Sansar News- Nepal's Fast Khabar Online News Portal

आज सोमबार, यस्तो छ तपाईको राशिफल, आज क-कसलाई छ त शुभ ?

संसार न्यूज़
१ महिना पहिले
आज सोमबार, यस्तो छ तपाईको राशिफल, आज क-कसलाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ कामको योजना थाल्ने समय आएको छ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । कामको राम्रै मूल्यांकन हुनेछ । तर प्रतिफल हातपार्न समय लाग्नेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ । दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । यात्राको प्रक्रियामा समय बित्नेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । सम्पादित कामबाट लाभांश मिल्नेछ । तर अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । दिउँसोदेखि दिगो काम थालनी गर्ने अवसर जुट्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ । चाँडै लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ । तारिफयोग्य काम गर्दै दाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूका लागि श्रम र समय खर्चनुपर्ला । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन् । दिउँसोदेखि भने काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । चोटपटक लाग्ने योग देखिएकाले सजग रहनुहोला ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ । दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रतिपक्षीहरूलाई पनि पछि पार्न सकिनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । व्यापारमा लाभांश घट्न सक्छ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । अरूका लागि समय खर्चनुपर्ला । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । दिउँसोदेखि आफन्तहरू टाढिन सक्छन् । अरूको मुख ताक्ने बानीले व्यर्थैमा पछि परिनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको भरपर्दा काम बिग्रन सक्छ । आगन्तुकले पनि अलमल्याउन सक्छन् । विवादास्पद कामको टुंगो लाग्नेछ । दिउँसोदेखि व्यवसायभन्दा सेवामूलक कामबाट फाइदा हुनेछ । लाभांश उठाउन हतार नगर्नुहोला । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । हडबडीले समस्या निम्त्याए पनि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

वि.सं. २०७७ असार २९ सोमवार (इ.स. २०२० जुलाई १३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आजको राशिफल, राशिफल भन्छ, आज यी राशिकाले अपनाउनुपर्ने छ सावधानी

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ६ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…