यसै गरी २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्यो त्यो कदम उपयुक्त थियो । त्यही कदमबाट स्थापित भएको नेकपा अहिलेको मूल धारको रुपमा लिन सकिन्छ ।
नेकपा विभिन्न कालखण्डमा विभिन्न कार्यकर्ताको अथक प्रयासबाट वा विभिन्न कार्यकर्ताको सहादत पश्चात स्थापित भएको पार्टी हो । २०७६ सालसम्म आइपुग्दा संसारको एक शक्तिशाली बहुमत प्राप्त पार्टीको रुपमा स्थापना भएको छ । यसले सधैँ जनता र इमान्दार कार्यकर्ता जसले पार्टीलाई यसअवस्थासम्म ल्याएका छन्, तिनलाई सम्मान गर्दै पार्टीमा विधि प्रक्रिया अनुसार हाम्रालाई होइन राम्रालाई, इतिहास बोकेका कार्यकर्तालाई जिम्मेबारी बोकाउन सकेमा सकुसल निश्चित गन्तव्यमा पु¥याउन सक्ला अन्यथा नातावाद, गुटगत रुपमा हेर्न थालेमा मन्त्रीहरु भ्रष्टाचारले गन्हाउने र इमान्दार कार्यकर्ताले नेकपा बनाउन मेरो पनि योगदान छ भन्न लाज लाग्ने अवस्था आएमा हाम्रा सहिदहरु प्रति अपमान हुनेछ । पार्टी लाखौँ कार्यकर्ताको हो दुई अध्यक्षको झगडाले पार्टीलाई दुर्घटनामा र्लैजान पाइँदैन । पार्टी मेरो होइन हाम्रो हो भन्ने सामूहिक भावनाको विकास होस् । गरिब सर्वहारावर्गको हितमा काम होस् । यही नै मेरो शुभकामना छ ।
वि.सं.२०७७ असार २४ बुधवार १२:२६ मा प्रकाशित