१
सत्ता र प्रतिपक्ष
खान्छन् ती मिलिजुली
जनताका आँखामा छारो !
२
बाली सक्दै छ जाली
ओहोदाका ती श्रीहरू
मिले झुण्ड झुण्ड सलह !
३
दासता कायमै छ
फेरिएका ऋतुहरू
विनिमय भैदियो न्याय !
४
परमाणु खोज भो !
अनुसन्धान निदायो !!
धराप विश्वअर्थतन्त्र !!!
५
नकाबधारी हस्ती
दरिद्र मनको बस्ती
धरापै जिन्दगीको किस्ती !!
वि.सं.२०७७ असार २७ शनिवार ०९:२४ मा प्रकाशित