Sansar News- Nepal's Fast Khabar Online News Portal

बाढीपहिरोबाट मृत्यु हुनेको परिवारलाई रु एक लाख राहत

संसार न्यूज़
१ महिना पहिले
बाढीपहिरोबाट मृत्यु हुनेको परिवारलाई रु एक लाख राहत

२८ असार, काठमाडौँ । वाग्मती प्रदेशले वाग्मती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिरोका कारण मृत्यु भएका २५ परिवारलाई रु एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले बाढीपहिराबाट घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरिने, जोखिममा रहेका परिवारलाई अन्यत्र बसोबासका लागि सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याइने तथा प्रदेश सरकारका तर्फबाट आवश्यक स्रोतसाधन उपलब्ध गराइने पनि निर्णय गरेका मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशमा आर्थिक कार्यविधि ऐनको प्रथम संशोधन २०७७ को मस्यौदा र वातावरण संरक्षण गर्न बनेको अध्यादेश २०७७ पेश गरिने छ ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ६ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…