Sansar News- Online for Global Nepali

भारतीय कुटनीतिज्ञको चलखेल हो भने तत्काल देश निकाला गर्नुपर्छ

संसार न्यूज़
५ महिना पहिले
भारतीय कुटनीतिज्ञको चलखेल हो भने तत्काल देश निकाला गर्नुपर्छ

२८ असार, काठमाडौं । आन्तरिक विवाद बढ्दै जाँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भिर संकट उन्मुख छ । विवाद बढ्दै जाँदा समाधानका लागि शीर्ष तहमा गरिएको वार्ता र संवाद पनि रोकिएका छन् । स्थायी समिति बैठक पनि अनिश्चित बन्दै गएको छ ।

विवादकै बीच प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपि शर्मा ओलीले आफ्नो पक्षमा सडक प्रदर्शनको कार्यक्रम गरिरहेका छन् । ओलीको कार्यक्रमसँगै नेकपा विवाद सडकसम्म समेत पुगेको छ । विवादको पछिल्लो श्रृंखला र घटनाक्रम हेर्दा नेकपा विभाजन उन्मुख त होइन् भन्ने आशंकाहरु जन्मिएका छन् ।

यसबीच नेकपाभित्र देखिएको विवादको बारेमा संसार न्यूजले संवादको थालनी गरेको छ । नेकपाभित्रको विवादबारे संसार न्यूजकाे तर्फबाट नीलकण्ठ तिवारी  नेकपाका स्थायी समिति सदस्य एंव प्रभावशाली नेता लिलामणी पोखरेलसँग कुराकानी गरेका छन् । नेकपा विवाद र समाधानबारे नेता लिलामणी पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश : 

नेकपा विवाद कहाँ पुगेको छ ? एउटा स्थायी समितिको सदस्यको हिसाबले हेर्दै गर्दा विवादलाई कसरी लिनु भएको छ ?

विवाद जहाँबाट सुरु भएको थियो अहिले पनि त्यहिँ वरीपरी नै छ भन्दा अतियुक्ति हुँदैन् । पटक–पटक छलफल भएपनि विवाद समाधान केन्द्रीत हुन सकेको छैन् । अनि छलफल पनि एजेण्डामा आधारित हुन सकेको छैन् । विवाद समाधानका निम्ति डाकिएको स्थायी समिति बैठक पनि अन्यौंलता तिर पुगेको छ भन्दा हुन्छ । भएका बैठकमा पनि पार्टी र सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री जीले समय ब्यबस्थापन नगर्दा झन् समस्या भएको छ ।

विवाद समाधानका लागि बोलाइएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली नै धेरै पटक अनुपस्थित भएको देखियो । खास उहाँको असन्तुष्टी के थियो अनि किन उपस्थित हुनु भएन ?

२० स्थायी समिति सदस्यको लिखित माग पछि बाध्यात्मक रुपमा स्थायी समिति बैठक बसालिएको हो । बैठकमा मुख्य एजेण्डाका रुपमा विभिन्न ७ वटा एजेण्डा राखिएका थिए । त्यहाँ नेपाल–भारत सीमा समस्यादेखि एमसीसी, सरकार र पार्टीको काम समिक्षा सम्मका एजेण्डा थिए ।

बैठकमा बसिसकेपछि स्वभाविक रुपमा एजेण्डागत छलफल हुँदै गर्दा जिम्मेवारीमा बस्नेको प्रशंसा वा आलोचना हुन्छ । बैठकमा उपस्थित साथीहरुले सरकार र प्रधानमन्त्रीप्रति केहि कुराहरुका बारेमा असहमति राख्नुभयो । बैठकको प्रक्रियामा ति कुराहरु छलफलको विषयका रुपमा आउँथे र त्यो एउटा समाधान तिर जान्थ्यो । तर, प्रधानमन्त्री ज्यूले बैठकमा समय दिन खोज्नु भएन । यसले विवाद झन् समाधानभन्दा पनि बढ्दै जाने स्थिति बनेको हो ।

केपी जी जो दुई वटा जिम्मेवारी (पार्टी अनि सरकार)मा हुनुहुन्छ, जसबारे पार्टीभित्र केहि असन्तुष्टी देखिएको छ । थुप्रै साथीहरुले दोहोरो जिम्मेवारी सहि ढंगबाट पुरा भएन भनेर प्रश्न उठाउनु भएको छ । उहाँको स्वास्थ्यको कारणले पनि दुवै जिम्मेवारी पूर्णं रुपले निभाउन सक्ने अवस्था छैन् । स्थायी समिति बैठकमा पनि साथीहरुले उहाँको यहि समस्यालाई उठाउनु भएको थियो । तर त्यहि विषयलाई नै उहाँले समस्याको रुपमा लिनुभयो । साथीहरुको प्रश्नप्रति उहाँ रुष्ट हुनुभो । यहि कारण उहाँ बैठकमा पनि नआउने गर्नु भयो ।

केपी जी जो दुई वटा जिम्मेवारी (पार्टी अनि सरकार)मा हुनुहुन्छ, जसबारे पार्टीभित्र केहि असन्तुष्टी देखिएको छ । थुप्रै साथीहरुले दोहोरो जिम्मेवारी सहि ढंगबाट पुरा भएन भनेर प्रश्न उठाउनु भएको छ । उहाँको स्वास्थ्यको कारणले पनि दुवै जिम्मेवारी पूर्णं रुपले निभाउन सक्ने अवस्था छैन् । स्थायी समिति बैठकमा पनि साथीहरुले उहाँको यहि समस्यालाई उठाउनु भएको थियो । तर त्यहि विषयलाई नै उहाँले समस्याको रुपमा लिनुभयो । साथीहरुको प्रश्नप्रति उहाँ रुष्ट हुनुभो । यहि कारण उहाँ बैठकमा पनि नआउने गरेको जस्तो भयो ।

उहाँलाई सरकार अनि पार्टीबाट हटाउने रणनीति बनेपछि नआउनु भएको भन्ने छ नि ! उहाँले त भारतसँग मिलेर हटाउन खोजियो पनि भन्नु भयो ।

स्थायी कमिटी बैठक चलिरहेको बेला मदन भण्डारीजीको स्मृति दिवसमा उहाँले अत्यन्तै आपत्ति जनक ढंगले अभिव्यक्ति दिनु भएको छ । उहाँले भारत र पार्टीकै साथीहरुले मिलेर सरकारबाट हटाउन खोजेको पनि बताउनु भएको छ । उहाँले हटाउन खोज्नुको पछाडि नक्सा प्रकाशनलाई देखाउनु भएको छ । जुन स्थायी समिति बैठकमा पनि गम्भिर ढंगले उठेको छ ।

पहिलो कुरा त, नेपालको सरकार निर्माण गर्ने वा हटाउने भारतीयले होइन । त्यसकारणले त्यो सार्वभौमिकताको प्रश्नमा नेपालका राजनीतिकर्मीहरु भारतीयद्वारा सञ्चालित हुन्छन् भन्ने अभिव्यक्ति आपत्तिजनक छ । जनताले चुनेको अनि संसदले चुनेका नेताहरुप्रति गरिएको टिप्पणी निकै गम्भिर छ । देशको प्रधानमन्त्री जस्तो व्यक्तिले हामी अरुद्वारा सञ्चालित छौं, सत्तामा राख्ने वा फाल्ने काम अरुद्वारा हुन्छ भनेर भनिनु अशोभनिय मात्रै होइन आपत्तिजनक हुन्छ ।

नेपालको सरकार निर्माण गर्ने वा हटाउने भारतीयले होइन । त्यसकारणले त्यो सार्वभौमिकताको प्रश्नमा नेपालका राजनीतिकर्मीहरु भारतीयद्वारा सञ्चालित हुन्छन् भन्ने अभिव्यक्ति आपत्तिजनक छ । जनताले चुनेको अनि संसदले चुनेका नेताहरुप्रति गरिएको टिप्पणी निकै गम्भिर छ । देशको प्रधानमन्त्री जस्तो व्यक्तिले हामी अरुद्वारा सञ्चालित छौं, सत्तामा राख्ने वा फाल्ने काम अरुद्वारा हुन्छ भन्ने आशयले बोल्नु अशोभनिय मात्रै होइन आपत्तिजनक हुन्छ ।

यदि सरकार फेरबदल गर्न वा हटाउन भारतीय कुटनीतिज्ञको चलखेल हो भने त्यस्ता कुटनीतिज्ञलाई तत्काल देश निकाला गर्नुपर्छ । पार्टीका नेता पनि यसमा सहभागी हो भने उसलाई पनि कठोर कारबाही गर्नुपर्छ । र त्यो को हो भन्ने विषय स्थायी समितिमा उठ्दा भने उहाँ मौन बस्नु भएको छ । त्यसपछिका बैठकमा उहाँको उपस्थिति नै छैन् । उपस्थिति नै नभएपछि जवाफ कसले दिने ? आफ्नो आलोचना हुने वित्तिकै यस्तो अभिव्यक्ति दिने काम ओली जीबाट भएको छ, यो अत्यन्तै अराजनीतिक छ । यो पार्टी विधि र पद्धतिभन्दा पनि निकै बाहिर छ ।

यसबीच अचानक रुपमा भएको संसद स्थगनको निर्णयलाई पार्टीभित्र कसरी हेरिएको छ ? घटनाक्रम त अप्रत्यासित छन् ।

यता हामी स्थायी समिति बैठकमै जुटिरहेका थियौं । पार्टीसँग पनि सल्लाह भएको थिएन । उहाँले अचानक क्याबिनेट बोलाउनु भयो । नबोलाउनुस भनेर अर्को अध्यक्षले गरेको अनुरोधलाई पनि स्वीकारिएन । अनि कतिपय मन्त्रिहरु बीच बाटोमै पूग्दै गर्दा मन्त्रिपरिषद बैठक सकियो र निर्णय भयो । निर्णय, संसद अधिवेशन स्थगनको रहेछ ।

यता स्थायी समितिको बैठक चलिरहेको अवस्था, पार्टीको अध्यक्षले निर्णय नगर्न गरेको आग्रह, सँगसँगै सभामुखसँग पनि परामर्श नभएको र क्याबिनेटका सबै मन्त्रि उपस्थित नगराई हठातमा निर्णय हुँदा समस्यालाई झनै बल्झाउने काम भएको छ । यसै कारण स्थायी समिति बैठक रोकेर संवादको प्रक्रिया अगाडि बढाइएको हो ।

स्थायी कमिटी बैठकलाई ‘स्थगन बैठक’ भनेर पनि टिप्पणी हुन थालेको छ । अब यसले निकास दिन नसकिने टिप्पणी छ । कसरी बुझ्ने ?

हो, अहिले नेकपा स्थायी समिति बैठकमा यस्तै भएको छ । बैठक बोलायो मुख्य नेतृत्वकर्ता नै नआउने, भोलीको बैठक आज स्थगन गर्ने अवस्था बनेको छ । होला कसैले राजीनामा माग्यो, बाटो खुल्ला गरिदेउ भन्यो भने त्यसको निर्णय कहाँबाट गर्ने ? के पार्टीभन्दा बाहिरबाट त्यसको समाधान खोज्न सम्भव हुन्छ ? बैठकबाट समाधान खोज्न सकिन्छ भन्ने नै बुझेको देखिएन् । बैठकको विधिभित्र आफ्ना कुरालाई अनुमोदन गराउन सकिन्छ भन्ने बुझेको देखिएन् । विधि मिच्न, विधान मिच्न अनि पद्धति मिच्न कसैलाई पनि छुट छैन् ।

स्थायी समिति बैठक पनि सरेको सरै छ । यता शीर्ष तहको वार्ता र संवाद पनि रोकिएको छ । विषय त अलि गम्भिर नै देखियो । कसरी हेर्नुभएको छ ?

पछिल्ला घटनाक्रमले विषय गम्भिरता तिरै गएको हो भन्ने देखिएको छ । यसबीच केहि साथिहरु आफ्नो पक्षमा सडक प्रदर्शन गराउन तिर पनि लाग्नु भएको छ । यो अझ गम्भीर विषय छ । यसले पार्टी विधि र पद्धतिलाई पुरै अस्वीकार गरेको छ ।

पार्टीमा मतभेद भयो भन्दैमा आफ्ना तथाकथित समर्थक बनाएर सडकमा नाराबाजी गर्ने र आफ्नै नेताको खैरो खन्ने प्रवृत्ति असाध्यै अराजक प्रवृत्ति हो । यसले पार्टीलाई एकताबद्ध गराउने कुरामा व्यवधान सिर्जना गर्छ ।

पार्टीभित्र विवाद चुलिरहँदा विवाद व्यक्ति केन्द्रित जस्तो पनि देखियो । विवाद केहि लेनदेनको जस्तो पनि देखिएको छ । यसलाई कसरी हेर्ने ?

अहिलेको विवाद दुईवटा नेताबीचको मात्रै हुँदै होइन् । जब हामीले एजेण्डासहित बैठकको माग गरेका छौं भने त्यो कसरी नेताबीचको विवाद हुन्छ ? यहाँ २० स्थायी समिति सदस्यले एजेण्डासहित छलफलको माग गरेपछि बैठक बसालिएको हो । एजेण्डाभित्र आउने विषयमा छलफल हुने कुरा सामान्य हो । त्योभित्र कसले के राख्छ त्यो फरक पक्ष हो ।

अहिलेको विवाद दुईवटा नेताबीचको मात्रै हुँदै होइन् । जब हामीले एजेण्डासहित बैठकको माग गरेका छौं भने त्यो कसरी नेताबीचको विवाद हुन्छ ? यहाँ २० स्थायी समिति सदस्यले एजेण्डासहित छलफलको माग गरेपछि बैठक बसालिएको हो । एजेण्डाभित्र आउने विषयमा छलफल हुने कुरा सामान्य हो । त्योभित्र कसले के राख्छ त्यो फरक पक्ष हो ।

कार्य प्रणालीको प्रश्न, सरकार सञ्चालनको प्रश्न, पार्टी एकताका प्रक्रियालाई टुंगोमा पुर्याउने प्रश्न, एमसीसी लगायतका विषय के दुई अध्यक्षका मात्रै मुद्दा हुन् र ? यी समग्र एजेण्डा राष्ट्र, राष्ट्रियता र जनतासँग जोडिएका छन् । बैठकमा पनि जनता, पार्टी र सिंगो देशसँग सरोकार राख्ने विषयमा छलफल थालिएको हो ।

विवाद बढ्दै जाँदा पार्टी नै विभाजन त हुने होइन भन्ने आशंका पार्टीभित्रै पनि देखियो । नेताहरु निकै संशकित भएको देखिन्छ । तपाईंले कसरी बुझ्नु भएको छ ?

निर्वाचन आयोगमा नेकपा एमाले भन्ने नाममा दल दर्ता भएको छ । त्यो विषय बैठकमा पनि उठेको थियो । जिम्मेवार साथीहरुले प्रधानमन्त्री ओली जीको जानकारीमा नै दल दर्ता भएको भन्ने कुरा राख्नु भएको थियो । त्यस विषयमा प्रधानमन्त्रीजीले व्यक्तिगत रुपमा जानकारी नभएको भनेर पन्छिनु भएको छ । तर दल दर्ता गर्दै गर्दा उहाँको नजिकमा रहेका मान्छेहरुको संलग्नता देखिएको कुरो आएको छ । त्यसकारण उहाँको संलग्नता छैन् भन्न मिल्दैन् । यो दल दर्ता किन गरियो भन्ने कुरा गम्भिर छ ।

यसबीच अध्यादेश अहिले नै ल्याई हाल्ने विषय स्पष्ट छैन् तर पहिलाको घटनालाई हेर्दा नआउने भन्ने टुंगो पनि छैन् । महत्वपूर्णं विधेयकहरु छलफलमा रहिरहेको बेलामा अचानक संसद अधिवेशन रोकिनुलाई सामान्य मान्न मिल्दैन् । संसद स्थगन गर्ने विषयमा कसैसँग सामान्य परामर्श गरिएको पनि छैन् ।

एकातिर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने, अर्कोतिर संसद अधिवेशन अन्त्य गरिदिने अनि त्यसको पृष्ठभूमिमा पहिले पनि अध्यादेश जारी गर्ने गरिएको कारणले पार्टी विभाजन तर्फ त होइन भन्ने कुरा आशंकाको रुपमा उठ्नु अस्वभाविक देखिँदैन् ।

अन्त्यमा, वार्ता र संवाद रोकिएको छ, पृष्ठभूमि गम्भिर छ । कता जाला पार्टी ?

एकै ठाउँमा बसेपछि बिबाद हुने कुरा सामान्य हो । मन नमिल्दा मनमुटाव हुन्छ । परिवारमा मन नमिल्दा अलग–अलग बस्ने पनि गर्छन् । अझ पश्चिमा मुलुकमा त संयुक्त परिवारको प्रणाली नै छैन् । हामी कहाँ संयुक्त प्रणाली छ । हामी पनि त्यो संयुक्त प्रणाली अनुसार नै पार्टी जीवनमा पनि संयुक्त प्रणालीलाई अंगीकार गरौं भनेर पार्टी एकताबद्ध गरेका हौं । नेकपा पार्टी पनि छरिएका कम्युनिष्टलाई एकताबद्ध गरेर बनेको हो । देशको ऐतिहासिक आवश्यकताले पार्टी एकता भएको हो ।

फेरि पनि धरातलीय यथार्थतालाई सबैले स्वीकार गर्नुको विकल्प छैन् । ऐतिहासिक आवश्यकताले भएको यो एकताको मर्म पुरा भएको छैन् । हामीले संविधानमा, पार्टीको विधान र घोषणा पत्रमा मुलुकलाई समृद्धिको दिशामा लैजानका निम्ति समाजवाद उन्मुख समाजवाद निर्माण गर्ने, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा विकासलाई तिव्र ढंगले अगाडि लैजाने भनेका छौं । त्यसकारण त्यहि कुरालाई फेरि समिक्षा गर्यौं भने हाम्रो एकतालाई पुनर्ताजगी गर्न सक्छौं ।

सर्बाधिक पढिएको

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ३ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा २ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ३ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

मनोज गजुरेलको पूर्वपत्नि मीनाको भावुक स्टाटस – तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ

मनोज गजुरेलको पूर्वपत्नि मीनाको भावुक स्टाटस – तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ ३ हप्ता पहिले | संसार न्यूज़

हाँस्य कलाकार मनोज गजुरेल यतिबेला कोरोना भाइरस संक्रमणका कारण आइसियुमा…