back

गाँजा : किसानलाई खेती, व्यापारीलाई ओखती !

वि.सं.२०७७ असार २८ आइतवार

117 

shares
NTC AD
Global IME AD

आयुर्वेदमा गाँजा शरीरको दर्दनाशक अचुक उपाय हो । गाँजा कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधीको सूत्रमा र ८ ओटा युनानी फर्मुलामा गाँजा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधी बनाउने गरेको तथ्य समेत भेटिएको छ ।

नेपालको आधा जसो जनसंख्याले आफ्नो जीवनकालमा कम्तीमा एक पटक चाखेको गाँजा वा भाङ ‘लागू औषध नियन्त्रण ऐन, २०३३’ को नेपालमा गाँजासहित भाङ, गाँजा मूलका बोट, पात, फूल, बोटबाट आउने चोप, खोटो र चरेस सबैलाई लागू औषध तोकी प्रतिबन्ध लगाई दिएदेखि नेपालमा गाँजा व्यवहारमा जताततै भेटिने तर कानुनमा प्रतिबन्धित अजिबको ‘शिवबुटी’ बन्न पुगेको जुग भैसकेको छ ।

दिमागको चेतनालाई हल्लाउने नशालु साइकोएक्टिभ केमिकल ‘डेल्टा–९ टेट्रा–हाइड्रो–क्याना–बिनोल’ र दिमागमा कुनै नशा नदिने केमिकल सीबीडीका कारण गाँजा निकै उपयोगी पदार्थ बनेको छ । परस्पर विरोधी भूमिका भेटिएको यी तत्वहरूको बैज्ञानिकरुपमा हेरफेर गरी ओखती र मनोरञ्जनका लागि उपयोगी पदार्थ बनाउन सम्भव बनेको छ ।

संसदमा टेबल गरिएको नेपालको गाँजा खेती व्यवस्थापन ऐन २०७६ अन्य मुलुकले गाँजा कानुनी बनाएर अकुत सम्पत्ति कमाए, गाँजा नेपालको स्थानीयतहमा सजिलै हुने र त्यो पनि संसारकै राम्रो गुणस्तरको हुने भएकाले यसलाई नेपालले तत्काल आर्थिक लाभ लिने मौकाको रूपमा प्रयोग गर्नुपर्छ भन्ने भन्ने यकिनमा निक्लेको अधिक जोसको क्रममा होस गुमाएर ल्याइएको प्रतीत हुन्छ ।

उदाहरणका लागि गाँजा सेवन गर्दा यसमा हुने सीबीडीले भोक घटाउन सघाउँछ भने टीएचसीले भोक जगाउँछ । यसलाई ओखतीका रूपमा प्रयोग गर्दा दुब्लाउनु पर्ने भए सीबिडी हालेर अनि मोटाउनु पर्ने भए टीएचसी राखेर सप्लिमेन्ट बनाउने गरिन्छ । उक्त दुई बाहेक गाँजामा शरीरमा प्रभाव पार्ने चार सयभन्दा धेरै तत्व भेटिएका छन् ।

आयुर्वेदमा गाँजा शरीरको दर्दनाशक अचुक उपाय हो । गाँजा कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधीको सूत्रमा र ८ ओटा युनानी फर्मुलामा गाँजा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधी बनाउने गरेको तथ्य समेत भेटिएको छ ।

प्रयोगशालामा भएको दस हजार भन्दा धेरै अनुसन्धानले गाँजा ४८० भन्दा धेरै केमिकल पदार्थबाट बनेको जसमा १०० भन्दा बढी त औषधीय क्यानाबिनोईडहरू रहने प्रमाणित गरिदिएको छ । आज अन्दाजी सात सय भन्दा धेरै स्वस्थ सम्बन्धको विकृतिमा गाँजा उपयोगी हुने तथा हजारौँ हजार औषधिहरूमा उपयोग हुने अवस्था आएको छ । औषधि बाहेक मालिस गर्ने क्रिम, तेलहरू, कष्मेटिक लगायत मनोरञ्जनात्मक गैरऔषधिय पदार्थ धूम्रपान, भेप र खाना तथा पेय, रक्सीको विकल्पको ड्रिङ्खमा आदि समेतमा गाँजा उपयोगमा आउन थालेको छ ।

नेपालमा चोर बाटो समातेर केन्द्रीय र प्रदेशको संसदमा गाँजा खेती कानुनी बनाउने प्रयास भएको छ । मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने, बिदेसिएका युवालाई समेत स्वदेश फर्काउन सकिने, अनि किसान घरै बसी बसी सजिलै धनी हुने सपना देखाएर हालसालै गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न ‘गाँजा खेती व्यवस्थापन ऐन २०७६’ केन्द्रीय संसद्मा प्रस्ताव दर्ता भएको छ ।

हतपतको काम लतपत हुने गरी ऐनको कार्यान्वयन पक्षको जटिलता र कम्तीमा राज्यले लिनुपर्ने नैतिक दायित्वलाई नजर अन्दाज गरी हचुवामा यति संवेदनशील विषय अगाडी बढिरहेको छ । मुलुकको तत्कालको जरुरत अन्तर्गत राम्रै नियतवस् संसदमा ऐनले प्रवेश गरेको भएता पनि प्रस्तुत नेपालको गाँजा खेती व्यवस्थापन ऐन २०७६ जस्ताको तस्तै पास हुने हो भने लागू हुने समयमा ठूलो खाडल र दयित्वगत अप्ठ्याराहरू जन्माउने देखिन्छ । विगतमा विषादी नियन्त्रण गर्न बनेको कानुन कार्यान्वयनमा जान नसकेर चिप्लिएको थियो त्यही हबिगत यो ऐनले बेहोर्ने निश्चित छ ।

गाँजा खेतीबाट मुलुकलाई जस्तोसुकै आर्थिक फाइदा पुग्ने किन नहोस् गाँजा एक उच्च आर्थिक जोखिम रहेको सामाजिक विकृति जन्माउन सहायक बन्न सक्ने लागू पदार्थ नै हो । बच्चाको हातसम्म पुग्नबाट रोक्ने, मानव स्वस्थको प्रयोजनमा गाँजा उपयोग गर्न, पूर्ण नियन्त्रित तथा समयोचित वितरण प्रणाली लागू गर्न, मनोरञ्जनात्मक गतिविधि उच्च नियन्त्रित माहौलमा मात्र हुन दिन, कालोबजारी रोक्न, कालो बजारको तस्करको हातको व्यवसाय कानुनी संयन्त्रमा ल्याई तस्करी रोक्न, तस्करी हुने रकम सरकारी राजस्वमा पु¥याउन, मानवअधिकार र मानवताको रक्षा गर्न सक्षम हुने संयन्त्रको परिकल्पना बिना उच्च सामाजिक र आर्थिक जोखिम रहेको गाँजा जस्ता पदार्थले मुलुकको हित गर्ने सुनिश्चितता दिँदैन ।

संसदमा टेबल गरिएको नेपालको गाँजा खेती व्यवस्थापन ऐन २०७६ अन्य मुलुकले गाँजा कानुनी बनाएर अकुत सम्पत्ति कमाए, गाँजा नेपालको स्थानीयतहमा सजिलै हुने र त्यो पनि संसारकै राम्रो गुणस्तरको हुने भएकाले यसलाई नेपालले तत्काल आर्थिक लाभ लिने मौकाको रूपमा प्रयोग गर्नुपर्छ भन्ने भन्ने यकिनमा निक्लेको अधिक जोसको क्रममा होस गुमाएर ल्याइएको प्रतीत हुन्छ ।

ऐनले पुरानो नेपालमा रानीको जन्मदिन मनाउने क्रममा बन्ने टोली जस्तो विभिन्न मन्त्रालयमा अन्य जिम्मेवारीमा रहेका उच्च कर्मचारीको जम्बो टोली रहने एक बोर्ड कल्पना गरी गाँजाको नियमन तथा व्यवस्थापन गर्ने जिम्मेवारी थमाउन खोजेको देखिन्छ । त्यस्तो यस्ता बोर्डहरू जतिसुकै अधिकार सम्पन्न बनाए पनि जरुरी पर्दा तस्करी रोक्ने, अपराधीलाई छानविनका लागि नियन्त्रणमा लिने, जरुरत पर्दा तत्काल हिरासतमा लिन र जेल सम्म पठाउन सक्ने गरी कारबाही गर्ने हैसियत रहन्न् । यदि कारबाही गर्ने हैसियत दिइएमा राज्यमा हाल सक्रिय रहेको प्रहरी संयन्त्रको त्यो अर्काे समानान्तर अंग हुनेछ ।

ऐनले सानलाई गाँजा खेती गर्न दिने नियत लिएको छ । तर बिचको दलाल बिना किसानको उत्पादन बिक्री हुनसक्ने व्यवस्था गरेको छैन । गाँजाबाट लिन सकिने वास्तविक उच्च आयको क्षेत्र प्रशोधन, अनुसन्धान र औषधीय फर्मुला बनाउने तर्फ सम्पूर्ण रूपमा निराश छ । निकै कन्जुसीका साथ प्रशोधन र भेलु एड उद्यमका बारे यसरी बोलिएको छ कि त्यो मात्र देखाउने दाँत हुन, चपाउने त अर्कै छ कि भन्ने महसुस गराउँछ ।

राज्यद्वारा नियन्त्रणअन्तर्गत निर्देशित कडा नियामक संयन्त्रको कानुनी जरुरत पुरा गरि सञ्चालन गरिने उद्यमहरू कस्तो हुनुपर्छ, जरुरी गोप्य संयन्त्र कुन कुन निकायमा संलग्न हुन सक्छ र नियमनका लागि के उचित हुन्छ के उचित हुँदैन भन्ने संवेदनशीलता पुरै गुमाएको छ । चिया तथा कफी विकास बोर्ड गठन गरेजस्तो केन्द्रका असम्बन्धित मन्त्रालयका समेत उच्च कर्मचारी र प्रदेशमा प्रदेश अन्तर्गतका असम्बन्धित विभागका कर्मचारी समेत हालेर बोर्डको हैसियत पटके कुम्भ मेला आयोजक कमिटीमा परिणत गरिदिएको छ ।

प्रस्तावित ऐनले आफूले परिकल्पना गरेको क्षेत्रका व्यवसायमा संलग्नहरूको व्यक्तिगत र व्यवसायिक सूचना, नियमनका क्रममा प्राप्त हुने सम्भावित आपराधिक सूचनाहरू कति संवेदनशील हुन्छन्, कुन कुन निकाय भन्दा बाहिर त्यो पुग्नु हुँदैन भन्ने सामान्य विवेक समेत पु¥याउन सकेको छैन ।

प्रस्तावित गाँजा खेती व्यवस्थापन ऐन २०७६ ले जन्मनुपूर्व पैदा गरेका विशाल खाडलहरू पुर्ने, प्रशोधन र भेलु एडका अवसरको सदुपयोग गर्ने एवम् अपराध नियन्त्रणका विषय ऐनको नियतमा समावेश गरी उचित नियम, विनियम, तथा कार्य सञ्चालन नियमावली तत्काल बनाउन जरुरी छ ।

त्यसो गर्न नसकिएमा प्रस्तावित ऐनले नेपाललाई अनियन्त्रित गाँजा बेच्ने मुलुक बनाइदिने छ । गाँजाको उच्च तस्करी हुने जोखिमयुक्त मुलुकका रूपमा मुलुकले संसारभर चिनिने छ । नेपालका परम्परागत तस्करहरूलाई प्रस्तावित ऐनले कानुनी रूपमै सेतोकोट पहिरिएर झन् ठूलो तस्करी सञ्चालन गर्ने बाटो खोलिदिने छ ।

न राज्य ले कुनै कर पाउने छ, न नेपाली किसानको हातमै प्रभावकारी मुनाफा रहने छ । यो बारे सरकारले समयमै सचेत बनी जरुरी व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न जरुरी देखिन्छ । जरुरत पर्ने कानुनी र संस्थागत संरचनाको निर्माण गर्ने तर्फ पाइला चालोस् । मेरो सरकारलाई शुभकामना ।

(लेखक घिमिरे : जटिबुटी र हर्बल क्षेत्रमा उन्नत अनुसन्धानमा संलग्न हुँदै संसारभर उद्यमशीलताको लागि जरुरी ज्ञान, सिप र प्रविधिको हस्तान्तरणको नेतृत्व गर्दै आएका क्यानडा निवासी खाद्य वैज्ञानिक तथा औषधि विज्ञ हुन।)

वि.सं.२०७७ असार २८ आइतवार १४:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...