back

श्रोत नखुलेको झण्डै १ करोड रकमसहित पक्राउ परे दुई युवा

वि.सं.२०७७ साउन १ बिहीवार

144 

shares
NTC AD
Global IME AD

१ साउन, काठमाडौं । श्रोत नखुलेको झण्डै १ करोड रुपैयाँसहित दुई युवा पक्राउ परेका छन् ।

उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ बाट मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल रुपन्देहीको टोली र राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले श्रोत नखुलेको ९९ लाख २ हजार ५ सय रकमसहित सिद्धार्थनगर नगरपालिका २ का ३८ वर्षीय सुनिल सुनार र ३७ वर्षीय अमित परियारलाई पक्राउ गरेको हो ।

सुनारले चलाएको प्रदेश नं. ३ ०३-०१-०२३-च ३२०९ नम्बरको कारमा ७३ लाख ५५ हजार रुपैया फेला परेपछि रकम श्रोत नखुल्दा उनलाई पक्राउ गरिएको थियो ।

साथै उनको घरबाट १२ लाख ६६ हजार रुपैयाँ तथा उनको ज्वेलरी पसल सोनु ज्वेलर्सबाट पनि १२ लाख ८१ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अमित परियार सुनिल परियारको पसलमा कामदारका रुपमा कार्यरत रहेको बताइएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा बुझाइएको बताइएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १२:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते...

खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुँदै

खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुँदै

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...

फुर्सदको समयमा हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

फुर्सदको समयमा हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही (दाङ) । यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर...