Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालको एकीकरणमा रामायणले ठूलो काम ग¥यो

संसार न्यूज़
३ हप्ता पहिले
नेपालको एकीकरणमा रामायणले ठूलो काम ग¥यो

नेपाली भाषामा श्लोक बनाएर वाल्मीकि रामयायणको उल्था र अन्य कविताले नेपालको राष्ट्रिय जागरण र नेपाली राष्ट्रिय एकता ल्याउन ठूलो मद्दत ग¥यो । पृथ्वी नारायण शाह, विशे नगर्ची पछिको बहादुर शाहको नेपाली राष्ट्रको सीमा विस्तार अभियानमा भानुभक्तका नेपाली भाषाका पद्य कविता र विशेष गरी रामायणले ठूलो मद्दत ग¥यो । आज कवि भानुभक्त नेपाली सभ्यता र जागरणको इतिहासमा संसारका नेपालीको मुटुमा एक दृढ छाप भएर रहेका छन् । जो ज्यादै प्रशंसनीय छ । नेपालका नेपालीले भन्दा बढी प्रवाशी नेपालीले भानुभक्तलाई मान्दै आएका छन् । भानुभक्तको सालिक जहाँ जहाँ संसारमा नेपाली पुगेका छन् त्यहाँ त्यहाँ मन मस्तिष्क र जमिनमा पनि राखिएका छन् ।

नेपाली राष्ट्रिय जागरणको इतिहासमा राजनैतिक मानिसको जति महत्व छ त्योभन्दा कम आदिकवि भानुभक्तको छैन । यिनी तनहुँ जिल्लाको चूँदी रम्घामा इ.संं. १८१४ मा जन्मेका थिए । यिनको जीवन १८६८ सम्म रह्यो । यिनलाई नेपाली कविता शुरूवात गर्ने साहित्यकार पनि भनिन्छ । आधुनिक युगमा नेपाली भाषाको विकासमा र त्यो भाषाद्वारा राष्ट्रिय जागरण र एकीकरणमा पनि यिनको योगदान अति महत्वपूर्ण छ । कुनै पनि समाजको एकीकरणमा भाषाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यिनले नेपालका सबै संस्कृतिका जातिमा नेपाली भाषालाई महत्वपूर्ण भूमिका खेल्न भयङ्कर ठूलो योगदान गरे । यिनले नेपाली, भाषामा वाल्मीकि रामायण उल्था गरेर तत्कालीन समाजमा यसले हिमालयदेखि गङ्गा नदीसम्म एउटा राष्ट्रिय जागरण ल्यायो । यिनलाई नेपाली जनताले आदिकवि भनेर उपाधि दिएका छन् । यिनलाई आदिकवि भनेर सवभन्दा पहिला मोतिराम भट्टले विशेषण गरेका हुन् । मोतिरामले पनि यिनको जीवनी पनि लेखे । भानुभक्त अघि पनि वैदिक कालदेखि नै कविता सृजना हुँदै आएको हो । तर उनले मानिसहरूको मन छुने शैलीमा कविता लेखेर नयाँ आयाम थपेकाले उनलाई आदिकवि भन्नु पर्दछ । नेपाली भाषाको विकासमा र विभिन्न जनजाति र क्षेत्रमा भानुभक्तको रामायण नेपाली भाषामा आएपछि नेपाली भाषा सम्पर्क भाषाको रूपमा विकास हुँदै गयो । रामायणलाई संस्कृतबाट शैली मिलाएर नेपाली भाषामा उल्था गर्न सक्नु र लयात्मक शैली मिलाउनु कम गाह्रो काम थिएन । संस्कृत भाषाले प्रभाव पारेको दक्षिण एसियामा नेपाली भाषाको विकासमा रामायण नेपाली भाषामा आउनु कम महत्वपूर्ण कुरा थिएन । यसले खस भाषाको विकास र अन्य भाषाको सम्पर्क भाषाको रूपमा ठूलो काम ग¥यो । त्यसबेला बालकलाई प्रथम शिक्षादीक्षा दिँदा शुरूवातमै रामायणबाट गरिन्थ्यो । रामायण उल्था गरिसकेपछि यो नेपाली जातिमा कविताहरूको रूपमा भन्दा गीत वा श्लोकको रूपमा प्रख्यात भयो । यद्यपि उनले पश्चिमा साहित्य भने पढ्न भ्याएनन् । त्यसबेला पश्चिमा साहित्यको त्यति प्रचार थिएन नेपाली जनपदहरूमा । उनले आफ्नो मातृभूमि र मातृभाषाकै आलोकमा आफ्नो साहित्य सृजना गरे । धर्म संस्कृतिका कारणले पनि उनको रामायणले यस्तो राष्ट्रिय जागरण र जन उभार ल्यायो जसको यसभन्दा अघि त्यस्तो कल्पनासम्म पनि गरिएको थिएन । नेपालको एकीकरणमा उनको रामायणले ठूलो काम ग¥यो ।

जसले भानुभक्तको रामायण पढे तिनमा राष्ट्रियताको एक त्यस्तो चेतना जागृत भयो कि सारा भारतवर्ष नेपाली जाति र संस्कृतिले पिट्नुपर्छ भन्ने मान्यताको विकास भयो । उनी एक धनी बाबुआमाका छोरा थिए । शुरूमा जनताको दुःख उनलाई थाहा थिएन । पछि जब घाँसी कुवामा उनले एक घाँसीलाई भेटे र उसले जनताको दुःख दर्द भनेपछि उनी भावुक भए । त्यसपछि उनी समाजमा शोषण छ र त्यसको धुवाँदार विरोध गर्नु पर्दछ भन्ने मान्यतामा अडिग हुन थाले । घाँस काट्ने घाँसीले दिएको शिक्षापछि उनले यस्तो लेखे– “घाँसीले केही आम्दानी गर्न र जहान पाल्न ऊ मेहनत गरेर घाँस काट्छ र त्यसको केही अंश समाज सेवामा छुट्याउँछ यस्तो महान् मानिस कहाँ पाउनु म सँग धेरै धन छ तर त्यो धन प्रयोगमा मैले केही गरेको छैन । यी घाँसीले मेरो आँखा खोली दिए । धनभन्दा विद्या ठूलो रहेछ । यदि दीनहिन र जनताको सेवा मैले गर्न सकिन भने मेरो जीवनको केही महत्व छैन । उनले यसपछि उनको जीवनका बारेमा दुई आख्यान लेखे । त्यसमा पहिलो वाल्मीकि रामायणको उल्थासँग थियो भने दोस्रो गाउँले सामन्तले उनलाई कविता लेखे वापत उजुर गरेर थुनाए र जेलमा रहँदा तत्कालीन प्रधानमन्त्री (मुख्तियार) लाई पत्र लेखे र उनलाई जेलमुक्त गर्न आह्वान गरे । उनले भने म संस्थापना पक्षको दयालुपना चाहन्छु र दिकदारीबाट स्वतन्त्र हुन चाहन्छु । म रात दिन शान्तिसँग बस्न चाहन्छु । जसबाट मेरो स्वतन्त्रता हरण नहोस् । मलाई मेरा साथीहरू लामखुट्टे, उपियाँ, झिँगा, उडुसले दुःख दिई रहेका छन् । लामखुट्टेको गायन र उडुसको नाच मैले हेर्नु परेको छ । म काम नभएकोले तिनको खेल हेरेर बसेको छु । मैले खान थाल्दा माकुराहरू झर्छन् तिनको जालो झन हेर्न लायक छ । मैले आजसम्म नदेखेको दृश्य देख्दैछु । म चालिस वर्ष भए मेरो एक छोरा छ जो आठ वर्षको भयो । मेरो छोराले ८ वर्षको उमेरमा उसले मानवीय उत्सव कसरी मनायो होला । म चार पर्खालभित्र छु, म कसरी उसलाई मद्दत गर्न सक्छु प्रधानमन्त्रीज्यू ? यो अन्धकारमय संसारमा म मेरो छोराको जन्मोत्सव कसरी मनाउन सक्छु । बाबुआमाले दिने बालकको हेरचाह बालकलाई दिन सकिएन र मेरो छोरालाई म वेद पढाउन चाहन्छु । तर म सक्दिन । एउटा ब्राह्मण शिक्षकलाई थुनेर के गर्न सक्नुहुन्छ ? मेरो शरीर दुर्वल भई सक्यो । अब विना प्रमाण नगरेको काममा फत्तुर लगाएर मलाई किन थुन्नु हुन्छ ? त्यसैले मेरो मुद्दा राम्रो– नराम्रो जे छ छिटो दयालु भावना राखी निर्णय गरि दिनुहोस् । अन्न र पानीले बनेको मेरो शरीर दुर्बल भई सक्यो । मलाई अनावश्यक परिवन्दमा पारेर किन थुन्नुहुन्छ ? मेरो शरीर गह्रुङ्गो हुँदैछ । म विरामी छु । मलाई यत्रो दिनसम्म जेल राख्नुको कारण के हो ? मैले के कुराको कुमारी चोक बुझाउन बाँकी छ र मलाई थुन्नु भएको हो ? यदि मैले कसैको खाएको छु भने प्रमाण दिनु प¥यो । कुमारीचोक (कर) बुझाउनु छ भने त्यसको चार्जसिट हुनु प¥यो । म हजार अङ्कमा भए पनि बुझाउन तयार छु तर मलाई प्रमाणले सावित गराउनु पर्दछ । यस झगडामा म पर्न चाहन्न । जे जसरी हुन्छ सही तथ्य प्रमाण सरकारले पेश गरे म बुझाउन तयार छुु । यदि भोलि भोलि भन्दै मलाई जेलमा सडाउन पाइन्न । मलाई जेलबाट छोड्न नसक्ने कारण के के छन् ? मेरा यी प्रश्नको उत्तर छिटोभन्दा छिटो पाउँ ।

यो कवितात्मक चिठ्ठी लेखेपछि भानुभक्त जेलबाट मात्र छुटेनन् कि उनलाई केही सहायता (आर्थिक) पनि दिइयो । उनको जीवनको यो महत्वपूर्ण घटना थियो । यसरी नेपालका आदिकवि भानुभक्त सन १८६८ मा मरे । उनको जो जेलको चिठ्ठी उनको जीवनमा छापिएन । पछि उनका अनुयायी मोतीराम भट्टले उनको हस्त लिखित कृति भेट्टाएर १८८७ मा बनारसमा छापे । नेपाली भाषामा श्लोक बनाएर वाल्मीकि रामयायणको उल्था र अन्य कविताले नेपालको राष्ट्रिय जागरण र नेपाली राष्ट्रिय एकता ल्याउन ठूलो मद्दत ग¥यो । पृथ्वी नारायण शाह, विशे नगर्ची पछिको बहादुर शाहको नेपाली राष्ट्रको सीमा विस्तार अभियानमा भानुभक्तका नेपाली भाषाका पद्य कविता र विशेष गरी रामायणले ठूलो मद्दत ग¥यो । आज कवि भानुभक्त नेपाली सभ्यता र जागरणको इतिहासमा संसारका नेपालीको मुटुमा एक दृढ छाप भएर रहेका छन् । जो ज्यादै प्रशंसनीय छ । नेपालका नेपालीले भन्दा बढी प्रवाशी नेपालीले भानुभक्तलाई मान्दै आएका छन् । भानुभक्तको सालिक जहाँ जहाँ संसारमा नेपाली पुगेका छन् त्यहाँ त्यहाँ मन मस्तिष्क र जमिनमा पनि राखिएका छन् ।

प्रस्तुत विचार वामपन्थि व्यक्तित्व भट्टराईको ‘नेपाली सभ्यता : विगत र वर्तमान’ पुस्तकबाट लिइएको हो । क्रमशः

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…