back

घट्यो सिमेन्ट, डन्डी र क्लिंकरको मूल्य : अब कुनको कति ?

वि.सं.२०७७ असार २९ सोमवार

486 

shares
NTC AD
Global IME AD

काठमाडौं । बन्दाबन्दी केही खुकुलो हुनासाथ निर्माण सामग्रीको मूल्य बढाएका सिमेन्ट तथा फलामे छड उत्पादकहरूले अहिले पुनः मूल्य घटाएका छन् । सरकारले निर्माण सामग्रीसहित ४४ प्रकारका उद्योग व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि सिमेन्ट उद्योगीहरूले जेठमा प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका थिए ।

पूर्वाधार निर्माणको अफ सिजन शुरू भइसकेको र कोरोना महामारीका कारण माग पनि घटेपछि अहिले सिमेन्ट, फलामे छड र क्लिंकरको मूल्यसमेत घटेको हो ।

बन्दाबन्दीकै बीच पछिल्लो १ महीनाकै अवधिमा सिमेन्टको मूल्यमा कमी आएको व्यवसायीहरू बताउँछन् । अहिले सिमेन्टमा प्रतिबोरा औसतमा ५० रुपैयाँसम्म मूल्य घटेको छ भने फलामे छडको मूल्य प्रतिकेजी ४ सम्म घटेको छ ।

मूल्य घटेसँगै अहिले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) को औसत मूल्य प्रतिबोरा ७००–७२५ रुपैयाँ छ भने पोर्टल्यान्ड पोज्जोलना (पीपीसी) प्रतिबोरा ६०० रुपैयाँसम्ममा किन्न पाइन्छ । यसअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा क्रमशः ७६०–८०० रुपैयाँसम्म र पीपीसीको मूल्य ६५० रुपैयाँसम्म थियो ।

सिमेन्टलगायत निर्माण सामग्रीको माग घट्दा सिमेन्ट उत्पादकहरूले डिलरहरूमार्फत करोडौंको उधारो कारोबारलाई पनि बन्द गरेका छन् । आजको आर्थिक अभियान दैनिकमा हेमा विकले समाचार लेखेकी छन् ।

वि.सं.२०७७ असार २९ सोमवार १३:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको...

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

पर्यटकको रोजाइमा कोटदरबार

पर्यटकको रोजाइमा कोटदरबार

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको...

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

काठमाडौ । प्रभु बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष...