Sansar News- Nepal's Fast Khabar Online News Portal

निवर्तमान अध्यक्ष विष्टको गतिविधिप्रति रुष्ट हुँदै ११८ जनाले पठाए पार्टी सभापतिलाई पत्र

संसार न्यूज़
४ हप्ता पहिले
निवर्तमान अध्यक्ष विष्टको गतिविधिप्रति रुष्ट हुँदै ११८ जनाले पठाए पार्टी सभापतिलाई पत्र

असार २६ । नेपाली जनसम्पर्क समिति अमेरिकाको निवर्तमान अध्यक्ष गोरख (आनन्द) विष्टले पदावधि सकिएपनि अवैधानिक तबरले समितिमा कब्जा जमाउदै आएको भन्दै  समितिका पूर्व संयोजक, वरिष्ठ उपाध्यक्ष लगायत ११८ जनाले विरोध जनाएका छन् ।

उनीहरुले संयुक्त पत्रमार्फत सो कुराको जानकारी माउ पार्टी नेपाली काँग्रेसका सभापतिलाई गराएका छन् । अधिवेशन भएको ६ वर्ष बितिसक्दा पनि र मातृपार्टी नेपाली काँग्रेसको विधानमा व्यवस्था भए अनुसार आफू पदमुक्त भइसक्दा पनि विभिन्न बहानामा अधिवेशन टार्दै आएका निजको नियत स्पष्ट भइसकेको पार्टी सभापतिलाई पठाएको पत्रमा उल्लेख छ । पार्टीले गत कार्तिक ५, २०७६ मा ६ महिनाको समय दिई अधिवेशन संपन्न गर्न निर्देशन दिएको पनि वैशाख ५, २०७७ देखि म्याद गुज्रिसकेको भन्दै सो पत्रमा उनीहरुले संगठनमा लामो समयदेखि अहोरात्र खटेका साथीहरूसॅंगको आफ्नो व्यक्तिगत द्वेष, वैरभाव र पूर्वाग्रहद्वारा निर्देशित भई उनीहरूको तेजोबध गर्न लागिपरेको आरोप लगाएका छन् ।

विष्ट नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकाले विधान बमोजीम निजको नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पद सोही दिनदेखि रिक्त भइसकेको उल्लेख गर्दै उनीहरुले उनको गतिविधिमा रोक लगाउन र काँग्रेसको विधान अनुसार टेक्सास अधिवेशनबाट निर्वाचित र वरियताक्रममा दोश्रो कार्यसमितिका वरिष्ठ उपसभापतिलाई कार्यवाहक सभापति कायम गरी उक्त समितिलाई अधिवेशन सम्पन्न गर्ने गरी निर्देशन दिने आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका पदाधिकारी एवं केन्द्रीय सदस्यहरूसमेत बोधार्थ गरी पठाइएको पत्र यस्तो छ :

आदरणीय सभापति ज्यू,
नेपाली काँग्रेस केन्द्रीय कार्यालय
सानेपा, ललितपुर ।

मिति : जुलाई ८, २०२०

विषय : नेपाली जनसम्पर्क समिति अमेरिकाको नेतृत्व सम्वन्धमा ।

हाम्रो पसिनाले सिंचित, हामी सबैको आस्था र विश्वासको संगठन नेपाली जनसम्पर्क समिति अमेरिकामा विगत लामो समयदेखि पूर्व अध्यक्ष गोरख(आनन्द) विष्टले अवैधानिक तवरले कब्जा जमाउॅंदै आएको कुरा सर्वविदित नै छ । सन् २०१४ मा टेक्सासमा अधिवेशन भएको ६ वर्ष बितिसक्दा पनि र मातृपार्टी नेपाली काँग्रेसको विधानमा व्यवस्था भए अनुसार आफू पदमुक्त भइसक्दा पनि विभिन्न बहानामा अधिवेशन टार्दै आएका निजको नियत स्पष्ट भइसकेको छ । पार्टीले गत कार्तिक ५, २०७६ मा ६ महिनाको समय दिई अधिवेशन संपन्न गर्न निर्देशन दिएको पनि वैशाख ५, २०७७ देखि म्याद गुज्रिसकेको छ । संगठनलाई तहसनहस र धराशायी बनाएर पनि चित्त नबुझी उनी अब संगठनमा लामो समयदेखि अहोरात्र खटेका साथीहरूसॅंगको आफ्नो व्यक्तिगत द्वेष, वैरभाव र पूर्वाग्रहद्वारा निर्देशित भई उनीहरूको तेजोबध गर्न लागिपरेका छन् ।

नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद-१ ९८० मा “निकाय” भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ” भन्ने र धारा ५८ मा “पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वतस् रिक्त हुनेछ” भन्ने स्पष्ट उल्लेख छ । तसर्थ नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन सभापति गोरख (आनन्द) बिष्ट नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकाले विधान बमोजीम निजको नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पद सोही दिनदेखि रिक्त भइसकेको छ ।

विधानतस् घाम जत्तिकै छर्लंग यस्तो कुरालाई समेत अटेर गरी निजले अवैधानिक ढंगले नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा विभिन्न गतिविधि गर्दै आएका छन् । निजलाई यस्ता अवान्छित गतिविधि तुरून्त रोक्न सचेत गराउन समेत सभापतिज्यूलाई हामी अनुरोध गर्दछौं ।

साथै नेपाली काँग्रेसको विधान अनुसार टेक्सास अधिवेशनबाट निर्वाचित र वरियताक्रममा दोश्रो कार्यसमितिका वरिष्ठ उपसभापतिलाई कार्यवाहक सभापति कायम गरी उक्त समितिलाई अधिवेशन सम्पन्न गर्ने गरी निर्देशन दिनुहुन विनम्रतापूर्वक अनुरोध गर्दछौ ।

वोधार्थ
नेपाली काँग्रेसका पदाधिकारी एवं केन्द्रीय सदस्यहरू

निवेदकहरु :
1. विष्णु सुवेदी 2. धनन्जय नरसिंह के सी 3. ईश्वर सापकोटा 4. कृष्ण लामिछाने 5. हरिवोल भण्डारी 6. प्रमोद सिटौला 7. भक्त थापा 8. सुभाष घिमिरे 9. श्यामकाजी गुरुङ्ग 10. राम मिश्र 11. प्रियरन्जन दाहाल 12. अन्नतराज सुवेदी 13. अन्जन चौलागाई 14. प्रतिक पाण्डे 15. लाल काफ्ले 16. भोजराज घिमिरे 17. राज सेन्चुरी 18. डा. चिरन्जिबी भट्टराई 19. नारायण खनाल 20. यादव दुलाल 21. राजेन्द्र थापा 22. दीप चटौत 23. सोमनाथ घिमिरे 24. प्रभात सापकोटा 25. नेत्र के सी 26. श्रीराम थापा 27. भेषराज कॅंडेल 28. जगन्नाथ गौतम 29. सुवर्ण लामा 30. ज्ञानेल थापा 31. कृष्ण के सी 32. मुक्ति पन्त 33. सागर कॅंडेल 34. दिनेश पाण्डे 35. विनोद थापा 36. मनोज घिमिरे 37. वासु खनाल 38. ईन्द्र सिटौला 39. दीपक घिमिरे 40. रामकुमार सुवेदी 41. विक्रम आत्रेय 42. प्रविण घिमिरे 43. दीपक गौतम 44. अनन्तराज न्यौपाने 45. सूर्य तिवारी 46. कृश सुवेदी 47. नर्वदा सापकोटा 48. मोना शर्मा 49. मनोज शर्मा 50. उपेन्द्र शर्मा (सापकोटा) 51. अनिता भट्टराई 52. सुनिता पाण्डे 53. श्रीराम थापा 54. भेषराज कॅंडेल 55. विनोद सुवेदी 56. अनन्त न्यौपाने 57. अमृत सापकोटा 58. राज यादव 59. अमिता यादव 60. राजेश थापा 61. सुमित्रा थापा 62. बुद्ध महर्जन 63. देवेन्द्र श्रेष्ठ 64. रविसिंह बस्नेत 65. सुरेश हमाल 66. रविश वाईबा 67. क्रान्ति अर्याल 68. संगीता सेन्चुरी 69. प्रेम परियार 70. दीपक कुमार पाठक 71. कृष्ण केसी 72. मदन पाण्डे 73. बिनी पाण्डे 74. हरि ओझा 75. इन्द्रा सिटौला 76. मुकुन्द घिमिरे 77. सागर अधिकारी 78. कैलाशसेन थापा 79. मिङ्गमार शेर्पा 80. ओम प्रधान 81. शम्भु बिष्ट 82. हेमन्त सिटौला 83. प्रकाश ओली 84. रेवती सापकोटा 85. प्रसन्न संग्रौला, 86. प्रवेश सुवेदी 87. रबिन्द्र राई 88. गोविन्द सुवेदी 89. विश्व पन्त 90. मनोहर बोगटी 91. अमृता राना, 92. रामकृष्ण भट्ट 93. कपिल शरण वाग्ले 94. संगम बानिया 95. प्रदीप भण्डारी 96. ऋषि अधिकारी 97. अन्जु थपलिया 98. फुर्बा शेर्पा 99. नामलाल श्रेष्ठ 100. दीपक गौतम 101. बेगम पण्डित 102. कृष्ण खनाल 103. राज कुमार हमाल 104. वीरेन्द्र मानन्धर 105. दीपक पन्त 106. विपिन कोईराला 107. दिनेश भण्डारी 108. रवि अर्याल 109. खेम न्यौपाने 110. होम गुरूड 111. शिव सुवेदी 112. महेश्वर घिमिरे 113. प्रकाश अर्याल 114. कमला पन्त 115. रामेश्वर वुर्लाकोटी 116. दिपा गौतम 117. ज्योती पौडेल 118. मणि न्यौपाने

 

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…