Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली भाषा साहित्यका उन्नायक आदि कवि भानुलाई कसरी बुझ्ने ?

संसार न्यूज़
१ महिना पहिले
नेपाली भाषा साहित्यका उन्नायक आदि कवि भानुलाई कसरी बुझ्ने ?

नेपाली भाषा र साहित्यका प्रथम उन्नायका आदि कवि भानुभक्तलाई मानिन्छ । वास्तवमा त्यसबेला जनताको बोलीचालीमा मात्र सीमित रहेको नेपाली भाषामा साहित्य लेखन आरम्भ गरेर उनले साहित्यमा जनबोली र जन भाषाको जग बसाले । भानुभक्त कालको तत्कालीन घोर सामन्ती राणाशाही एकतन्त्री समाजमा चलेको सँस्कृत भाषाको एकाधिकारलाई त्यसरी तोड्नु सामान्य कुरा थिएन । त्यसका निमित्त भानुभक्तले ठूलो संघर्ष गर्नुपरेको थियो । उनी आफु स्वयम् ब्राह्मण परिवारको सदस्य भएर पनि उच्च पुरोहित बर्गको भाषाको रुपमा रहेको सँस्कृत भाषालाई छाडेर जनबोली रहेको नेपाली भाषालाई अवलम्बन गर्ने जुन साहसिलो बिद्रोह उनले गरे त्यस ‘अपराध’ बापत उनले डर, त्रास, धम्की ब्यहोर्नु परेको थियो र धेरै खप्की पनि खानु परेको थियो । त्यसबेलाका कतिपय सँस्कृत भाषाका कवि र साहित्यकारहरुले भानुभक्तलाई ‘सरस्वतीको पेट चिर्ने गँवार’ भनेर छुद्र गालीगलौज गर्ने र धारे हात लगाएर सराप्ने काम गर्न पनि बाँकी राखेनन् भने कतिपयले ‘भानुभक्त कविराँड’ भन्ने कल्की भिराउन पनि पछि परेनन् । वास्तवमा त्यस समयको श्लेष भाषामा भाुनभक्तका बिरुद्ध बहुतै तीखो ब्यंग पनि धेरैले कसे । तर भानुभक्त ती कुनै पनि खालका दबाव, प्रताडना र अपमानबाट कत्ति पनि बिचलित भएनन् । ‘‘लोकको गरौं हित भनी’’ भन्ने उच्च भावना र उदात्त लक्षकासाथ उनी अघि बढिरहे जनताको बोलीचालीमा सीमित भाषामा लेखन गर्ने कार्यमा । वास्तवामा उनी यसरी नेपाली भाषाको संरक्षक र सम्वद्र्धक बनेरै छाडे, त्यस्तो राणाकालीन तिमिर अन्धकारमा पनि । सँस्कृतमा रहेको बाल्मिकी रामायणलाई नेपालीमा काब्यात्मकरुपमा नै अनुबाद गरे उनले ।

निश्चय पनि साहित्य र सँस्कृति पनि खाश आर्थिक–राजनीतिक ब्यवस्थाको प्रतिबिम्ब हुने गर्दछन् । त्यसबाट भानुभक्तीय साहित्य पनि निरपेक्ष छैन र हुने कुरा पनि अबश्य होइन । तर उनको भाषा साहित्यप्रतिको मूल प्रबृत्ति, दिशा र योगदान नै हो जसलाई मूल्यांकनको कसी बनाउदै निष्कर्शमा पुग्ने आधार बनाइनु पर्दछ । जनता र राष्ट्रको सेवा गर्न, भ्रष्टाचार र ढिलासुस्तीको बिरुद्ध उत्रन र देशको गौरब बढाउन भानुभक्तका साहित्यिक प्रकाशले अहिले पनि नेपाली समाजलाई उज्यालो दिन्छ र घच्घच्याउँछ । तत्कालीन सामाजिक परिबेशजन्य उनका कमजोरीहरुलाई छाडेर जनताबाट सिक्ने र जनतालाई सिकाउने मूल प्रबृत्ति नै आदि कवि भानुभक्तबाट साहित्यकर्मीहरुले ग्रहण गर्नुपर्ने र सिक्नु पर्ने आजको मूल शिक्षा हो । यस अर्थमा नेपाली साहित्यका आदि सूर्य भानुलाई शतत नमन गर्नै पर्दछ ।

यसरी प्रष्ट के देखिन्छ भने तत्कालीन अन्धकारमय सामन्ती आर्थिक–समाजिक प्रणालीबाट उत्पन्न शोषण र बिकृतिको उकुसमुकुसमा भानुभक्त छटपटाईरहेका थिए र त्यसबाट मुक्त हुने बाटो खोजिरहेका थिए । त्यसैको अभिब्यक्तिको रुपमा जनभाषालाई अँगाल्ने र नेपाली जन जीवनका बिबिध पक्षमा साहित्यलाई प्रयुक्त गर्ने काममा भानुभक्त लागेको उनका साहित्यिक कृतिहरुबाट देखिन्छ र बुझ्न सकिन्छ । उनका ‘सासु–बुहारी,’ ‘ओकलाङ्गका जैसी बाहुन,’ ‘गजाधर सोतीका परिवार’का बारेमा चित्रण गरिएका कबिताहरुले उनलाई नेपाली जन जीवनको एउटा पक्षको मर्मज्ञ बनाएको छ । नेपाली समाजलाई शोषण र उत्पीडन गर्ने सामन्ती प्रशासन प्रणालीबाट आफु स्वयम र जनताले देखिभोगिराखेका यथार्थ अनुभवहरुलाई उनले कवितामार्फत जीवन्तरुपमा ब्यक्त गरेका अभिब्यक्तिले आज पनि भ्रष्ट प्रशासनयन्त्रको कानमा सुइरोले घोचेजस्तै घोच्दछ र भ्रष्टाचारीको मनमा ढ्याँग्रो ठोक्दछ । ‘बिन्ती डिठ्ठा बिचारीसित म कति गरुँ चुप रहन्छन् नबोली बोल्छन् ता ख्याल ग¥या झै अनि पछि दिनदिन् भन्दछन् भोलि भोली’ जस्ता कविता कृतिद्वारा भ्रष्टाचार ढिलासुस्ती, जनताप्रतिको अनुत्तरदायी तथा लापरबाहीपूर्ण ब्यवहारप्रति भानुक्तले यसरी बज्र बाँण प्रहार गर्दै त्यस्ता प्रबृत्तिलाई घृणा गरेका थिए त्यतिबेला ।

आफू कारबासमा बसेको बेला जेलभित्रको अबस्था कति दारुण थियो त्यसको चित्रण गर्दै ‘लामखुट्टे उपियाँ उडुस यी सँगि छन् यिन्कै लहड्मा बसी । लामखुट्टेहरु गाउँछन् यी उपिया ँनाच्छन् म हेर्छु बसी’ जस्ता ब्यंगात्मक र बिम्बात्मक कविता लेखेर प्रकारान्तरले नेपाली समाजमा लामखुट्टे र उपियाँरुपी शासक बर्गको शोषण रहेको कुरा औल्यउन पनि उनी पछि परेका छैनन् । तत्कालीन समयमा शासक बर्गको स्तुतिगान र प्रशस्ती लेख्ने र दरबारको प्रिय पात्र बनेर तथाकथित नाम कमाउन चाकडी गर्ने प्रचलन थियो । नयाँ सँस्करण र नयाँरुपमा आज पनि हाम्रो समाजमा सत्ता र शक्तिको पछि लाग्ने यो प्रचलन निरन्तर जारी रहेको छ । शासक बर्गले साहित्यकार, कलाकार, इतिहासबिद्, पत्रकार, बुद्धिजीवी समाज तथा मानबशास्त्रीहरुलाई आफ्नो प्रभावमा पारेर या किनेर समेत आफ्ना कमजोरीहरुलाई लुकाउन भए भरको आफ्नो प्रशस्त्री गान गर्न लगाउने परम्परा नै थियो हिजो र अद्यापि छँदैछ नयाँ नयाँ संस्करणमा । तर भानुभक्त भने त्यस्तो चाकरी प्रथाको खारेजीको पक्षमा थिए भन्ने कुरा उनको दरबारिया उच्च बर्गीय ‘भाषा बिद्रोह’ ले प्रष्ट पार्दछ । लोकको हित गर्ने भनेर लेख्न आरम्भ गर्ने उनको मनशायले पनि यो कुराको पुष्टी गर्दछ । उनले ब्यक्ति स्तुस्ति लेख्दा पनि लेखेनन् ।

यद्यपि उनले तत्कालीन सामाजिक चेतनाका परिप्रेक्षमा ‘रामायण’ र ‘राम गीता’ जस्ता सैद्धान्तिकरुपले तत्कालीन शासक बर्ग राणाशाहीलाई मद्दत पुग्नसक्ने साहित्य पनि नलेखेका होइनन् । अनि बधु शिक्षामा तत्कालीन प्रचलन अनुसार ‘हास्नु हुन्न कदापि नारी जनले बेश्या हुन्या हास्तछन्’ जस्ता आजको आँखाले हेर्दा नारीहरुको अपमान गर्ने खालका कविता पनि लेखेका थिए । तथापि भानुभक्तको बिद्रोहात्मक स्वाभावलाई तत्कालीन राणा शासकहरुले राम्ररी बुझेका थिए नै । उनको त्यो स्वाभावलाई तह लगाउन पनि खोजेका थिए । तर दाजु राम जस्तो, भाइ भरत जस्तो, पत्नी सीता जस्ती हुनु पर्दछ भन्ने रामायणको सन्देशले समन्ती दरबारिया राणाशाहीको आपसी अन्तरबिरोधलाई मत्थर पार्न र शासनमा राणा दाजु भाइहरुको रोलक्रम मिलाउन त्यसले निकै मद्दत गर्दथ्यो । त्यसो हुनाले नै त्यो रामायण प्रकाशन र प्रचार गर्न राणाहरुले दिएका थिए भन्ने कुरा बुझ्न सकिन्छ । फलतः जनभाषा नेपाली भाषाले राष्ट्रब्यापी हुने अवसर पायो र अन्ततः त्यसले राष्ट्रिय एकताको भावानलाई बलियो पार्न र अझ बिकसित तुल्याउन पनि केही न केही सहयोग पु¥यायो । बस्तुतः नेपाली भाषा सिंगो राष्ट्रको यसरी राष्ट्रिय भाषा बन्ने आधार खडा भयो । त्यसैले भाषा साहित्यको माध्यमबाट राष्ट्रिय एकतालाई सबल बनाउने कामको श्रेय भानुभक्तलाई अबश्य जान्छ । अनि त्यसैले उनलाई एउटा बिशिष्ट भाषा एवं साहित्यसेवी मात्र मानिएको छैन कि राष्ट्रिय एकताको सुत्रलाई अघि सार्ने एक जना सबल सुत्रधार पनि मानिएको छ ।

अहिलेसम्मको नेपाली साहित्यको इतिहासको खोजी र बिश्लेषण गर्नेहरुले जनता र राष्ट्रको हितमा लेख्ने र सामन्तवादप्रति प्रहार गर्ने कामको शुभारम्भ आदि कवि भाुनभक्तबाट नै भएको औल्याएका छन् । त्यसमा पनि बिशेषगरी साहित्यका पात्रहरु उच्च खानदानी परिवारका सदस्यहरु हुनुुु पर्ने, अभिजात्य र कुलीन बर्गका तथा धीरोदत्त हुनपर्ने जुन मान्यता त्यसबेलासम्म थियो त्यसलाई भाुनभक्तले चिरेको र तोडेको देखिन्छ । उनका आफ्ना साहित्यिक पात्रहरु पहाडतिर भीर पाखामा घाँस काटेर जीवन गुजारा गर्ने र त्यसबाट उब्रेको पैसाले सार्वजनिक हितको लागि खानेपानीको कुवा खन्ने जस्ता साच्चै नै जनताका प्रतिनिधि पात्रहरु रहेका छन्् । भानुले त्यसबेला त्यसरी श्रमगरी खाने पात्रबाट प्रेरणा जुन लिएका छन् समाज बिकासको त्यस चरणमा रहेका बिश्वका समकालीन मुलुकहरुको साहित्यमा समेत त्यस्तो प्रबृत्ति बिरलै पाइने कुरा हो । ‘भरजन्म घाँसतिर मन दिई धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन आज यस्तो’ भन्ने भानुभक्तको जुन साहित्यिक प्रस्थान बिन्दू छ त्यसले आरम्भदेखि नै त्यस्ता गरीब, निमुखा, निच्छल जनतालाई ब्यँुझाउने, उठाउने भावना उनमा लुकेको थियो भन्ने कुरा छर्लंग हुन्छ । आम जन साधारणबाट अभिप्रेरित हुँदै भाषा र साहित्यको माध्यमबाट जनताको सेवा गर्ने दिशामा लाग्न खोज्ने भानुभक्तले तत्कालीन सामाजिक परिवेशमा जति महत्वपूर्ण लेखन गरे त्यसलाई आजको आँखाले हेरेर मूल्यांकन र बिश्लेषण गर्नु र यो पुगेन त्यो पुगेन भन्नु बस्तुगत र यथार्थपरक निश्चय नै हुदैन ।

बस्तुतः साहित्य र सँस्कृति कुनै दीब्य शक्तिको देन नभई सामाज बिकासको क्रममा उत्पन्न हुने र त्यसमा परिबर्तन हुँदा साहित्य कला र सँस्कृति पनि परिवर्तन हुँदैजाने बद्लिदो मानसिक कृयाकलाप उपज हो । यो कुरा भानुभक्तको नेपाली भाषाप्रतिको योगदान र साहित्य रचनाले पनि केही न केही प्रष्ट पार्दछ नै । निश्चय पनि साहित्य र सँस्कृति पनि खाश आर्थिक–राजनीतिक ब्यवस्थाको प्रतिबिम्ब हुने गर्दछन् । त्यसबाट भानुभक्तीय साहित्य पनि निरपेक्ष छैन र हुने कुरा पनि अबश्य होइन । तर उनको भाषा साहित्यप्रतिको मूल प्रबृत्ति, दिशा र योगदान नै हो जसलाई मूल्यांकनको कसी बनाउदै निष्कर्शमा पुग्ने आधार बनाइनु पर्दछ । जनता र राष्ट्रको सेवा गर्न, भ्रष्टाचार र ढिलासुस्तीको बिरुद्ध उत्रन र देशको गौरब बढाउन भानुभक्तका साहित्यिक प्रकाशले अहिले पनि नेपाली समाजलाई उज्यालो दिन्छ र घच्घच्याउँछ । तत्कालीन सामाजिक परिबेशजन्य उनका कमजोरीहरुलाई छाडेर जनताबाट सिक्ने र जनतालाई सिकाउने मूल प्रबृत्ति नै आदि कवि भानुभक्तबाट साहित्यकर्मीहरुले ग्रहण गर्नुपर्ने र सिक्नु पर्ने आजको मूल शिक्षा हो । यस अर्थमा नेपाली साहित्यका आदि सूर्य भानुलाई शतत नमन गर्नै पर्दछ । असल परम्परालाई अघि बढाउन र कायम राखिराख्नका निमित्त ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ६ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…